बरगुना जिल्ला

बरगुना (बङ्गाली: বরগুনা জেলা) बङ्गलादेशको बरिशाल विभागमा पर्ने एक जिल्ला हो। बरगुना जिल्ला बङ्गलादेशको दक्षिणी भूभागमा अवस्थित छ। सन् १९६९ मा बरगुना उपविभागको स्थापना भएको थियो भने सन् १९८४ फेब्रुअरी २८ का दिन यसलाई जिल्लामा परिणत गरिएको थियो।[१]

बरगुना
বরগুনা
Seabirds in Barguna Coastal area, Bangladesh (3).jpg
Front view of Tengragiri Wildlife Sanctuary.jpg
বিবি চিনি ঐতিহাসিক শাহী মসজিদ.jpg
Mangrove Forest in Barguna, Bangladesh (2).jpg
Barguna Coastal area, Bangladesh (2).jpg
Burishwar River in Barguna, Bangladesh (2).jpg
बङ्गलादेशको नक्शामा बरगुना जिल्लाको अवस्थिती
बङ्गलादेशको नक्शामा बरगुना जिल्लाको अवस्थिती
निर्देशाङ्क: २२°०९′०३″N ९०°०७′३५″E / २२.१५०८°N ९०.१२६४°E / 22.1508; 90.1264निर्देशाङ्कहरू: २२°०९′०३″N ९०°०७′३५″E / २२.१५०८°N ९०.१२६४°E / 22.1508; 90.1264
देशFlag of Bangladesh.svg बङ्गलादेश
विभागबरिशाल विभाग
क्षेत्रफल
 • जम्मा१,९३९.३९ किमी (७४८.८० वर्ग माइल)
जनसङ्ख्या
 (सन् २०११ को राष्ट्रिय जनगणना अनुसार)
 • जम्मा८९२,७८१
 • घनत्व४६०/किमी (१,२००/वर्ग माइल)
साक्षरता दर
 • जम्मा६१.१०%
समय क्षेत्रयुटिसी+०६:०० (बङ्गलादेशी मानक समय)

भूगोलसम्पादन

बरगुना जिल्ला बङ्गलादेशको दक्षिणी भागमा पर्छ भने यो जिल्ला २१°४८' देखि २२°२९' उत्तर अक्षांश ८९°५२' देखि ९०°२२' पूर्वी देशान्तरणमा अवस्थित छ। बरगुना जिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये १८३१.३१ वर्ग किलोमिटर ओगटेको छ। यस जिल्लालाई झालकाठी, बरिशाल, पिरोजपुरपटुयाखाली उपजिल्लाले उत्तर, बङ्गालको खाडी र पटुयाखाली जिल्लाले दक्षिण, पटुयाखाली जिल्लाले पूर्व, पिरोजपुरबागेरहाट जिल्लाले पश्चिमबाट घेरेको छ। बिशखाली, बलेश्वरी, बुडीश्वर, आन्दारमानिक र गजालिया आदि यस जिल्लाका प्रमुख नदि तथा नहरहरू हुन्।

जनशाङ्खिकिसम्पादन

जिल्ला विभाग प्रतिवेदनका अनुसार ढाका जिल्लाको कुल जनसङ्ख्या ८४८५५४ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या ४३०४२२ छ भने महिलाको जनसङ्ख्या ४१८२३२ रहेको छ। धर्मका आधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या ७७७३७० छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या ६९४४६ छ। त्यस्तै गरी बुद्ध धर्मवलम्बीको जनसङ्ख्या ३०२, इसाई धर्मको १३०४ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या १३२ रहेको छ।

अर्थतन्त्रसम्पादन

यस जिल्लाको मुख्य आय श्रोतको बाटो भनेको कृषि हो जसमा जिल्लाकै ६२.६७% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै ४.४८% मजदुरीमा, उद्योग तथा व्यापारमा ०.७% वाणिज्यमा १३.३८%, सञ्चार र यातायातमा २.०३%, निर्माण क्षेत्रमा १.४६%, सेवामा ६.७२%, धार्मिक सेवामा ०.२१%, वैदेशिक रोजगारी तथा भाडामा ०.२२% र अन्यमा ८.१३% रहेका छन्।

प्रशासनसम्पादन

प्रशासकीय बरगुना थानाको स्थापना १८अौँ शताब्दीको अन्त्य तिर भएको थियो भने सन् १९६९ मा यसलाई उपविभागमा परिणत गरिएको थियो। पछि त्यस उपविभागलाई सन् १९८४ मा जिल्लामा परिणत गरिएको थियो। हाल यस जिल्लामा ६ उपजिल्ला तथा ४२ सङ्घ परिषद्हरू रहेका छन्। यस जिल्लामा ६ उपजिल्ला मध्ये सबैभन्दा ठूलो उपजिल्ला होआमतली (७२०.७६ वर्ग किलोमिटर) हो भने सबैभन्दा सानो उपजिल्ला बामन (१०१.०५ वर्ग किलोमिटर) हो।हो[२]

शिक्षासम्पादन

यस जिल्लाको कुल साक्षरता दर ५५.३% रहेको छ जसमध्ये पुरुषको साक्षरता ५७.७% छ भने महिलाको साक्षरता दर ५२.८% रहेको छ। यस जिल्लामा १ कानूनी क्याम्पस, २५ क्याम्पस, ३ गैरसरकारी बिएड क्याम्पस, ४ गैरसरकारी व्यावसायिक शिक्षण संस्था, १६२ माध्यमिक विद्यालय, ७२७ प्राथमिक विद्यालय तथा १३२ मदरसाहरू रहेका छन्।

सन्दर्भ सामग्रीसम्पादन

  1. সিরাজুল ইসলাম ও আহমেদ এ জামাল, सम्पादक (सन् २०१२), "বরগুনা", বাংলাপিডিয়া: বাংলাদেশের জাতীয় এনসাইক্লোপিডিয়া (दोस्रो संस्करण), বাংলাদেশ এশিয়াটিক সোসাইটি। 
  2. "বাংলাদেশ উপজেলা তালিকা", উইকি শূন্য।