मुख्य सूची खोल्नुहोस्


अधिकमासलाई पुरुषोत्तममास भनेर पनि भनिन्छ । किनभने अधिकमासमा भगवान नारायणको पूजा गरिने र अधिकमासमा माहात्म्य वा कथा सुन्ने र दान गर्ने परम्परा रहेको छ । यसो गर्नाले सम्पूर्ण पापहरू नष्ट हुन्छन भनेर कथामा बताईएको छ । अधिक मासमा कुनै पनि शुभ कर्महरू वा साईतहरू हुदैनन् । यसै हुनाले महिनाभरी कुनै पनि विवाहादि कार्य व्रतवन्ध लगायतका कुनै पनि कार्यहरू छैनन । दैनिक रूपमा गर्दै ल्याईएका कर्महरू जस्तो नित्य पाठपूजा गर्नलाई चाहि कुनै छेकथुन हुदैन ।

वैदिक परम्परा अनुसार नेपालको इतिहासमा छैटौ शताब्दिदेखि सोह्रौ शताब्दीसम्मका अभिलेखहरूमा आषाढमा र पौषमा मात्र अधिकमास पाइन्छ । पछि आएर भने अनादी वैदिक परम्परालाई छोडी तेह्रौ शताब्दीको सिद्धान्तशिरोमणीको ज्योतिषफलबाट अन्य महिनाहरूमा पनि अधिकमास परेको उल्लेख गरेको पाईन्छ । पतिगृहमा विवाहदेखि पछिको पहिलो वा विवाह गरेको वर्षमा आउने महिना आषाढमा बस्ता बुहारीले सासू पिर्ने, पहिलो क्षयमासमा बस्ता आफ्नै शरीरलाई पीडा गर्ने, पहिलो जेठमा बस्ता जेठाजु पिर्ने, पैलो पुसमा बस्ता ससुरालाई पिर्ने पहिलो अधिकमासमा बस्ता पतिलाई पिर्ने, पहिलो चैतमा पितृगृहमा बस्ता आफ्नै बाउलाई पिर्ने कुरा मुहूर्तमार्तण्डदिकामा पाईन्छ । मुहूर्तमार्तण्डको १६२८ संवत्मा र मूहूर्तचिन्तामणिको १६५७ संवत्मा रचना भएको हो । यस्ता हुने नहुने कुराको प्रतिपादन गर्ने अरु सबै ग्रन्थ यी ग्रन्थहरूभन्दा पछिका देखिन्छन् । वैदिक परम्पराका प्राचीन ग्रन्थहरूमा यस कुराको प्रतिपादित देखिदैँन ।

३६५ दिनको एक वर्ष वा १२ महिना हुन्छ । सूयको गतिअनुसार गणना गरिने मासलाई (महिना) सौरमास भनिन्छ भने, चन्द्रमासको गतिको आधारमा गणना गरिने मासलाई चन्द्रमास भनिन्छ । सामान्यतया सैरमासमा संक्रान्ति देखि मसान्तसम्ममा २९ दिनदेखि ३२ दिनसम्मको एक पहिना हुन्छ भने चन्द्रमासमा एक पूर्णिमादेखि अर्को पूर्णिमासम्म २९ दिन १२ घण्टा ४४ मिनेट र २४ सेकेन्डको एक चन्द्रमास हुन्छ । त्यस्तै सौरमासको गणनाअनुसार एक वर्षमा जम्मा ३६५ दिन हुछन् भने, चन्द्रमास अनुसार दिन गणना ३५४ दिन मात्र हुन्छ । सौरमासभन्दा चन्द्रमासको दिन गणनाअनुसार ११ दिन बढी वर्षमा हुने गर्दछ । यसरी गणना गर्दा ३२ महिना, १६ दिन, १ घण्टा र ३६ मिनेट पुगेपछि एक अधिकमासबाट अर्को अधिकमास पर्दछ वा आउँछ । यस क्रमले हरेक वर्षमा ११ दिनको फरकलाई जोड्दै जाँदा तीन वर्षमा एक महिना सौरमास भन्दा चन्द्रमास वढि हुन पुग्छ । ज्योतिषशास्त्रका अनुसार अधिकमास भन्नाले जुन चन्द्रमासभित्र सूर्य संक्रान्ति पर्दैन त्यसलाई भनिन्छ । त्यस्तै जुन चन्द्रमासभित्र २ वटा सूर्य संक्रान्ति पर्दछ, त्यसलाई क्षयमास भनिन्छ । अधिकमास हरेक ३२ महिना १६ दिन १ घण्टा, ३६ मिनेटपछि आउँछ भने क्षयमास घटीमा १९ वर्ष र बढिमा ४१ वर्षमा एक पटक आउने गर्दछ । यस्ता ग्रहगत अधिकमास र क्षयमासका समय समायोजन गर्ने कार्यहरूमा अन्न विभिन्न स्थानमा बेग्ला बेग्लै विधि र किसिम पनि पाईन्छ । यसै सौरमास र चन्द्रमासलाई तीन वर्षमा समायोजन गरिने हुदा यस अवधिलाई अधिकमास भनेर भनिएको हो । सौरमास जब सूर्य–चन्द्रमाको गतिमा आधारित हुने र चान्द्रमास तिथिमा आश्रित हुने भएकाले सौर्यमास जस्तो चान्द्रमास सामान्यतय गतिमा निश्चित हुदैन । यहि नियम अनुसार अधिकमास वा महिना बृद्धि हुने हुन्छ । अधिकमास खासै यहि महिनामा हुन्छ भनेर हुदैन । चान्द्रमासको गति अनुसार जुनसुकै महिनामा पनि पर्न सक्छ । “सर्वेषु मासेष्वधिमासकः स्यात” भन्ने प्रमाणबाट अधिक मास जुनसुकै महिनामा पनि पर्न सक्छ ।

