माछापुच्छ्रे हिमाल

(माछापुछ्रेबाट अनुप्रेषित)

माछापुछ्रे एउटा हिमालको नाम हो जुन अन्नपूर्ण हिमालको उत्तरमा मध्य नेपालमा अवस्थित छ । माछापुच्छ्रे हिमाल नेपालको उत्तर–मध्य गण्डकी प्रदेशको कास्की जिल्लामा अवस्थित छ ।[] यो हिमाललाई मानिसहरूले भगवान शिवको पवित्र स्थान मानेर श्रद्धा गर्छन त्यसैले यो हिमालमाथि आरोहण गर्ने अनुमति छैन । यस हिमाली 'कुमारी himal' उपनामले पनि चिनिन्छ।

माछापुच्छ्रे
कतासुँ क्लिको
माछापुच्छ्रे is located in नेपाल
माछापुच्छ्रे
माछापुच्छ्रे
नेपालको मध्यभागको उत्तरमा
सर्वोच्च विन्दु
उचाइ६,९९३ मी (२२,९४३ फिट)
प्रमुखता१,२३३ मी (४,०४५ फिट) Edit this on Wikidata
भूगोल
स्थाननेपालको मध्यभागको उत्तरमा
क्षेत्रNP
हिमशृङ्खलाअन्नपूर्ण हिम शृङ्खला
आरोहण
पहिलो आरोहणआरोहण अनुमति छैन

माछापुछ्रे हिमाल एउटा लामो प्रेणदायक श्रेणीको पुछारमा, अन्नपूर्णको मुख्य भागमा दक्षिणतर्फबाट बाहिर लम्किदैगएको छ, पूर्वी सीमालाई अन्नपूर्ण संरक्षण क्षेत्रको रूप प्रदान गर्छ । यो संरक्षण क्षेत्र पर्यटकहरूको एउटा मनपर्ने ट्रेकिंग गन्तव्य हो र अन्नपूर्णको दक्षिणतर्फबाट आधार शिविर र अन्य प्राकृतिक छटा एकदमै मनमोहक हुन्छ । यो मनमोहक शिखर मुख्य शहर पोखराबाट लगभग २५ किलोमिटरको दूरीमा छ ।

माछाको पुच्छर जस्तो हुनाले नै यो हिमालको नाम माछापुच्छ्रे रहेको हो । यसलाई अङ्ग्रेजीमा फिस टेल पनि भनिन्छ । यसलाई तमु भाषामा कतासुँ क्लिको भनिन्छ।

चित्र दीर्घा

सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. Mountain, Monarch, "माछापुच्छे", माछापुच्छे 

बाहिरी लिङ्कहरू

सम्पादन गर्नुहोस्