भ्लादिमिर पुतिनको अन्तर्राष्ट्रिय राष्ट्रपतीय भ्रमणहरूको सूची
यो भ्लादिमिर पुतिनको राष्ट्रपतीय भ्रमणहरूको सूची हो। ७ मे २००० मा सपथग्रहणसँगै सुरु भएको उनको राष्ट्रपति कालमा उनले ५० विभिन्न देशहरूको भ्रमण गरेका छन्। यसबाहेक उनले रूस भित्रनै धेरै आन्तरिक भ्रमणहरू गरेका छन्।
कार्यवाहक राष्ट्रपति (३१ डिसेम्बर १९९९-६ मे २०००)
सम्पादन गर्नुहोस्देश | भ्रमण गरेको क्षेत्र | मिति | वर्णन |
---|---|---|---|
बेलारुस | मिन्स्क | अप्रिल १६ | राष्ट्रपति एलेक्जेण्डर लुकासेन्को संग भेटबार्ता । कार्यवाहक राष्ट्रपति बनेपछि यो पुटिनको पहिलो विदेश भ्रमण थियो । |
संयुक्त अधिराज्य | लन्डन | अप्रिल १७ | महारानी एलिजाबेथ द्वितीय र ब्रिटिस प्रधानमन्त्री टोनी ब्लेयर संग भेटवार्ता । ब्रिटिस वाणिज्य कार्यकारीसंग समेत भेट। |
युक्रेन | सेवास्तापुल , किभ | अप्रिल १८ | राष्ट्रपति लियोनिड कुच्मा संग भेटवार्ता । कृष्णसागर सैन्य को विकास गर्न वार्ता। पुटिनले नेटोको विस्तारको बिरुद्ध पनि भनाइ राखे। |