बेनजीर भुट्टो अन्तर्राष्ट्रिय विमानस्थल

बेनजिर भुट्टो अन्तर्राष्ट्रिय विमानस्थल (उर्दु: بینظیر بھٹو ایئر بیس‎,) एक अप्रचलित विमानस्थल हो जसले पहिला इस्लामाबाद रावलपिण्डी महानगरीय क्षेत्रको सेवा प्रदान गर्थ्यो। ३ मे २०१८ सम्म पाकिस्तानको हवाई यातायातका आधारमा यो विमानस्थल सबैभन्दा दोस्रो ठूलो विमानस्थल थियो जब यसको नाम इस्लामाबाद अन्तर्राष्ट्रिय विमानस्थलमा फेरबदल गरिएको थियो।[४] यस अघि इस्लामाबाद अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा परिचित यो विमानस्थलको नाम पाकिस्तानकी प्रधानमन्त्री बेनजीर भुट्टोको नामबाट सन् २००८ जुनमा पुन: नामाकरण गरिएको थियो। सन् २०१५-१६ मा यस विमानस्थलबाट ओहोरदोहोर गर्नेको सङ्ख्या ४७६७८६० पुगेको थियो।[५][६]

बेनजीर भुट्टो अन्तर्राष्ट्रिय विमानस्थल
بینظیر بھٹو ایئر بیس‎,
بینظیر بھٹو بین الاقوامی ہوائی اڈا
विवरण
विमानस्थल प्रकारव्यवसायीक
सञ्चालकपाकिस्तान नागरिक उड्डयन प्राधिकरण, पाकिस्तान
सेवा गर्ने स्थानइस्लामाबादरावलपिण्डी
अवस्थित स्थानरावलपिण्डी, पञ्जाब
विमान हब
  • पाकिस्तान अन्तर्राष्ट्रिय एयरलाइन्स
  • शाहीज एयर अन्तर्राष्ट्रिय
उचाइ समुद्री सतह१,६८८ ft / ५०८ m
निर्देशाङ्क३३°३६′५९″उ॰ ०७३°०५′५७″पू॰ / ३३.६१६३९°N ७३.०९९१७°E / 33.61639; 73.09917निर्देशाङ्कहरू: ३३°३६′५९″उ॰ ०७३°०५′५७″पू॰ / ३३.६१६३९°N ७३.०९९१७°E / 33.61639; 73.09917
वेबसाइटwww.islamabadairport.com.pk
नक्सा
ISB is located in पाकिस्तान
ISB
ISB
पाकिस्तानको नक्सामा विमानस्थलको अवस्थिति
धावनमार्ग
दिशा लम्बाई सतह
मी फिट
१२/३० ३,२८७ १०,७८५ Asphalt
तथ्याङ्कहरू
यात्रु७३ लाख
स्रोत: एपिआई पाकिस्तान[१] र दाफिफ[२][३]

इतिहास र तथ्याङ्क सम्पादन गर्नुहोस्

विमानस्थल मूल रूपमा इस्लामाबाद बाहिर चकलाला, रावलपिण्डीमा अवस्थित छ जुन इस्लामाबादक‍ छिमेकी सहर हो। यो पाकिस्तानको राजधानी इस्लामाबादको मुख्य विमानस्थल भएको कारणले विदेशी अधिकारीहरू र नागरिकहरूले प्राय: यसै विमानस्थलको प्रयोग गर्छन्।[७] यातायात र सञ्चारको साथ विमानस्थललाई पाकिस्तान विमानसेनाले यसलाई उनीहरूको आधारको रूपमा प्रयोग गर्दछ। आर्थिक वर्ष २००८-२००९ मा ३१३६६६४ यात्रीहरूले यस विमानस्थल प्रयोग गरेका थिए जहाँ ३४,०२५ हवाई यात्राहरू दर्ता गरिएको थियो। विमानस्थल पाकिस्तान अन्तर्राष्ट्रिय एयरलाइन्स हबको रूपमा प्रयोग गरिन्छ।[८]


पाकिस्तान सरकारले यस विमानस्थलमा ३,९९,००,००,०० रुपैयाँ खर्च गरी यस विमानस्थलको धावन मार्ग नवीकरण गरेको थियो जुन सन् २०१५ मार्चमा सम्पन्न भएको थियो।[९]