मलमास वा अधिकमास त्यस्तो कुनै डरलाग्दो अशुभ समय भने चाहि होईन । वर्ष दिनलाई ठीकसँग मिलाउनकोलागि मलमास र क्षयमास आउने गर्दछ । पाश्चात्य परम्परामा ‘लिप इयर’को सहायताबाट वर्षलाई कायम गर्ने गरिन्छ । लिप इयर हरेक तीन वर्षमा ठीक समयमा आउने गर्दछ भने अधिक मास चान्द्रमासको गतिमा निर्धारण हुने गर्दछ ।

हाम्रो समाजमा कसैको जन्म मृत्यु अधिकमासमा भयो भने यसलाई राम्रो नमान्ने चलन छ । कसैको मृत्यु र जन्म हुनु स्वभाविक हो तर अधिक मासमा मृत्यु वा जन्मलाई वार्षिक रुममा मनाउन समय केलाउनु पर्ने हुन्छ । यसै हुनाले पनि नराम्रो हो भन्ने मान्यता रहेको हो । ‘तीथ्यर्धे प्रथमे पूर्वोऽपरस्मिन्नपरस्तथा, मासाविति बुधैश्चिन्त्यौ क्षयमासस्य मध्यगौ’ अधिकमासमा जन्म वा मृत्यु भएमा अधिक पक्षको जुन तिथि छ शुद्ध पक्षको त्यहि तिथि कायम हुने प्रमाण पाईन्छ । क्षयमासकालगि भने शुक्लपक्षको पहिलो महिना र कृष्णपक्षको पछिल्लो महिना गणना गरिन्छ । त्यसमा पनि तिथिमानलाई दुई भागमा गरी तिथिको पूर्वाद्धमा जन्म वा मृत्यु त्यसको जन्म दिन वा मरणतिथि पहिलो महिनाको सोहि तिथि तथा उत्तराद्धमा जन्म वा मृत्यु भएमा पछिल्लो महिनाको समानपक्षको सोहि तिथि त्यसका लागि जन्मतिथि वा मरणतिथि हुने शास्त्रिय प्रमाण पाईन्छ ।

अधिक मासमा के गर्नु हुन्छ ? के गर्नु हुदैन ?सम्पादन

गर्न हुनेसम्पादन

  • वार्षिकी कार्य
  • दैनिक नित्य कर्म सधै गरेर ल्याइएका कर्म जस्तो दैनिक विहान बेलुकाको पूजा ।
  • पुरुषोत्तम पूजा कथा श्रवण

गर्न नहुने कार्यसम्पादन

  • श्राद्ध तथा पितृकर्म
  • विवाह व्रतवन्ध, चूडाकर्म
  • सप्ताह, नवाह, महारुद्रि, शतचण्डी
  • शुभ मूर्हुतका कुनै पनि कर्म गर्नु हुदैन जस्तो गृह प्रवेश , नयाँ कार्यको थालनी , यात्रा, कार्यको शुभारम्भ गर्न अशुभ मानिन्छ ।
  • अधिक मासमा विवाह गरेमा गृह सुख हुदैन
  • गर्भाधान गरेमा बच्चा रोगी जन्मन्छ ।
  • नव विवाहित दाम्पत्तीहरूकालागि अधिक मासमा अलग बस्नु राम्रो हुन्छ । [१]

