मध्यपश्चिमका समालोचना
यस लेखले विकिपिडियाको शीघ्र मेटाउने मापदण्ड– महत्वहीन पुस्तक–पूरा गर्नसक्छ। मान्य मापदण्डको लागि, हेर्नुहोस् शिमे।
यदि लेखले शीघ्र मेटाउने मापदण्ड पूरा नगरे, वा तपाईँ यसलाई सुधार्न चाहनुहुन्छ भने, तर आफैँले सिर्जना गर्नुभएका पृष्ठहरूबाट यो सूचना नहटाउनुहोला। यदि तपाईँले पृष्ठ सृजना गर्नुभयो र मेटाउनको लागि दिइएको कारणसँग सहमत हुनुहुन्न भने, तल रहेको निलो बाकसलाई थिच्नुहोला र आफ्नो विचार व्यक्त गर्नुहोला। तपाईँले वार्तालाप पृष्ठ समेत जाँच गर्न सक्नुहुन्छ कि तपाईँले कुनै प्रतिक्रिया प्राप्त गर्नुभयो वा गर्नुभएन। एकपटक यो सूचना राखिसकेपछि, निर्विवाद रूपमा शीघ्र मेटाउने मापदण्ड पूरा गरेमा, वा यदि यस वार्तालापमा थपिएको स्पष्टीकरण अपर्याप्त भएमा कुनै पनि समयमा लेख मेटाउन सकिनेछ।
लेखकलाई अनुरोध: तपाईँले अहिलेसम्म लेखको वार्तालापमा प्रतिक्रिया दिनुभएको छैन। यदि तपाईँ लेख मेटाउन असहमत हुनुन्छ भने, माथिको बटन थिचेर पृष्ठलाई किन नमेटने भन्ने विषयमा वार्तालापमा आफ्नो सन्देश छोड्न सक्नुहुनेछ। यदि तपाईँले वार्तापृष्ठमा सन्देश छोड्नुभएको छ तर त्यो अझै देखाइएको छैन भने, पृष्ठको क्यास सफा पार्नुहोस्। यस पष्ठको अन्तिम सम्पादक: बडा काजी (योगदान • लग) समय: २२:२५, २ मे २०२४ (UTC) (२९ घण्टा पहिले) |
मध्यपश्चिमका समालोचना नेपाली साहित्य परिवार, नेपालगञ्जले प्रकाशन गरेको नेपाली भाषाको समालोचना विधाको एक उत्कृष्ट कृति हो। यस कृतिको प्रकाशनबाट नेपाली भाषाभाषीको विकास र मध्यपश्चिम क्षेत्रको साहित्यिक/भाषिक समालोचकीय स्वरूप अभिवृद्धि भएको छ। मध्यपश्चिममा समालोचना विधा विशेषगरी २०४६ को आन्दोलन पछि मात्रै विकास भएको पाइन्छ। समालोचना सिर्जनाको अनुवर्ती सिर्जना भएकोले पनि सिर्जना पछि मात्रै यसको विकास हुन्छ। सिर्जना बिना समालोचना हुँदैन। अध्ययन संस्कृतिको अभावका कारण पनि समालोचनाको विकास हुन सकेको छैन। साहित्यका पाठक छैनन् भन्ने चर्को आरोप लागिरहेको बेला समालोचनाको पुस्तक पढ्ने पाठक झन् कति नै होलान् र? समालोचना ´प्राज्ञिक मान्छेले लेख्ने र प्राज्ञिक मान्छेले पढ्ने` कुरो हो भन्ने सङ्कीर्ण बुझाइ हामीकहाँ रहेकै छ। सर्जकहरू पनि धेरै त आफ्नो कृतिको निष्पक्ष मूल्याङ्कन भन्दा पनि प्रशंसा लेखियोस् भन्ने चाहन्छन् भने समालोचकहरू पनि कहिलेकाहीँ कृति नै नपढी समालोचना गर्न प्रवृत्त हुन्छन्। यसैबाट नै नेपाली समालोचना धरापमा पर्दै गएको अनुभव हुन्छ। यसका बावजुद पनि नेपाली समालोचनाका आफ्नै पहिचान र अभीष्ट प्राप्तिहरू पनि छन्। तिनै प्राप्तिको संरक्षण गर्दै अगाडि बढ्नु यस मध्यपश्चिमका समालोचना कृतिको उद्देश्य रहेको छ। [१] खास गरी उमेरलाई आधार बनाई अग्रजदेखि अनुजसम्मका मध्यपश्चिम क्षेत्रमा रहेका जम्मा २८ समालोचकहरूले यस कृतिमा विभिन्न विषयमा समालोचना गर्दै आफ्ना समालोचनात्मक लेखहरू लेखेका छन्। यस सङ्ग्रहका समालोचकहरू मध्यपश्चिमका भए पनि उहाँहरूले गरेका समालोचना मध्यपश्चिम बाहिरका सिर्जनामा पनि आधारित छन्। ऐतिहासिक, कृतिपरक, प्रवृत्तिमूलक, सिर्जनशील तथा सैद्धान्तिक समालोचना यस सङ्ग्रहमा सङ्ग्रहित छन्।
लेखक | नेपाली साहित्य परिवार |
---|---|
आवरण कलाकार | समाली बाबु |
देश | नेपाल |
भाषा | नेपाली |
विषय | समालोचना |
प्रकाशक | नेपाली साहित्य परिवार, महेन्द्र बहुमुखी क्याम्पस,नेपालगञ्ज, बाँके |
प्रकाशित मिति | वि.सं. २०६६ माघ |
पृष्ठ | ३०५ |
आइएसबिएन | ९७८-९९३७-२-२१२९-० Parameter error in {{isbnt}}: Invalid ISBN. |
सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्
- ↑ [महेन्द्र बहुमुखी क्याम्पस, नेपालगञ्ज]