महेश महर्जन (पूरा नाम :- महेश्वर महेश महर्जन) एक नेपाली शारीरिक सुगठन खेलाडी हुन् । महेश नेपालकालागि अन्तराष्ट्रिय शारीरिक सुगठ प्रतियोगितामा पहिलो पदक विजेता खेलाडी हुन् । उनले हाल सम्म नेपालका लागि दुई ठूला स्वर्ण पदकहरू जिति सकेका छन् ।उनले नेपालकै पहिलो पदकका रूपमा २०१६ मा एसियाली शारीरिक सुगठन प्रतियोगितामा स्वर्ण जितेका थिए । यस्तै दोस्रो स्वर्णका रूपमा २०१८ मा विश्व शारीरिक सुगठनको पुरूष ७५ केजी तौल समुहको स्पर्धामा जितेका थिए ।

महेश महर्जन
व्यक्तिगत जानकारी
जन्म नाममहेश्वर महर्जन
पुरा नाममहेश्वर महेश महर्जन
Nickname(s)महेश
राष्ट्रियतानेपाली
जन्मभक्तपुर, नेपाल
खेल
राष्ट्रनेपाल
खेलशारीरिक सुगठन
प्रतिस्पर्धा(हरू)तौल समुह
पदक कीर्तिमान
नेपालका लागि प्रतिस्पर्धा
सवर्ण पदक – पहिलो स्थान २०१६ दक्षिण एसियाली बडिबिल्डिङ च्याम्पियनसिप
सवर्ण पदक – पहिलो स्थान २०१८ विश्व शारीरिक सुगठन प्रतियोगिता


राष्ट्रिय प्रतियोगिताहरू
सवर्ण पदक – पहिलो स्थान १३औं धर्मश्री शारीरिक सुगठन प्रतियोगिता
रजत पदक – दोस्रो स्थान १४औं धर्मश्री शारीरिक सुगठन प्रतियोगिता
रजत पदक – दोस्रो स्थान १५औं धर्मश्री शारीरिक सुगठन प्रतियोगिता

प्रारम्भिक जीवन सम्पादन गर्नुहोस्

खेल जीवन सम्पादन गर्नुहोस्

महर्जन नेपालको शारीरिक सुगठन खेलको इतिहासमै पहिलो पटक अन्तर्राष्ट्रिय पदक जित्ने खेलाडी हुन् । उनले भुटानमा भएको ५० औँ एसियाली शारीरिक सुगठनको पुरूष ७५ केजी तौल समुहमा स्वर्ण पदक जितेका थिए ।

विश्व शारीरिक सुगठन सम्पादन गर्नुहोस्

थाइल्याण्डको चाङमईमा भएको १० औँ विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनशिप २०१८ मा महेश्वरले पुरुष ७५ केजी तौल सुहमा स्वर्ण जितेका थिए । १२ खेलाडी सहभागी उक्त स्पर्धामा भारतीय खेलाडी दोस्रो र सिङ्गापुरका खेलाडी तेस्रो भएका थिए । नेपाली खेलाडीले विश्वस्तरमा स्वर्ण जितेको यो पहिलो पटक थियो ।[१]

घरेलु प्रतियोगिताहरू सम्पादन गर्नुहोस्

उनले नेपाली बडी बिल्डिङ वा शारीरिक सुगठन प्रतियोगिताको को सबैभन्दा प्रतिष्ठित र चर्चित धर्मश्री शारीरिक सुगठन प्रतियोगिताको १३औं संस्करणमा च्याम्पियन बनेका थिए । यस्तै १४औं तथा १५औं संस्करणमा भने उनी दोस्रो भएका थिए ।

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामाग्रीहरु सम्पादन गर्नुहोस्