ब्याडमिन्टन
ब्याडमिन्टन खेल विश्व प्रसिद्ध खेल मध्ये एक हो।यस खेल सिङ्गल र डबल गरी दुई दंगबाट खेलिन्छ।व्यक्तिमा स्फूर्ति,लचकता,स्थिरता तथा सन्तुलनको विकास गर्न साथै शारीरिक तथा मानसिक स्वस्थ्यता का निम्ति यश ब्याडमिन्टन खेल खेलिन्छ।
उच्चतम अन्तराष्ट्रिय संस्था | विश्व ब्याडमिन्टन सङ्घ |
---|---|
पहिलो खेल | १९ शताब्दि |
अभिलक्षण | |
सम्पर्क | × |
टिम सदस्य | एकल र डबल |
श्रेणीकरण | खेल |
उपस्थिति | |
ओलम्पिक | १९९२-वर्तमान सम्म |
इतिहास तथा पृष्ठभूमिसम्पादन
यो खेल मुख्यतः अंग्रेजहरूले प्रचलनमा ल्याएको खेल हो।सन् १८२० तिर भारतको पुनामा समेत खेलिएको भनिएको यो खेल बेलायतका ड्युक अफ वियुफोर्टले पाहुनाको मनोरञ्जनका लागि सन् १८७० मा नियमबद्ध रूपमा खेलाएपछि यो खेलको आधिकारिक सुरुवात भएको थियो ।भने सन् १९३४ सम्ममा यश खेलको अन्तर्राष्ट्रिय सङ्घ विश्व ब्याडमिन्टन सङ्घस्थापना भयझ।साथै सन् १९६२ मा एसियाली खेलकुद प्रतियोगिता र सन् १९९२ देखि ओलम्पिक खेलमा लिइएको थियो ।नेपामा भने ब्याडमिन्टन वि.स.१९८९ देखिनै खेल्न थालिएता पनि वि.स.२००८ सालमा मात्र नेपाल ब्याडमिन्टन सङ्घस्थापना भएको थियो ।
खेल्ने तरिकासम्पादन
मुख्यतया ब्याडमिन्टन तीन प्रकारले खेलिन्छ जस्तैः
- सिङ्गल
एक जना पुरूष वा एक जना महिला मात्र खेल्ने ।
- डबल
दुई जना पुरूष र दुई जना महिला बिच हुने।
- मिक्स डबल
एकै समुहमा १ पुरूष र १ महिला गरी दुई समूह बिच हुने प्रतिस्पर्धा ।
खेलको नियमसम्पादन
ब्याडमिन्टन खेलका केही नियमहरू
- यस खेलमा पैसा उफारेर,चिठ्ठा हालेर तथा टस गरी सर्वप्रथम कोर्ट या सर्भिस पालोको सुरुवात गरिन्छ ।
- सर्भिस दाँयाबाट गरिन्छ।जुनतर्फ सर्भिस हुन्छ त्यसैतर्फको खेलाडीले थाप्नुपर्छ भने अर्कोले छुन पाउँदैन ।
- अंक प्राप्त भएपछि साइड चेन्ज हुनछ।
- सिङ्गलमा पछाडिको बाहिरको लाइनलाई लङ सर्भिस भनिन्छ ।डबलमा पछाडिको भित्रको लाइन मानिन्छ ।
- खेलाडीले नेटमा छुन पाउँदैन ।
- विपक्षी तयार नभए सम्म सर्भिस गर्न पाइदैन ।
- दुवैतर्फबाट १-१ सेट जितेपछि आराम गर्न दिइन्छ ।
- सटक कर्कलाई एउटै खेल वा पालोमा दुई पटक हानेमा फाउल हुन्छ।
- एक सेट जित्न कम्तीमा २१ अङ्क ल्याउनु पर्दछ।
- आदि ।
सीपहरूसम्पादन
मुख्यत ब्याडमिन्टन खेलमा ५ प्रकारकम सीपहरू हुन्छन्|ती ५ सीपहरू जस्तै:-
- ग्रिपिङ
- सर्भिस
- ट्रोक
- फुटवर्क
- ड्रपसट
खेल सामग्रीसम्पादन
ब्याडमिन्टन खेलका खेल सामग्रीहरू जस्तैः
- अन्य जानकारीहरू
- कोर्ट संरचना:-४४ × १७ ×२० फिटको
- नेट:- लम्बाइ २० फिट र चौडाइ २.६ फिट ,जमिनबाट ५.१ फिट अग्लो
- सटक कर्क:-१४-१६ प्वाँखको ४.७३/५.५० ग्रामको