महाबोधी मन्दिर
यो मन्दिर मुख्य मन्दिरको नामले पनि चिनिन्छ [स्रोत नखुलेको]। यस मन्दिरको बनावट सम्राट अशोक द्वारा स्थापित स्तूपको समान रहेको छ । यस मन्दिरमा बुद्धको एउटा ठुलो मुर्ती स्थापित छ । यो मुर्ती पदमासन को मुद्रामा रहेको छ । यहाँ यो अनुश्रुति प्रचिलत छ कि यो मुर्ती त्यसै ठाउँमा स्थापित रहेको छ जहाँ बुद्धले ज्ञान निर्वाण (ज्ञान) प्राप्त गरेका थिए । मन्दिरको चारै तिर ढुङ्गाको नक्काशीदार रेलिंग बनाइएको छ । यो रेलिंग नै बोधगयामा प्राप्त भएको सबैभन्दा पुरानो अवशेष हो । यस मन्दिर परिसरको दक्षिण-पूर्व दिशामा प्राकृतिक दृश्यहरु भएको एउटा समृद्ध पार्क छ जहाँ बौद्ध भिक्षु ध्यान साधना गर्छन । साधारण मानिस यस पार्कमा मन्दिर प्रशासनको अनुमति लिएर मात्रै यहाँ प्रवेश गर्न सक्छन[स्रोत नखुलेको] ।
युनेस्को विश्व सम्पदा क्षेत्र | |
---|---|
मापदण्ड | सांस्कृतिक: (i),(ii),(iii),(iv) तथा (vi) |
स्रोत | १०५६ |
दर्जा प्राप्त | २००२ (२६औ शत्र) |
निर्देशाङ्क | २४°४१′४६″N ८४°५९′२९″E / २४.६९६००४°N ८४.९९१३५८°Eनिर्देशाङ्कहरू: २४°४१′४६″N ८४°५९′२९″E / २४.६९६००४°N ८४.९९१३५८°E |
यस मन्दिर परिसरमा त्यस सात स्थानहरूलाई पनि चिन्हित गरिएको छ जहाँ बुद्धले ज्ञान प्राप्ति पश्चात सात हफ्ता बसेका थिए । जातक कथाहरूमा भएको उल्लेख अनुसार बोधि वृक्ष पनि यहाँ छ [स्रोत नखुलेको]। यो एउटा विशाल पिपलको रुख हो जुन मुख्य मन्दिरको पछाडी रहेको छ । भनिन्छ बुद्धलाई यसै रुखको मुनी ज्ञान प्राप्त भएको थियो । वर्तमानमा रहेको बोधि रुख त्यस बोधि रुखको पाँचौ बंश हो [स्रोत नखुलेको] । मन्दिर समूहमा बिहानको समय मन्दिरको घण्टाहरूको आवाज मनलाई एउटा अभुतपुर्व शान्ति प्रदान गर्दछ ।
मुख्य मन्दिरको पछाडी बुद्धको रातो बालुवायुक्त ढुङ्गाको ७ फिट उचाईं भएको एउटा मुर्ती छ ।[१] यो मुर्ती विजरासन मुद्रामा रहेको छ । यस मुर्तीको चारै तीर विभिन्न रङ्गको झण्डा लगाइएको छ जसले यस मुर्तीलाई एउटा विशिष्ट आकर्षण प्रदान गर्छ । भनिन्छ कि तेश्रो शताब्दी ईसा पूर्वमा यसै स्थानमा सम्राट अशोकले हिराले बनेको राजसिहांसन लगाएका थिए र भनेका थिए कि और यो पृथ्वीको नाभिकिया केन्द्र हो । यस मुर्तीको अगाडि खैरौ बालुवाको ढुङ्गामाथि बुद्धको विशाल पदचिन्ह बनाइएको छ [स्रोत नखुलेको]। बुद्धको यिनै पदचिन्हहरूलाई धर्मचक्र प्रर्वतनको प्रतीक मान्ने गरिएको छ ।
सन्दर्भ सामग्री
सम्पादन गर्नुहोस्- ↑ "Mahabodhi Temple at Bodhgaya to be Coated with 290 Kg Gold", Biharprabha News, अन्तिम पहुँच १२ नोभेम्बर २०१३।