बिरल (बङ्गाली: বিরল) बङ्गलादेशको दिनाजपुर जिल्लाको एक उपजिल्ला हो। यो उपजिल्ला रङ्पुर विभाग अन्तर्गत पर्दछ।[]

बिरल
বিরল
उपजिल्ला
बिरल is located in बङ्गलादेश
बिरल
बिरल
बङ्गलादेशको नक्सामा यस उपजिल्लाको अवस्थिति
निर्देशाङ्क: २५°३८′उ॰ ८८°३२′पू॰ / २५.६३३°N ८८.५३३°E / 25.633; 88.533निर्देशाङ्कहरू: २५°३८′उ॰ ८८°३२′पू॰ / २५.६३३°N ८८.५३३°E / 25.633; 88.533
देशबङ्गलादेश बङ्गलादेश
विभागरङ्पुर विभाग
जिल्लादिनाजपुर
क्षेत्रफल
 • जम्मा३५२.१६ किमी (१३५.९७ वर्ग माइल)
जनसङ्ख्या
 (सन् १९९१)
 • जम्मा२०४,४२०
 • घनत्व५८०/किमी (१५००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+६ (बङ्गलादेशी मानक समय)
वेबसाइटबिरल उपजिल्लाको आधिकारिक नक्सा

बिरल बङ्गलादेशको उत्तरी भागमा पर्छ भने यो उपजिल्ला २५°३१' देखि २५°४६' उत्तर अक्षांश र ८८°२६' देखि ८८°३८' पूर्वी देशान्तरणमा अवस्थित छ। बिरल उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये ३५२.१६ वर्ग किलोमिटर ओगटेको छ। यस उपजिल्लालाई बोचागञ्जकहारोल उपजिल्लाले उत्तर, दिनाजपुर सदर उपजिल्ला र भारतको पश्चिम बङ्गाल राज्यले दक्षिण,दिनाजपुर सदर उपजिल्लाले र पुनर्भाह नदीले पूर्व र बोचागञ्ज र भारतको पश्चिम बङ्गाल राज्यले पश्चिमबाट घेरेको छ। ताङ्गन, नाल र कराई बिल यस उपजिल्लाका प्रमुख नदिहरू हुन्।[]

सन् १८५५ देखि १८५६ सम्म यस उपजिल्लामा सन्थल जनजातिले आन्दोलन गरेका थिए। बङ्गलादेश मुक्ति अभियान सन् १९७१ अप्रिल ४ का दिनबाट देश व्यापी रूपमा शुरू भएको थियो भने १३ नोभेम्बर १९७१ का दिन पाकिस्तानी सेनाले यस उपजिल्लाको बिजोरसँग अन्तर्गत पर्ने बहाला गाउँमा ३७ जना सर्वसाधारणहरूको गोली हानि सामूहिक हत्यम गरेका थिए। १५ डिसेम्बर १९७१ का दिन पाकिस्तानी सेना र बङ्गलादेशको मुक्तिका लागि लडिरहेका लडाकु बीच यस उपजिल्लाको बगुडाखारी गाउँमा प्रत्यक्ष गोली हानाहान तथा युद्ध भएको थियो जहाँ ३० बङ्गलादेशी लडाकुहरू मारिएका थिए भने त्यसको बाहेक पाकिस्तानी सेना र बङ्गलादेशको मुक्तिका लागि लडिरहेका लडाकु बीच यस उपजिल्लाको बहाबाल भन्ने स्थानमा प्रत्यक्ष गोली हानाहान हुँदा १०० पाकिस्तानी सेनाहरूको मृत्यु भएको थियो।

उपजिल्ला प्रतिवेदनका अनुसार यस उपजिल्लाको कुल जनसङ्ख्या २३१४७६ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या ११९३३३ छ भने महिलाको जनसङ्ख्या ११२१४३ रहेको छ। धर्मका आधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या १६७१९३ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या ६०२८४, बौद्ध धर्मवलम्बीको जनसङ्ख्या ११२२, इसाई धर्मवलम्बीको जनसङ्ख्या ३१ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या २८४६ रहेको छ। यस उपजिल्लामा सन्थल, मुण्डा, मालो, महाली, उराँव जनजाति बसोबास गर्छन्। यस उपजिल्लामा ४३४ मस्जिद, ८२ मन्दिर र ४ चिहानहरू रहेका छन्।बिरल जामे मस्जिद, मुन्सीपाडा जामे मस्जिद, मुल्लाक दिवानको चिहान, सेनदिधी काली मन्दिर, मेहेराबाई जामे मस्जिद आदि यस उपजिल्लाका प्रमुख तथा लोकप्रिय धार्मिक स्थलहरू हुन्। यस उपजिल्लाका ९६.६६% जनसङ्ख्याले शुद्ध पिउने पानीका लागि पानी तान्ने मोटर र धारोको प्रयोग गर्दै आएका छन् भने ०.०९% ले पोखरी, ०.३६% ले टुटी र २.८९% ले अन्य माध्यमबाट पानीको प्रयोग गर्दै आएका छन्। यस उपजिल्लाको कुल घरहरू मध्ये ७५.१०% घरहरूमा अझै पनि सुविधा सम्पन्न अर्थात पक्की सौचालय सुविधा रहेको छैन। बिरल उपजिल्लामा १ अस्पताल, १ उपजिल्ला स्वास्थ्य संस्था, १० सङ्घ अस्पताल तथा परिवार नियोजन केन्द्र र १ आँखा अस्पताल रहेका छन्। १८८७ र सन् १९९१ मा आएको बाढीले यस उपजिल्लामा थुप्रै घर र भवनहरूमा ठूलो मात्रमा क्षति पुर्‍याएको थियो। []