अधिकमासमा मरेका व्यक्तिको मासिक र श्राद्ध कैले गर्ने?सम्पादन

अधिकमासमा मृत व्यक्तिको मासिक श्राद्ध १७ वटा गर्नुपर्छ। सोह्रवटा त सबैको हुने गर्दछ, अधिक मास भनेको एउटा चान्द्रमास बढी हुने सौर्य महिना हो। त्यही एउटा महिना मृत व्यक्तिको और्ध्वदेहिक कर्मसँग पनि गाँसिएको हुन्छ। सामन्यतया मलमास वार्षिक सूतक बारेको अवसरमा बिचमा परे पनि १७ वटा नै मासिक हुन्छन्, तर अधिक मासमैं मृत व्यक्तिको के गर्ने भन्ने सवाल सबै तिर उठ्ने गर्दछ। व्यवहारिक रूपमा यो अलि विशिष्ट पनि देखिन्छ।

पहिलाे उदाहरणसम्पादन

मानौं गत भाद्र ९ गते शनिबार साँझ ४ बजे मृत व्यक्तिको बारेमा मासिकादि श्राद्धकहिले कहिले गर्ने भन्ने समस्य उत्पन्न भयो।

तिथि निर्धारण गर्दा खासगरी विदेशमा स्थानीय पञ्चाङ्ग निर्माण गर्नु श्रेयस्कर हुनेछ। उक्त मृत व्यक्तिले अधिक भाद्र शुक्ल पक्षको नवमी तिथि भेटेको देखिन्छ। तदनुसार

१) पहिलो उनमासिक २९औं दिनमा(जुराएर) भाद्र शुक्लपक्षको कुनै दिन गर्ने

२) शुद्ध भाद्र शुक्ल नवमी अर्थात् २०६९/०६/०८ गते २४ September २०१२ अधिक मासिक श्राद्ध गर्ने

३) आश्विन शुक्ल नवमी अर्थात् २०६९/०७/०७ गते २३ October २०१२ प्रथम मासिक श्राद्ध गर्ने

४) ४५ दिने कार्तिक कृष्ण नवमी अर्थात् २०६९/०७/२३ गते तदनुसार ८ November २०१२ - ४५ दिने श्राद्ध गर्ने

५) कार्तिक शुक्ल नवमी अर्थात् २०६९/०८/०७ गते तदनुसार २२ November २०१२ द्वितीय मासिक श्राद्ध गर्ने

६) मार्गशीर्ष शुक्ल नवमी अर्थात् २०६९/०९/०६ गते तदनुसार २१ December २०१२ तृतीय मासिक श्राद्ध गर्ने

७) पौष शुक्ल नवमी अर्थात् २०६९/१०/०७ गते तदनुसार २० January २०१३ चतुर्थ मासिक श्राद्ध गर्ने

८) माघ शुक्ल नवमी अर्थात् २०६९/११/०८ गते तदनुसार १९ Feb २०१३ पञ्चम मासिक श्राद्ध गर्ने

९) उनषण्मासिक श्राद्ध छमहिने भन्दा एक् वा दुई दिन अघि जुराएर गर्ने

१०) फाल्गुन शुक्ल नवमी अर्थात् २०६९/१२/०८ गते तदनुसार २१ March २०१३ षष्ठ मासिक अर्थात् छमहिने मासिक श्राद्ध गर्ने

११) चैत्र शुक्ल नवमी अर्थात् २०७०/०१/०६ गते तदनुसार १९ April २०१३ सप्तममासिक श्राद्ध गर्ने

१२) वैशाख शुक्ल नवमी अर्थात् २०७०/०२/०५ गते तदनुसार १९ May २०१३ अष्टममासिक श्राद्ध गर्ने

१३) ज्येष्ठ शुक्ल नवमी अर्थात् २०७०/०३/०३ गते तदनुसार १७ June २०१३ नवममासिक श्राद्ध गर्ने

१४) आषाढ शुक्ल नवमी अर्थात् २०७०/०४/०२ गते तदनुसार १७ July २०१३ दशममासिक श्राद्ध गर्ने

१५) श्रावण शुक्ल नवमी अर्थात् २०७०/०४/३१ तदनुसार १५ August २०१३ एकादशमासिक श्राद्ध गर्ने

१६) वार्षिक श्राद्धभन्दा एक वा दुई दिन पहिले उनवार्षिक श्राद्ध गर्ने

१७) भाद्र शुक्ल नवमीका दिन अर्थात् २०७०/०५/२८ गते तदनुसार १३ sept २०१३ वार्षिक श्राद्ध गर्ने

दाेस्राे उदाहरणसम्पादन

२०७२ साल ज्येष्ठ २६ गते, शुद्ध आषाढ कृष्ण पक्षको सप्तमी उदय, अष्टमी तिथिका दिन साँझ ६:४० बजे झापा जिल्लाको तोपगाछीमा मृत व्यक्तिको मासिक श्राद्धादि निर्णय :—