नयाँ विमानस्थल सम्पादन गर्नुहोस्

दुई सहरहरूको पश्चिममा करिब २० किलोमिटर (१२ माइल) पछाडि अटक जिल्ला फतेह जङमा नयाँ विमानस्थल निर्माण गरिएको थियो। यो बढ्दो हवाई यातायात र यात्रु भारको सहन गर्नका लाग विद्यमान बेनजीर भुट्टो अन्तर्राष्ट्रिय एयरपोर्टलाई बदल्नको लागि निर्माण गरिएको हो। यो विमानस्थल ३,२८९ एकड क्षेत्रफलमा फैलिएको छ। विमानस्थल इस्लामाबादमा कश्मीर राजमार्ग र रावलपिण्डी हुँदै जीटी सडकखण्डसँग जडान भएको छ। रावलपिण्डी - इस्लामाबाद मेट्रोबसले पनि विमानस्थललाई महानगर क्षेत्रसँग जोड्ने विस्तार गरिएको छ। यस विमानस्थलले पहिलो उडान ३ मे २०१८ का दिन गरेको थियो।[१०]

सुविधाहरू सम्पादन गर्नुहोस्

बेनजीर भुट्टो अन्तर्राष्ट्रिय विमानस्थल एक नागरिक र सैन्य विमानस्थल हो जसले विभिन्न देशमा उच्च पदमा रहेकम अधिकारी साथै धेरै एयरलाइन्सको लागि सार्वजनिक तालिकाबद्ध रूपमा सञ्चालन गर्दछ। यस विमानस्थलमा विदेशी कूटनीतिज्ञहरू, उच्चस्तरीय सरकारी अधिकारीहरू र सैन्य अधिकारीहरूलाई स्वागत गरिन्छ। विमानस्थलले एक पटकमा एघार फराकिला तथा ठूला विमानहरू मात्र सञ्चालन गर्न सक्षम छ जसमा अन्य विमानहरूका लागि ५ विमान विसौनीहरू रहेका छन्। यस विमानस्थल एयरबस ए३८० र बोइङ ७४७-८ जस्ता ठूला विमानरू समायोजन गर्न सक्दैन।

घटना तथा दुर्घटना सम्पादन गर्नुहोस्

 
सन् २००५ कश्मीर भुकम्प पीडित भएका मानिसहरूलाई सहयोग गर्नका लागि अमेरिकी हवाई सेनाको विमान बेनजीर भुट्टो अन्तर्राष्ट्रिय विमानस्थलमा
 
पाकिस्तान अन्तर्राष्ट्रिय एयरलाइन्सको एक विमान
 
बोइङ विमान
 
  • २८ जुलाई २०१० मा एयरबस ए३२१ एपी-बिजेबीद्वारा सञ्चालित एयरब्लु फ्लाइट २०२ , कराचीबाट घरेलु उडान गर्दै विमानस्थलमा अवतरण गर्ने क्रममा इस्लामाबादको मार्गल्ला पहाडमा दुर्घटनाग्रस्त भएको थियो। विमान सहरको नजिकको पहाडी र जङ्गल भूमिमा दुर्घटनाग्रस्त भयो र यसमा सवार १५२ व्यक्तिको मृत्यु भएको थियो।[११]


  • २० अप्रिल २०१२ मा भोजा एयर फ्लाइट २१४ कराचीको जिन्ना अन्तर्राष्ट्रिय विमानस्थलबाट इस्लामाबादको बेनजीर भुट्टो अन्तर्राष्ट्रिय विमानस्थल जाने क्रममा चकलाल नजिकै दुर्घटनाग्रस्त भएको थियो भने उक्त विमानमा सवार १२७ यात्रुको मृत्यु भएको थियो।[१२]

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. AIP Pakistan: OPRN – ISLAMABAD / Chaklala International वेब्याक मेसिन अभिलेखिकरण २००७-१०-१९ मिति
  2. Airport information for OPRN at World Aero Data. Data current as of October 2006.Source: दाफिफ.
  3. Airport information for ISB at Great Circle Mapper. Source: दाफिफ.
  4. "PM names Islamabad Airport as Benazir Bhutto International Airport - GEO.tv", मूलबाट १५ जुलाई २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच १ जुन २०१५ 
  5. http://www.caapakistan.com.pk/upload/AT/stats/2015%20-%202016-APT.pdf
  6. http://www.caapakistan.com.pk/upload/AT/stats/2010%20-%202011-APT.pdf
  7. caapakistan.com.pk – Major Traffic Flows By Airport During The Year 2008–09 वेब्याक मेसिन अभिलेखिकरण १३ नोभेम्बर २०१२ मिति
  8. Iftikhar A. Khan, "Islamabad airport set to get a new look", अन्तिम पहुँच १ जुन २०१५ 
  9. webdesk (२२ मार्च २०१५), "‘Rs399m spent on renovation, expansion of Islamabad airport’" 
  10. "New Islamabad International Airport to be operational from May 3: official", www.geo.tv (en-USमा), अन्तिम पहुँच २०१८-०४-१८ 
  11. Unfallbericht A321 AP-BJB, Aviation Safety Network (englisch), abgerufen am 8. Dezember 2016.
  12. Unfallbericht B-737-200 AP-BKC, Aviation Safety Network (englisch), abgerufen am 8. Dezember 2016.

बाह्य कडीहरू सम्पादन गर्नुहोस्