बाग जिल्ला
बाग जिल्ला (उर्दु: ضلع باغ) आजाद कश्मीरको दस जिल्ला मध्यको एक जिल्ला हो । यो जिल्ला पहिला पोन्छ जिल्लाको एक भाग थियो जुन १९८८ मा स्थापना गरिएको थियो । [१]
बाग | |
---|---|
जिल्ला | |
देश | पाकिस्तान |
प्रदेश | आजाद कश्मीर |
सदरमुकाम | बाग |
क्षेत्रफल | |
• जम्मा | ७६८ किमी२ (२९७ वर्ग माइल) |
उन्नतांश | १०३८ मिटर (३४०६ फिट) |
जनसङ्ख्या (२०१७) | |
• जम्मा | ३७१९१९ |
आधिकारिक | |
• भाषा | उर्दु |
समय क्षेत्र | पाकिस्तानी समय |
जिओपी | १२५०० |
बाग जिल्ला मुजफ्फराबाद जिल्लाले उत्तर तर्फबाट घेरेको छ भने पोन्छ जिल्लाले दक्षिण तिरबाट त्यसतै गरी भारतको कब्जामा जम्मू र कश्मीरमा रहेको पोन्छ जिल्लाले पुर्वी तर्फबाट धेरेको छ भने पाकिस्तानको पञ्जाब प्रान्तको रावलपिंडी र अब्टाबाद जिल्लाले उत्तर-पश्चिम तर्फबाट धेरेको छ । यो जिल्लाको कुल क्षेत्रफल ७७० वर्ग किलोमिटर रहेको छ । बाग जिल्ला मुजफ्फराबाद जिल्लाबाट दुई बाटो भएर जोडिएको जुन सुधन गलि (८०) भएर जान्छ भने अर्को कोहाला (९७ किमी)बाट जान्छ । यो जिल्ला रावलकोटबाट ४६ किलोमिटरको दुरीमा रहेको छ । यो शहरको सदरमुकाम बाग शहर हो ।
जनशाङ्खिकि
सम्पादन गर्नुहोस्सन् २०१७ राष्ट्रिय जनगणनाका अनुसार बाग जिल्लाको कुल जनसङ्ख्या ३,७१९,१९ रहेको छ । आजाद कश्मीर को प्रमुख भाषा पठोहरी भाषा हो । बागमा बोलिएका पहाडी भाषाले मुजफ्फरबाद (८४ % साझा आधारभूत शब्दावली) को उत्तरमा बोलिएका बोलिएका भाषाहरूसँग सम्बन्धित छ र मुख्य पहाडी किसानहरूले दक्षिण (पश्चिम) लाई गालीत क्षेत्रमा मुरी (८६ %-८८ %) मानिसले बोलिने भाषा हो ।
शिक्षा
सम्पादन गर्नुहोस्अलिफ अलानको एक तथ्याङ्कले जनाएका रूपमा पाकिस्तान जिल्ला शिक्षा बरियता २०१७ अनुसार बाग जिल्ला नम्बर ५ मा रहेको छ जसमा शिक्षा अंक ७३.९९ रहेको छ भने सिकाईको अंक ८५.४२ पुगेको छ भने लैङ्गकि अंक ८८.३२ रहेको छ । बाग शहरको विद्यालय अङ्क २८.३२ छ भने राष्ट्रिय अङ्क १२६ रहेको छ । प्रथमीक विद्यालय पछि विद्यालय गाउँबाट टाढा र न्यून गुणस्तरीय शिक्षा भएका कारण विद्यालय पुर्वाधार कश्मीरकै ठूलो समस्य बनेको छ ।
२००५ को भुकम्प
सम्पादन गर्नुहोस्बाग शहर र छेउछाउका अन्य शहरहरू पनि सन् २००५ को विनाशकारी भुकम्पले भारी रूपमा क्षती पुराएको थियो । कुल भवनको लगभग ६० प्रतिशत भवनहरू भुकम्पका कारणले पुण रूपमा भत्किएर जिण रूपमा रहेका थियो भने हजारौं मानिसहरूको मृत्यु भएको थियो भने थुप्रै मानिसहरू घरबारविहीन बनेका थिय । भुकम्पको केही घण्टा पछि एनएटिओ जिल्लामा आएर उद्धार र सरसफाइ गर्नमा जोड गरेको थियो । त्यसपछि विभिन्न संधसंथाहरूले जिल्लामा आएर उद्धार र भुकम्प पिडितहरूलाई सहयोग गर्न सुरु गरेका थिए । [२]