बेत्रावती सन्धि वि.सं १८४९ (सन् १७९२ )मा बेत्रावती त्रिशुली नदीको किनारमा नेपाल –तिब्बत /चीन युद्ध अन्त्य गर्न भएको नेपाल र भोट बीचको सन्धि हो ।

युद्धमा चिनियाँ सेना र तिब्बती सेनाले नेपाली सेनालाई पछाडी धकेल्दै गयो। भोटे सेना त्रिशुली वेत्रावती, नुवाकोट सम्म आइपुगे पछि काठमाडौँमा त्रासको वातावरण सिर्जना भयो । नेपालमा त्रासको माहोल सिर्जना भएको र भोटे/ चीनियाँ सेना पनि आफ्नो मुकामबाट निकै टाढाको दुरी आइपुगेको हुँदा सन्धिको कुरा उठ्यो र नेपालले चीनसँग वेत्रावतीको सन्धी गर्नु पर्यो।

नेपालीहरूले अकल्पनीय पराजय बेहोर्नु परेको कारण बहादुर शाहले चिनियाँ सेनापति फुकाङ्गसंग वार्ता गरे । वार्तामा चिनियाँ सेनापतिले नेपालले लुटेको सम्पत्ति फिर्ता गर्ने, बन्दी बनाइएका भोटका काजीहरूलाई रिहा गर्ने, स्यामार्पा लामालाई तिब्बत सरकारलाई बुझाउनु पर्ने ३ वटा शर्तहरू राखे । नेपालले २ वटा शर्तहरू स्वीकारे तापनि स्यामार्पा लामालाई सुम्पन्न चाँहदैनथे । ई. १७९२ मा स्यामार्पा लामाको मृत्यु भयो र वार्ताको ढोका खुल्यो । पुनः सेनापतिले ३ वटा शर्तहरू राखे । श्यामार्पा लामाको हाडखोर चिनियाँ सेनापति छेउ बुझाउने, दिगर्चामा लुटेको सम्पत्ति फिर्ता गर्ने, ई. १७८८ को सन्धिको सक्कल प्रति चिनियाँ सेनापतिलाई बुझाउने । परन्तु बहादुर शाहले यस बारेमा जवाफ पठाएनन् । यसरी वार्ताले सकारात्मक रूप लिन नसक्दा पुनः युद्ध चर्कने स्थिति देखेर बहादुर शाहले अंग्रेजसंग सहायता लिने निर्णय गरी ई. १७९२ मा अंग्रेजसंग एउटा वाणिज्य सन्धि गरे ।[] चिनियाँ सेनापति फूकाङ्गले नेपाली फौजमाथि आक्रमण गर्ने आदेश दिए। यो आक्रमण नेपालको लागि घातक सिद्ध भयो । चिनियाँ फौज बेत्रावतीसम्म आइपुगेकाले काठमाडौंलाई खतरा भई ढुकुटी नै मकवानपुर सारिएका प्रसङ्गहरू उल्लेख छन् । नेपालमा त्रासको माहोल सिर्जना भएको र भोटे/ चीनियाँ सेना पनि आफ्नो मुकामबाट निकै टाढाको दुरी आइपुगेको हुँदा सन्धिको कुरा उठ्यो । यस युद्धमा नेपालको पराजय भएको हुँदा सन्धिमा नेपाललाई निकै तल पारियो । [] त्यसपछि नेपालले चिनियाँ शर्तहरू बाध्य भएर मान्नु पन्यो र ई. १७९२ मा नेपाल + तिब्बत + चीनका बीचमा बेत्रावतीमा सन्धि भई युद्धको अन्त्य भयो । []


बेत्रावती सन्धिका प्रमुख धारा यस प्रकार छन् :

  • नेपाल र भोट बीच सदाकाल भातृत्व सम्बन्ध कायम गर्ने र आपसी मतभेदको समाधानको लागि ल्हासास्थित चीनियाँ अम्बालाई अनुरोध गर्ने ।
  • नेपालले चिनियाँ सम्राट समक्ष प्रत्येक ५ वर्षमा उपहार पठाउने, नेपालबाट जाने आउने व्यबस्था चीनबाट हुने र चीनबाट पनि उपहार पठाउने ।
  • नेपाल र भोटको सिमाना चिनियाँ अधिकारीले निर्धारण गर्ने ।
  • नेपालमा तेश्रो मुलुकबाट आक्रमण भएमा चीनले नेपाललाई सहयोग गर्ने ।
  • नेपालले डिगर्चा मठबाट लुटेर ल्याएको सम्पति फिर्ता गर्ने तथा समर्पा लामाका वस्तुहरु र नोकर चाकर भोटलाई बुझाउने ।
  • नेपालले सन् १७८९ को सन्धि तथा मुद्रा सम्बन्धि सुबिधाको दावी गर्न नपाउने ।
  • समर्पा लामालाई नेपालले बुझाउनु पर्ने भएपछी उनले आत्महत्या गरे । नेपाल भोट सम्बन्ध झनै जटिल बन्यो । नेपालले समर्पा लामाको शव भोटलाई बुझायो ।
  • नेपाल चीनको संरक्षित राज्य सरह भयो ।
  • नेपालको सिक्का टक मुद्रा अब भोटले नचलाउने भए पछि नेपाललाई ठुलो आर्थिक क्षति भयो ।
  • बहादुर शाहको पतन भयो ।
  • नेपालको एकीकरण अभियानमा धक्का

