बिली आइलिस पाइरेट बेअर्ड ओ'कोनेल (/ˈlɪʃ/ EYE-lish;[१] जन्म डिसेम्बर १८, २००१) एक अमेरिकी गायिका र गीतकार हुन्। उनले सन् २०१५ मा 'ओसन आइज' गीतलाई साउन्डक्लाउडमा अपलोड गरेर पहिलोपटक चर्चामा आएकी थिइन्। यो गीतलाई पछि इन्टरस्कोप रेकर्ड्सको सहायक कम्पनी डार्करुमद्वारा जारी गरिएको थियो। यो गीत उनको दाजु फिनिसले लेख्नुका साथै निर्माण पनि गरेका थिए। बिलीले आफ्नो दाजुसँग साङ्गीतिक प्रस्तुति र प्रत्यक्ष कार्यक्रमहरूमा सहकार्य गर्दै आएकी छिन्। उनको पहिलो इपी, 'डोन्ट स्माइल एट मी' (२०१७), अमेरिका, बेलायत, क्यानाडाअस्ट्रेलियाको साङ्गीतिक तालिकाको शीर्ष १५ स्थानमा आएको थियो।

बिली आइलिस
Billie Eilish
मार्च २०१९ मा इलिश
जन्मबिली आइलिस पाइरेट बेअर्ड ओ'कोनेल
(2001-12-18) डिसेम्बर १८, २००१ (उमेर २२)
लस एन्जलस, क्यालिफोर्निया, संयुक्त राज्य अमेरिका
पेशा
  • गायिका
  • गीतकार
कार्यकाल२०१५-वर्तमान
मातापिताम्यागी बेअर्ड (आमा)
आफन्तफिनिस ओ'कोनेल (दाइ)
साङ्गीतिक जीवन
विधा
वाद्ययन्त्रभोकल
लेबल
सहयोगीफिनिस ओ'कोनेल
वेबसाइटbillieeilish.com

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Savage, Mark (जुलाई १५, २०१७), "Billie Eilish: Is she pop's best new hope?", BBC News, मूलबाट जुलाई २१, २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई २१, २०१८, "...It's eye-lish, like eyelash with a lish." 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्