शिरीष पाते भँगेरी फूल , वनस्पति दक्षिण अमेरिका विशेषतः ब्राजिलको रैथाने (en:Jacaranda) भएतापनि यसको अति आकर्षक र नीलो फूल र त्यो पनि अत्यधिक मात्रामा रूखै छोपिने गरी फुल्ने भएकोले उष्ण क्षेत्रमा पर्ने विश्वका अधिक शहर बगैँचामा यसले स्थान पाएको छ। वर्तमान काठमाडौंको सडक र बगैँचा चैतको उग्र घाम र वैशाखको खडेरीले तात्दा ज्याकाराण्डा वौलाएर फुल्छ। रूखै ढकमक्क नीलो हुने मात्र हैन झरेका फूलहरूले रूखको फेदी पनि नीलै हुन्छ।

भँगेरी फूल
वैज्ञानिक वर्गीकरण
जगत:
(श्रेणीविहीन):
(श्रेणीविहीन):
(श्रेणीविहीन):
गण:
कुल:
वंश:
वंश:
Jacaranda

Species

See text.

यसको पात शिरीषको पातसँग धेरै मिल्ने खालको भएकाले वैज्ञानिक नाम पनि ज्याकाराण्डा माइमोसिफोलिया राखिएको छ ।

चखुँचा स्वाँ

काठमाडौंका मालीहरूले भने भँगेरी फूललाई “चखुँचा स्वाँ” अर्थात् भँगेरी फूल भन्ने नाम दिएका थिए। हुनपनि ज्याकाराण्डाको झरेको फूल हातमा राखेर हेर्दा भँगेराको आकृति निर्माण हुन्छ।

तस्विरहरू सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Jacaranda Juss.", Germplasm Resource Information Network, United States Department of Agriculture, २००५-०२-०९, अन्तिम पहुँच २००९-०७-२२