प्रमिला राई

उदयपुर, गाईघाटमा स्थायी बसोबास भएकी प्रमिला राई समानुपातिकतर्फ नेपाली कांग्रेसकी सभासद हुनुहुन्छ। विद्यार्थी अवस्थादेखि नै राजनीतिमा सक्रिय ४५ वर्षीया राई २०३६को जनमत संग्रहमा बहुदलको पक्षमा वकालत गर्दै गाउँ-गाउँ सम्म पुग्नुभएको थियो। शुरुदेखि नै प्रजातान्त्रिक आन्दोलनमा आवद्ध रहेकी राईले नेपाल विद्यार्थी सङ्घ र नेपाल महिला संघका क्षेत्र र जिल्ला स्तरका विभिन्न पदमा रहेर काम गर्नुभएको छ। हाल उहाँ नेपाली काङ्ग्रेस उदयपुर जिल्ला कार्यसमिति सदस्य र नेपाल महिला संघकी केन्द्रीय आमन्त्रित सदस्य हुनुहुन्छ। पूर्व राजा ज्ञानेन्द्रको शासनकालमा प्रतिगमन विरोधी आन्दोलनमा सक्रिय रहँदा उहाँ पटक-पटक हिरासतमा रहनुभएको थियो। भारतबाट इतिहासमा स्नातक सभासद राई दुई सन्तानकी आमा हुनुहुन्छ। समाजसेवा र महिलालाई संगठित गर्ने कार्यमा उहाँको विशेष रुचि छ। सैद्धान्तिक निष्ठा र लगनशीलताले आफूलाई संविधानसभामा पुर्‍याएको आकलन गर्ने प्रमिला राईले संविधानसभामा प्रमुखतासाथ उठाउन चाहेका दुई मुद्दा हुन्- क. सङ्घीयताको स्थापना र सुदृढीकरण गर्ने, ख. पिछडिएको क्षेत्र, जाति र वर्गको अधिकार सुनिश्चित गर्ने। सबैलाई न्याय दिने र लोकतान्त्रिक मूल्यमान्यता समेटिएको संविधानले नै देशको भविष्य उज्ज्वल बनाउने उहाँको विश्वास रहेको छ।

[१]

सन्दर्भ सम्पादन गर्नुहोस्

{{subst:Drafts moved from mainspace}}