भुत जोलोकिया (आइपिए: [ˈbʱʊt.zɔˌlɔkiˌja]), घोस्ट पिपर, घोस्ट चिली, यु-मोरोक, रेड नागा, नागा जोलोकियाविह जोलोकियाको नामले समेत चिनिन्छ। यो खुर्सानीको बङ्गलादेशी नागा मोरिचसँग धेरै नजिकको सम्बन्ध रहेको छ साथै यो एकदलीय ठिमाहा जातको खुर्सानी हो। यो खुर्सानीको भारतीय राज्यहरू अरुणाचल प्रदेश, असम, नागाल्यान्डमणिपुरमा कृषि खेति गर्ने गरिन्छ।[१][२] यो चिनियाँ क्याप्सिकमक्याप्सिकम फ्रुटिसिनको प्रजाति हो।[३]

भुत जोलोकिया
Bhut jolokia
ताजा भुत जोलोकिया
वर्णशङ्कर प्रतिशतचिनियाँ क्याप्सिकम × क्याप्सिकम फ्रुटिसिन
उत्पतिमणिपुर, भारत
पिरो अत्यधिक पिरो
कोभिल्ले स्केल१०,४१,४२७ एसएचयु

सन् २००७ मा, गिनिज वर्ल्ड रेकर्डसले यसलाई विश्वको सबैभन्दा बढी पिरो रातो खुर्सानीको रूपमा प्रमाणित गरेको थियो। यो रातो खुर्सानीलाई कोभिल्ले ताप एकाईमा जाँच गर्दा १ मिलियन एसएचयु ताप मापन गरिएको थियो। तर यो खुर्सानीलाई सन् २०११ मा इनफिनिटी चिली र पछि नागा भाइपर पिपर, सन् २०१२ मा ट्रिनिडाड मोरुगा स्कोर्पियन र वर्तमान समयमा सबैभन्दा पिरो खुर्सानी क्यारोलिना रिपर हो जसले सन् २०१३ अगस्ट ७ मा यो कीर्तिमान आफ्नो नाममा गरेको हो।[४]

उत्पति सम्पादन गर्नुहोस्

चित्र दीर्घा सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Shaline L. Lopez (२००७), "NMSU is home to the world's hottest chile pepper", मूलबाट २००७-०२-१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २००७-०२-२१  वेब्याक मेसिन अभिलेखिकरण २००७-०२-१९ मिति
  2. "'Ghost chile' burns away stomach ills - Diet & Nutrition - MSNBC.com:", Associated Press, २००७, अन्तिम पहुँच २००७-०८-०५ 
  3. Paul W. Bosland and Jit B. Baral (२००७), "'Bhut Jolokia'—The World's Hottest Known Chile Pepper is a Putative Naturally Occurring Interspecific Hybrid", Horticultural Science 42 (2): 222–4। 
  4. "Hottest Chili", Guinness World Records, अन्तिम पहुँच डिसेम्बर २६, २०१३ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्