१) प्रथम अधिक मासिक श्राद्ध — २०७२।०३।२४ गते (9th July 2015) अधिक आषाढ कृष्णाष्टमी

२) प्रथम ऊनमासिक श्राद्ध — जुराएर प्रथम मासिक श्राद्धको एक वा दुई दिन अघि गर्ने

३) प्रथम मासिक श्राद्ध — २०७२।०४।२२ गते (7th August 2015) श्रावण कृष्णाष्टमी

४) ४५ दिने मासिक श्राद्ध — २०७२।०५।०६ गते (23rd August 2015) श्रावण शुक्लाष्टमी

५) द्वितीय मासिक श्राद्ध — २०७२।०५।२० गते (6th September 2015) भाद्र कृष्णाष्टमी

६) तृतीय मासिक श्राद्ध — २०७२।०६।१८ गते (5th October 2015) आश्विन कृष्णाष्टमी

७) चतुर्थ मासिक श्राद्ध — २०७२।०७।१८ गते (4th November 2015) कार्तिक कृष्णाष्टमी

८) पञ्चम मासिक श्राद्ध — २०७२।०८।१७ गते (3rd December 2015) मार्ग कृष्णाष्टमी

९) द्वितीय ऊनमासिक श्राद्ध (ऊनषण्मासिक श्राद्ध) —— जुराएर ६ महिने मासिक श्राद्धको एक वा दुई दिन अघि गर्ने

१०) षष्ठम (६ महिने) मासिक श्राद्ध — २०७२।०९।१८ गते (2nd January 2016) पौष कृष्णाष्टमी

११) सप्तम मासिक श्राद्ध — २०७२।१०।१८ गते (1st February 2016) माघ कृष्णाष्टमी

१२) अष्टम मासिक श्राद्ध — २०७२।११।१९ गते (2nd March 2016) फाल्गुन कृष्णाष्टमी

१३) नवम मासिक श्राद्ध — २०७२।१२।१८ गते (31st March 2016) चैत्र कृष्णाष्टमी

१४) दशम मासिक श्राद्ध — २०७३।०१।१८ गते (30th April 2016) वैशाख कृष्णाष्टमी

१५) एकादश मासिक श्राद्ध — २०७३।०२।१६ गते (29th May 2016) ज्येष्ठ कृष्णाष्टमी

१६) तृतीय ऊनमासिक श्राद्ध (ऊनवार्षिक श्राद्ध) — — जुराएर वार्षिक श्राद्धको एक वा दुई दिन अघि गर्ने

१७) वार्षिक श्राद्ध — २०७३।०३।१४ गते (28th June 2016) आषाढ कृष्णाष्टमी

अधिकमासमा सम्झनु पर्ने एउटै कुरो हो - अधिक शुक्लपक्षमा मरेका व्यक्तिको श्राद्ध अर्को वर्ष त्यही महिनाको शुक्लपक्षमा हुन्छ भने अधिक कृष्णपक्षमा मरेका व्यक्तिको श्राद्ध अर्को वर्षको एकमहिना पछिको कृष्णपक्षको तिथि समातेर गर्नुपर्दछ । जस्तै यस पटक अधिक भाद्र शुक्ल पक्ष अर्थात् २०६९/०५/०२ गतेदेखि २०६९/०५/१५ भित्र मरेका व्यक्तिको श्राद्ध अर्को वर्ष भाद्र शुक्ल पक्षमा गर्नु पर्दछ भने अधिककृष्ण पक्ष अर्थात् २०६९/०५/१६ गतेदेखि २०६९/०५/३१ सम्म मरेका व्यक्तिको वार्षिक श्राद्ध आगामी २०७० सालको आश्विन कृष्णपक्षमा गर्नुपर्दछ। त्यस्तै यसपाली मलमासको शुक्लपक्षमा मरेकाहरूको एकोद्दिष्ट श्राद्ध प्रत्येक वर्ष भाद्र शुक्ल पक्षमा पर्ने तिथि समातेर र मलमासको कृष्णपक्षमा मरेकाहरूको एकोद्दिष्ट श्राद्ध प्रत्येक वर्ष आश्विन कृष्ण पक्षको सम्बद्ध तिथि समातेर गर्नुपर्दछ । तर फेरि भाद्र महिनामा नै मलमास पर्न आयो भने मलमासको सम्बद्ध तिथि समातेर एकोद्दिष्ट गर्नु पर्दछ। [२]

सन्दर्भ सामग्रीसम्पादन

  1. हिन्दु धर्मशास्त्र
  2. ज्योतिषसाथी कृष्णप्रसाद कोइराला, ज्याेतिषसाथी ज्योतिष तथा वास्तु परामर्श केन्द्र, इटहरी -१, सुनसरी