शान्ति श्री परियार एक नेपाली लोक दोहोरी गायिका हुन्। उनको जन्म रोल्पा जिल्लामा भएको थियो।

शान्ति श्री परियार
शान्ति श्री परियारको एक तस्बिर
जन्मरोल्पा जिल्ला, ह्वाँमा गाउँ
वासस्थाननेपाल
राष्ट्रियतानेपाली
पेशागायिकी
चिनारीको कारणनेपाली लोक गायिका
धर्महिन्दु

प्रारम्भिक जीवन सम्पादन गर्नुहोस्

गायिका शान्ति श्रीको जन्म रोल्पाको विकट गाउँ ह्वाँमा भन्ने ठाउँमा भएको थियो। उनको सात वर्ष सम्मको बाल्यकाल ह्वामामै बित्यो[१]। अनि त्यसपछि उनी रोल्पाको सदरमुकाम लिवाङ झरिन्। साथै उनले लिवाङ मा रहेको बालकल्याण उच्च माविबाट औपचारिक शिक्षा हासिल गरेकी थिइन्[२]

सानै उमेरदेखि गीत संगीत मा निकै नै लगाव राख्ने शान्ति श्री परियार आफ्नो स्कुलमा तथा रोल्पामा हुने सांस्कृतिक कार्यक्रममा गीत गाउने गर्दथीन्। साना-साना स्टेजहरूमा गीत गाएर सबैको मन जितेकी शान्ति श्री रोल्पालीहरूको को तारा नै बन्न पुगिन्।

सांगीतिक जीवन सम्पादन गर्नुहोस्

उनी आफ्नो पढाई पुरा नहुँदै सानै उमेरमा काठमाडौँ पुगिन् र उनी दोहोरी साँझ मा गाउन थालिन्।सानो उमेरमा निकै नै दुक कष्ट गर्दै उनले पहिलो एल्बम घर छ तीन तले मा स्वर दिइन्। गीत धेरै राम्रो भए पनि त्यस गीतले त्यति बजारमा त्यति राम्रो सफलता भने हात पार्न सकेन[३]। त्यसपछि दुःख कष्ट गर्दै जाँदा उनले एकतर्फी माया बोलको गीतमा स्वर दिने मौका पाइन्। जुन गीत उनको लागि गुड लक साबित भयो। किनभने यो गीतले नेपाली सांगीतिक बजार बेस्सरी तताएको थियो।अनि लगत्तै उनले तेस्रो गीत मिलन लामासँगको गाईलाई दाम्लो माछिलाई फुरुलुङ्ग मा स्वर दिइन् र त्यो गीत पनि नेपाली लोक दोहोरी क्षेत्रमा निकै नै चल्यो। त्यसपछि उनले धेरै गीतहरूमा अवसर पाउदै गइन र गाउँदै गइन्। यस्तै उनले पशुपति शर्मासँग बास को टुप्पो हल्लियरमा स्वर दिइन् जुन गीत पनि शान्ति श्री का लागि निकै राम्रो लाभदायक हुन पुग्यो।

उनले लोक तथा दोहोरी गीत मात्र नभएर आधुनिक गीत पनि गाउने गर्दछिन्। साथै चर्चित तीज गीत बुहारी सुत्केरी भइछ मा उनले स्वर तथा मोडलिङ पनि गरेकी छिन्। उनले २०७४ सालमा सर्वाधिक चर्चित सत्यकथा मा आधारित गीत प्रकाश सपुतको शब्द, निर्देशनमा रहेको बोल मायामा स्वर दिएकि थिइन्। यो गीतले उनलाई नेपाली लोक दोहोरी क्षेत्रमा अझ निकै चर्चित बनाउने काम गरेको थियो[४]

चर्चित गीतहरू सम्पादन गर्नुहोस्

शान्ति श्री परियारले स्वर दिएकी केही चर्चित गीतहरू
  • घर छ तीन तले…
  • एकतर्फी माया…
  • गाईलाई दाम्लो माछिलाई फुरुलुङ्ग…
  • सँग बास को टुप्पो हल्लियर…
  • मुग्लिनको बाटोमा…
  • बास को टुप्पो हल्लियर…
  • बुहारी सुत्केरी भइछ…
  • बोल मायामा…
  • गल्बन्दि…

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्