मागुरा जिल्ला
मगुरा जिल्ला (बङ्गाली: মাগুরা) बङ्गलादेशमा रहेको खुल्ना विभागको एक जिल्ला हो । यो जिल्ला राजधानी ढाका सहरबाट १७६ किलोमिटरको दुरीमा रहेको छ । यस जिल्लाको मख्य यातायात बस सेवा हो । मगुरा देखि ढाका सम्म पुग्न बसबाट पाँच घण्टा लाग्छ । मगुरा जिल्लामा कुनै पनि रेल रहेको छैन ।
मगुरा
মাগুরা | |
---|---|
निर्देशाङ्क: २३°२४′N ८९°२४′E / २३.४०°N ८९.४०°Eनिर्देशाङ्कहरू: २३°२४′N ८९°२४′E / २३.४०°N ८९.४०°E | |
देश | बङ्गलादेश |
विभाग | खुल्ना |
क्षेत्रफल | |
• जम्मा | १,०४८.६१ किमी२ (४०४.८७ वर्ग माइल) |
जनसङ्ख्या (२०११) | |
• जम्मा | ९१८,४१९ |
• घनत्व | ८८०/किमी२ (२३००/वर्ग माइल) |
साक्षरता दर | |
• जम्मा | ५०.६%[१] |
समय क्षेत्र | युटिसी+६ (बङ्गलादेशको प्रमाणिक समय) |
हुलाक अङ्क | ७६०० |
भूगोल
सम्पादन गर्नुहोस्यो जिल्ला बङ्गलादेशको खुल्ना विभागमा पर्छ । यो जिल्ला २३°१५' देखि २३°४१' उत्तर अक्षांश र ८९°१५' देखि ८९°४२' पुर्व देशान्तरणमा अवस्थित छ । यस जिल्लाले बङ्गलादेशको कुल क्षेत्रफलको १०४८.६१ वर्ग किलोमिटर ओगटेको छ । यस जिल्लालाई राजवरी जिल्लाले उत्तरमा घेरेको छ भने दक्षिणमा जशोर र नरिल जिल्ला घेरेको छ । त्यस्तै गरी फरिदपुर जिल्लाले पुर्वमा र झिनाइदह जिल्ला पश्चिमाबाट घेरेको छ । यो जिल्लामा देशकै सबैभन्दा महत्त्वपूर्ण गोराइ मधुमती, कुसार र नवगंगा नदिहरू रहेका छन् ।
मौसम
सम्पादन गर्नुहोस्मगुराको मौसम जानकारी | |||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
महिना | जनवरी | फेब्रुअरी | मार्च | अप्रिल | मे | जुन | जुलाई | अगस्ट | सेप्टेम्बर | अक्टोबर | नोभेम्बर | डिसेम्बर | वर्ष |
उच्चतम औसत °से (°फे) | २३.४ (७४.१) |
२७.७ (८१.९) |
३३.३ (९१.९) |
३५.६ (९६.१) |
३४.८ (९४.६) |
३२.४ (९०.३) |
३१.४ (८८.५) |
३१.४ (८८.५) |
३२.२ (९०.०) |
३१.४ (८८.५) |
२८.९ (८४.०) |
२५.५ (७७.९) |
३०.७ (८७.२) |
दैनिक औसत °से (°फे) | १६.४ (६१.५) |
२०.२ (६८.४) |
२६.० (७८.८) |
२९.२ (८४.६) |
२९.६ (८५.३) |
२८.९ (८४.०) |
२८.४ (८३.१) |
२८.६ (८३.५) |
२८.८ (८३.८) |
२७.३ (८१.१) |
२३.२ (७३.८) |
१८.७ (६५.७) |
२५.४ (७७.८) |
न्यूनतम औसत °से (°फे) | ९.४ (४८.९) |
१२.८ (५५.०) |
१८.७ (६५.७) |
२२.९ (७३.२) |
२४.५ (७६.१) |
२५.५ (७७.९) |
२५.५ (७७.९) |
२५.८ (७८.४) |
२५.६ (७८.१) |
२३.३ (७३.९) |
१७.५ (६३.५) |
१२.० (५३.६) |
२०.३ (६८.५) |
औसत वर्षा मिमी (इन्च) | ११ (०.४) |
१९ (०.७) |
