विशेष साधारण सभा (अङ्ग्रेजी: Extra Ordinary General Meeting) भन्नाले विशेष अवस्थामा बोलाईने शेयरधनीहरूको साधारण सभा हो । यो सभा आवश्यक देखिएमा कम्पनीको सञ्चालक समितिले बोलाउन सक्छ ।

विशेष साधारण सभा बोलाउन सकिने अवस्थाहरू सम्पादन गर्नुहोस्

नेपालको कम्पनी ऐन, २०६३ को दफा ८२ अनुसार देहाय बमोजिमको अवस्थामा विशेष साधारण सभा बोलाउन सकिन्छ;[१]

  • लेखापरीक्षकले कम्पनीको हिसाबकिताबको जाँचबुझ गर्दा कुनै कारणले विशेष साधारण सभा बोलाउन आवश्यक देखिएमा
  • कम्पनीको चुक्ता पूँजीको कम्तीमा दश प्रतिशत शेयर लिने शेयरधनीहरू वा शेयरधनीहरूकोले कारण खुलाई विशेष साधारण सभा बोलाउन कम्पनीको रजिष्टर्ड कार्यालयमा निवेदन दिई माग गरेमा ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Company Act, 2063, Section 82, Page no. 41