यस उपजिल्लाको अर्थतन्त्र मुख्यतया कृषिमा आधारित छ। यस उपजिल्लाका अधिकांश मानिसहरू किसान हुन्। यस उपजिल्लामा धान, गहुँ, मकै, तोरी, आलु, उखु तथा अन्य अन्न बालीहरू उत्पादन गरिन्छ। यस उपजिल्लामा मुख्यतया आँप, केरा, मेवा, खरबुजा, कटहर, लिची, अम्बा आदि उत्पादन हुँदै आएको छ। यस उपजिल्लामा चिनी उत्पादन केन्द्र, गहुँ कुटानी केन्द्र, बरफ कारखाना तथा चिस्यान केन्द्र, वेल्डिङ उद्योग,चिनी उद्योग तथा अन्य उद्योग कलकारखानाहरू पनि सञ्चालनमा रहेका छन्। यस उपजिल्लाले मुख्यतया धान, चामल, लिची, मकै, प्याज लगायत मौसमी तरकारी र अन्य फलफूलहरू निर्यात गर्दै आएको छ। यस उपजिल्लामा लोपोन्मुख रहेका आलसको तेल, तिल, खैनी पनि निम्न मात्रमा उत्पादन गरिन्छ। यस उपजिल्लामा ३३ हाटबजार तथा मेलाहरू सञ्चालन रहेका छन्। यस उपजिल्लामा लोपोन्मुख ठेला, गोरू गाडा र रथहरू सामान ओसारपसार तथा यातायातका साधन बन्द‌ै आएका छन्। यस उपजिल्लामा थुप्रै माछापालन केन्द्र, दुग्ध सङ्कलन केन्द्र तथा कुखुरापालन केन्द्रहरू रहेका छन्।

यस उपजिल्लाको मुख्य आय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ७०.४५% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै ३.१६% मजदुरीमा, उद्योग तथा व्यापारमा १.०३% वाणिज्यमा १२.०१%, सञ्चार तथा यातायातमा २.८६%, निर्माण क्षेत्रमा १.७३%, सुविधामा ४.४६%, धार्मिक सेवामा ०.१७%, वैदेशिक रोजगारी तथा भाडामा ०.१३% र अन्यमा ४% रहेका छन्।

बिरल थानको स्थापना सन् १९१५ मा भएको थियो भने सन् १९८४ मा यसलाई उपजिल्लामा परिणत गरिएको थियो। हाल यस उपजिल्लामा १ नगरपालिका, ११ सङ्घ परिषद्/वडा, २४१ मौजा/महल्ला र २३५ गाउँहरू रहेका छन्।

यस उपजिल्लाको कुल साक्षरता दर ३९.१% रहेको छ जसमध्ये पुरुषको साक्षरता ४४.०% छ भने महिलाको साक्षरता दर ३२.८% रहेको छ। यस उपजिल्लामा ८ क्याम्पस, ४८ माध्यमिक विद्यालय, १५७ प्राथमिक विद्यालय र १७ मदरसाहरू रहेका छन्। यस उपजिल्लाका केही उत्कृष्ट शिक्षण संस्थाहरू यस प्रकार छन्; बिरल डिग्री क्याम्पस (सन् १९७२), बिरल कन्या क्याम्पस (सन् १९९४), धुकुर्जहरा क्याम्पस (सन् १९९४), मइनुल हासाल क्याम्पस (सन् १९४८), बिरोजा उच्च विद्यालय (सन् १९४०), उत्तर विष्णुपुर भिएमएससी उच्च विद्यालय (सन् १९४५), बिरल पाइलट उच्च विद्यालय (सन् १९९४), मुन्सीपाडा उच्च विद्यालय (सन् १९६०), कारलन मधावती उच्च विद्यालय (सन् १९६८), बिरल पाइलट कन्या उच्च विद्यालय (सन् १९७७), कानाइबाडी उच्च विद्यालय, मोहना-मङ्गरपुर उच्च विद्यालय, बिरल सरकारी प्राथमिक विद्यालय, दिवानदिधी दखिल मदरसा, मङ्गरपुर सिनियर मदरसा आदि।

सन्दर्भ सामग्री

सम्पादन गर्नुहोस्
  1. एमडि मिजानुर राहमन, "बिरल उपजिल्ला", in सिराजुल इस्लाम, बाङ्लापिडिया: बङ्गलादेशको राष्ट्रिय विश्वकोश, बङ्गलादेशको एसियाली समाज। 
  2. "बङ्गलादेशको राष्ट्रिय जनगणना", मूलबाट २००५-०३-२७-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर १०, २००६ 
  3. "बिरल उपजिल्ला", बाङ्लापिडिया, अन्तिम पहुँच ८ डिसेम्बर २०१८ 

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्