सोयाबिन मस्यौरा चप एक शाकहारी खाना हो। यसलाई घरमा पनि बनाउन सकिन्छ।

सामग्री सम्पादन गर्नुहोस्

२५० ग्राम पालक, ७५ ग्राम भटमासको मस्यौरा (सोयाबीन), पनीर १०० ग्राम, पिसेको मूङ्गको दाल ३० ग्राम, ब्राउन ब्रेड १ स्लाईस, अलिकति काटेको अदुवा लसुन, एक स्यानो चम्मच जीरा, १/२ चम्मच चना मसला, हरीयो धनियाँ १० ग्राम, हरीयो खुर्सानी २, नून स्वाद अनुसार।

बनाउने विधि सम्पादन गर्नुहोस्

भटमासको मस्यौरा (सोयाबीन)लाई सबैभन्दा पहिला १०।१५ मिनेट पानीमा भिज्न दिने। अब काटेको पालुंगो, लसुन, हरीयो धनियाँ, खुर्सानी, मूङ्गको दाल, ब्रेड तथा जीरा, नून, चाट मसाला र भीजेको  भटमासको मस्यौरा (सोयाबीन)लाई एकसाथ मिसाएर सानो सानो चप जस्तै बनाउने।

तत्पश्चात एक फ्राईप्यानमा अलिकति तेल हालेर तताउने, अनि तयार गरेको चप उल्टाई पल्टाई खैरो होउन्जेल तार्ने। हरीयो धनियाँको चटनी अथवा टमाटरको चट्नी चटपटेसँग भटमासको मस्यौरा (सोयाबिन)को चप खान सकिन्छ।

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्


बाह्य सूत्र सम्पादन गर्नुहोस्