भारतको राष्ट्रपति
भारतको राष्ट्रपति भारत गणतन्त्र को राज्य प्रमुख हुन्छन् । भारतको राष्ट्रपति भारतको कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको औपचारिक प्रमुख हुन्छन् र भारतीय सशस्त्र बलहरूको सेनापतिको रूपमा कायम हुन्छन् । भारतको संविधानको धारा ५३ बमोजिम सिद्धांततः राष्ट्रपति सँग पर्याप्त शक्ति हुन्छन् तर केही अपवादहरू सँगै प्रत्यक्ष वा अधिनस्थ पदाधिकारी द्वारा आफ्नो वा आफ्नो अधिकारको प्रयोग गर्न सक्छन भनी व्याख्या गरिएको छ । हुनत, राष्ट्रपतिमा निहित कार्यकारी अधिकारको प्रयोग तथा व्यवहार हाल भारत सरकार द्वारा गरिदैं आएको छ । यसको प्रयोग कार्यकारी शक्ति मन्त्रीपरिषदको मद्दत ले प्रधानमन्त्री द्वारा प्रयोग गर्ने गरिन्छ । भारतको राष्ट्रपति कुनै प्रकारको आपातकाल लगाउन वा हटाउन, युद्ध/शान्तिको घोषणा गर्ने अधिकारि हुन्छ । राष्ट्रपतिलाई देशको प्रथम नागरिक मानिन्छ । भारतीय राष्ट्रपतिलाई भारतीय नागरिक हुनु आवश्यक हुन्छ ।
भारतको राष्ट्रपति | |
---|---|
सम्बोधन | सम्माननीय राष्ट्रपति (भारतमा) महामहिम (भारत बाहिर) |
निवास | राष्ट्रपति भवन |
नियुक्तिकर्ता | निर्वाचन समिति (भारत) |
अवधि | पाँच वर्ष (नवीकरणीय) |
प्रथम पदाधिकारी | राजेन्द्र प्रसाद २६ जनवरी १९५० |
गठन | भारतको संबिधान २६ जनवरी १९५० |
तलब | ₹१५०,००० (युएस$२,१००) (प्रत्येक महिना)[१] |
वेबसाइट | भारतको राष्ट्रपति |
भारतको राष्ट्रपति नयाँ दिल्ली स्थित राष्ट्रपति भवनमा निवास गर्छन्, जसलाई रायसीना हिलको नाम ले पनि जानिन्छ । राष्ट्रपति अधिकतम दुई कार्यकाल सम्म मात्रै पदमा रहन सक्छन । अहिले सम्म पहिलो राष्ट्रपति राजेन्द्र प्रसादले मात्रै यस पदमा दुई कार्यकाल पुरा गरेका छन् ।
प्रतिभा पाटिल भारतको १२औ तथा यस पदमा आसिन हुने पहिलो भारतीय महिला राष्ट्रपति हुन् ।[२] उनले आफ्नो पद तथा गोपनीयताको शपथ २५ जुलाई २००७ मा लिएको थिइन् । वर्तमानमा राम नाथ कोविन्द भारतको १३औ राष्ट्रपति हुन् । उहाँ भारतको रास्ट्रपति हुन।
इतिहास
सम्पादन गर्नुहोस्
राष्ट्रपतिको चुनाव
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्री
सम्पादन गर्नुहोस्- ↑ "President okays her own salary hike by 300 per cent", The Indian Express, अन्तिम पहुँच ६ मे २०१२।
- ↑ Bibhudatta Pradhan (२००७-०७-१९), "Patil Poised to Become India's First Female President", Bloomberg.com, अन्तिम पहुँच २००७-०७-२०।