मत्स्यनारायण मेला काठमाडौँ जिल्लामा कीर्तिपुरको नजीकै रहेको मच्छेगाउँमा लाग्छ । हरेक मलमासमा यहाँको मत्स्यनारायण मन्दिरमा वैशाख २ गतेदेखि मेला सुरु हुन्छ । एक महिना भरी लाग्ने हुँदा यसलाई एक महिने मेला पनि भनिन्छ । काठमाडौँ उपत्यका वरपरका ग्रामीण भेगका भक्तजनको बढी घुइँचो हुने गर्दछ । मेला व्यवस्थापनका लागि स्थानीय बासिन्दाको पहलमा मूल व्यवस्थापन समिति गठन भएको छ । समितिले बस स्टपदेखि मन्दिरसम्म जाने गोरेटो बाटो निर्माण गरेको छ । मन्दिरको दुवैतर्फ बस पार्किङको व्यवस्था मिलाईएको छ । पानी अभाव टार्न ढाक्से मूलबाट डिप बोरिङमार्फत पानी ल्याएर भक्तालुलाई नुहाउने व्यवस्था समेत गरिएको छ ।

मत्स्यनारायण मेला
प्रारम्भवैशाख २ गते (मलमासमा)
समापनएक महिना
मच्छेगाउँको प्रशिद्ध मच्छेनारायण मन्दिर

पौराणिक कथा सम्पादन गर्नुहोस्

पौराणिक कथनअनुसार भगवान विष्णुले मच्छेगाउँमा दस अवतारमध्ये पहिलो मत्स्य अवतार ग्रहण गरेको मान्यता छ । पौराणिक राजा सत्यव्रतले कुवा खनाएको र पछि भगवान विष्णुले त्यही कुवामा मत्स्यावतार धारण गरेको तथ्य विभिन्न पुराणमा उल्लेखित छ । गोपाल वंशका पालामा मात्रै कुवाको अस्तित्व सार्वजनिक भएको र मन्दिर लिच्छवि कालमा निर्माण भएको विश्वास गरिन्छ ।

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्