भीमबहादुर रावल

संविधान सभा सदस्य
(भीम बहादुर रावलबाट अनुप्रेषित)

डा. भीम बहादुर रावल नेपाली राजनीतिज्ञ हुन्। उनी माधव नेपालको मन्त्रीपरिषद्म(२०६६)मा गृहमन्त्री र केपी ओलीको पहिलो मन्त्री परिषद (२०७२)मा हुन्। उनी नेपालको संवैधानिक निर्वाचन २०६४ मा समानुपातिक तर्फबाट मनोनित सभासद हुन। उनी नेकपा एमालेका उपाध्यक्ष पनि हुन् | अछाम-१ बाट सांसद रावल २०७० को निर्वाचनमा नेपाली कांग्रेसलाई झण्डै ५ हजार मत अन्तरले हराएका थिए। बि.सं. २०७४ को आम निर्वाचनमा उनी अछाम बाट निर्वाचित भएका थिए। बि. सं. २०७८ श्रावण ३ मा प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा विश्वासमा मत लिने दिन उनले सांसद पदबाट राजीनामा दिए। "अनैतिक राजनीति तथा देश र जनता विरोधी राजनीतिक अभ्यासको मतियार हुनुभन्दा त्यसबाट अलग हुनु श्रेयकर भएकाले उक्त प्रकारको दुषित खेलबाट आफूलाई अलग गर्दै प्रतिनिधिसभाको सदस्य पदबाट राजीनामा दिएको" उनले व्यक्त गरेका थिए। [१]

भीम बहादुर रावल
जन्मभीम बहादुर रावल
December 14, 1956
अछाम
जातीयताक्षेत्री
नागरिकतानेपाली
पेशाराजनीतिज्ञ
राजनीतिक दलने.क.पा.(एमाले)
धर्महिन्दु

२०७८ मंसिरमा भएको नेकपा (एमाले)को १०औँ महाधिवेशनमा उनले अध्यक्षमा उम्मेदवारी दिएका थिए।[२]


खरो रूपमा राष्ट्रिय राजनीतिमा उत्रने छवि बनाएका रावल अछामको साँफेबगर नगरपालिकाका बासिन्दा हुन्।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्