कुटनीतिक आदान प्रदान

सम्पादन गर्नुहोस्

सन्धि अनुसार नेपालले चिनियाँ सम्राट समक्ष प्रत्येक ५ वर्ष मा उपहार पठाउने, नेपालबाट जाने आउने व्यबस्था चीनबाट हुने र चीनबाट पनि उपहार पठाउने कुरा थियो । त्यसको लिखतमा नेपाली राजाले चीनलाई "मौसुफ" भनेर सम्बोधन गर्थ्यो भने चीनले नेपाललाई "तिमी" भनेर सम्बोधन गर्थ्यो ।[]

यस युद्धपस्चात सम्वत १८४६ को केरुङ सम्झौता पछिशुरु भएको नेपाल र चीनको बीच शिष्टमण्डलहरू पठाएर सौगातको आदानप्रदान पुन:चालु हुन गयो । यस युद्धको तत्कालपछि काजी देवदत्त थापा सौगात लिई चीन गएका थिए । त्यसबखत नेपाल र पेकिङको चीच आवताजाअवत गर्ने यातायातको साधन कठिनाताम हुनाले यो सौगात मण्डल प्रत्एक पाँच वर्षमा पठाउने चलन चल्न गयो, तथापि परिसथिति अनुसार कहिले ८/१० वर्षको बीच पनि सैगात पठाउने गर्दथ्यो । यो सम्बन्ध यस बेला देखी संवत् १९६३ साल सम्म चीनमा शाही शासन रहुन्जेल रह्यो, तथा चीनमा गणतन्त्र स्थापित भएपछियो सम्बन्ध टुट्न गयो । त्यसपछि श्री ५ महेन्द्र वीर विक्रम शाह देवको राज्यारोहणपछि संवत् २०१२ सालमा नेपाल र चीनको बीच पञ्चशीलको सिद्धान्तको आधारमा नयाँ सम्झौता भाई पुन: सम्बन्ध स्थापना हुन गयो ।   []

यो पनि हेर्नुहोस्

सम्पादन गर्नुहोस्

यस सन्धिले नेपालले आदिकालदेखि प्राप्त गरेको हिमाली क्षेत्रको व्यापारमा एकाधिकार समाप्त गयो ।तिब्वती बजारमा वर्षौंदेखि चालु रहँदै आएको नेपाली मुद्रा बाहेक नयाँ मुद्रालाई प्रतिबन्ध लगायो । तिब्बतमा नेपालको जुन स्थिति थियो । त्यो समाप्त भई चीनले प्राप्त गयो । कुती र केरूङ्गका क्षेत्रमा चिनियाँ अधिकारीले रेखाङ्कन गरेको सिमानालाई मान्न नेपाल बाध्य भयो । प्रत्येक पाँच वर्षमा एउटा शिष्टमण्डल नियमित रूपमा चीन पठाउनु पर्ने भयो । यो सम्झौता नेपालका लागि हानिकारक तथा घातक सिद्ध भए तापनि नेपालले यस सम्झौतालाई उल्लंघन गर्ने कोशिस गरेन । बरू प्रत्येक ५-५ वर्षमा एउटा शिष्टमण्डल नियमित रूपमा चीन पठाउने भयो ।[] बेत्रावतीको सन्धिमा नेपाललाई चीनको अधिनता स्वीकार्नु पर्ने वा कुनै प्रकारको हानि हुने शर्त नरहेकाले नेपालले केही कुरा गुमाउनु परेन

यसप्रकार शताब्दीयौं देखि रहेको नेपाल + तिब्बत सम्बन्धमा गतिरोध आउनुको बदला यस सन्धि पश्चात्चीनको संलग्नता पनि बढ्न गई नेपालको कूटनैतिक इतिहासमा नयाँ अध्यायको शुरूआत भएको पाइन्छ ।[]

  1. Bhadraratna, Bajracharya (१९९२), Bahadur Shah: The Regent of Nepal, Delhi: Anmol Publication, पृ: 246, 247। 
  2. उद्दरण त्रुटी: अवैध <ref>चिनो; nepalaaja.com नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन
  3. नेपाल भोट विवाद, काठमाडौँ: नेपाल र एसियाली अनुसन्धान केन्द्र, त्रिभुवन विश्वविद्यालय, २०४१ BS, पृ: 2। 
  4. डा. प्रेम सिंह बस्न्यात अन्तर्वार्ता वेब्याक मेसिन अभिलेखिकरण २०१९-०१-११ मिति
  5. चित्तरञ्जन नेपाली (बि.सं २०२०), श्री ५ रणबहादुर शाह (व्यक्तित्व र शासन), पृ: 103। 
  6. ज्ञानमणि नेपाल, धनबज्र बज्राचार्य, (वि.स. २०१४), ऐतिहासिकपत्र संग्रह, पहिलो भाग, काठमाडौँ: नेपाल सांस्कृतिक परिषद, पृ: पृ. ७३ ७४। 
  7. जोशी, श्रीमती इन्दिरा, "नेपाल‌+तिब्बत सम्बन्ध: ऐतिहासिक सिंहावलोकन", प्राचीन नेपाल: 22।