४० (१.६) |
८५ (३.३) |
१८३ (७.२) |
३२३ (१२.७) |
३०२ (११.९) |
२८८ (११.३) |
२४२ (९.५) |
१५६ (६.१) |
२५ (१.०) |
७ (०.३) |
१,६८१ (६६) |
औसत सापेक्ष आर्द्रता (%) | ४५ | ३५ | ३२ | ४८ | ६६ | ७४ | ७५ | ७४ | ७१ | ६६ | ४७ | ४४ | ५६ |
स्रोत: राष्ट्रिय पत्रीका |
प्रशासन
सम्पादन गर्नुहोस्मगुरा उप-जिल्ला सन् १९४५ मा स्थापना भएको थियो भने यो उप-जिल्ला सन् १९८४ मार्च १ मा जिल्लामा परिणत भएको थियो । यस जिल्ला हाल चार उप-जिल्लाहरू रहेका छन् । जुन यस प्रकार छन्:
- मगुरा सदर उप-जिल्ला
- महम्मदपुर उप-जिल्ला
- शिलाखा उप-जिल्ला
- श्रपुर उप-जिल्ला
जनसङ्ख्या
सम्पादन गर्नुहोस्सन् २०११ को राष्ट्रिय जनगणना अनुसार यस जिल्लाको कुल जनसङ्ख्या ८,२४३,११ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या ४,२०९,०७ रहेको छ भने महिलाको जनसङ्ख्या ४,०३४,०४ रहेकन्ह छ । यस जिल्लाको जनधनत्व ८८० प्रति किलोमिटर रहेको छ । धर्मका आधारमा यस जिल्लामा इस्लाम जनसङ्ख्या ६,६४९,३७ रहेकन्ह छ भने हिन्दुको सङ्ख्या १,५८६,८५ , बुद्ध धर्म ३४२, इसाई धर्म २१ र अन्य ३२६ रहेका छन् ।[२]
अर्थतन्त्र
सम्पादन गर्नुहोस्यस जिल्लाको मुख्य आय श्रोतको बाटो भनेको कृषि र खेती जसमा जिल्लाकै ६६.३% मानिसहरू संलग्न छन् । यस जिल्लाका मानिसहरू अन्य जस्तै २.६५% मजदुरी, उद्योग र कलकारखानामा १.२९%, वाणिाज्यका १२.३४%, रेमिटेन्स ०.४३%, सञ्चार र यातायातमा ३.५९%, सरकारी कार्यलयहरूमा ७.३२% ,धर्म सेवामा ०.१४% र अन्यमा ४.०७% रहेका छन् ।
शिक्षा
सम्पादन गर्नुहोस्यस जिल्लाको औसत साक्षरता दर ४६.९५% रहेको छ जसमध्ये पुरुषको साक्षरता दर ४४.७% छ भने महिलाको ४०.१% रहेको छ । यस जिल्लामा १७ क्याम्पस, ११५ माध्यमिक विद्यालय, ३७० प्राथमिक विद्यालय, १३४ सार्वजनिक विद्यालयहरू रहेका छन् । ती मध्य हुसेन शाहिद कलेज (१९४०), मगुरा सरकार छात्र उच्च माध्यमिक विद्यालय (१८५४), गङ्गारामपुर उच्च माध्यमिक विद्यालय(१९००), हाजिपुर माध्यमिक विद्यालय (१९१४) आदि यस जिल्ला उत्कृष्ट विद्यालयहरू हुन् ।
सन्देश सामग्री
सम्पादन गर्नुहोस्- ↑ "प्रतिवेदन: मगुरा" (पिडिएफ), सन् २०११ राष्ट्रिय जनगणना, बङ्गलादेश राष्ट्रिय तथ्याङ्क विभाग, पृ: १९, अन्तिम पहुँच १० जुन २०१७।
- ↑ "मगुरा जिल्ला जानकारी", बङ्गलापिडिया।
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्- मगुरा जिल्ला सरकारको आधिकारिक वेबसाइट वेब्याक मेसिन अभिलेखिकरण २०१८-११-१८ मिति
- मगुराको नक्शा