बङ्गलादेशको संसद वा जातीय संसद (बङ्गाली: জাতীয় সংসদ) बङ्गलादेशको सर्वोच्च संसदीय निकाय हो।[२] बङ्गलादेशको वर्तमान संसद्मा ३५० सिट छन्, जसमा ५० सिट महिलाका लागि मात्र आरक्षित छन्। निर्वाचित व्यक्तिहरूलाई संसदको सदस्य वा सांसद भनिन्छ।[२] १२औँ राष्ट्रिय संसदीय निर्वाचन ०७ जनवरी २०२४ मा सम्पन्न भएको थियो। बङ्गलादेशको राष्ट्रपतिले संसद् विघटन नगरेसम्म प्रत्येक पाँच वर्षमा यसको निर्वाचन हुन्छ।[३]

जातीय संसद

জাতীয় সংসদ[१]
१२औँ संसद
लोगो वा प्रतीक चिह्न
संसदको निशान छाप
Flag of the Jatiya Sangsad
संसदको मानक
प्रकार
प्रकारएकसदनात्मक
समयावधि
५ वर्ष
इतिहास
स्थापित7 मार्च 1973 (५१ वर्ष पहिले) (1973-०३-07)
पूर्ववर्तीबङ्गलादेशको संविधान सभा
नयाँ कार्यकालको सुरुवात
३० जनवरी २०२४
(१० जनवरी २०२४ मा सपथ लिएको)
नेतृत्वकर्ता
उपसभामुख
संसदको नेता
(प्रधानमन्त्री)
शेख हसिना, बङ्गलादेश अवामी लिग
पदासीन: ६ जनवरी २००९
सदनको उप नेता
मटिया चौधरी, बङ्गलादेश अवामी लिग
पदासीन: १० जनवरी २०२३
प्रतिपक्ष दलको उप-नेता
संरचना
सिट३००
राजनीतिक दल
सरकार (२२३)

विश्वासको मत र समर्थन (0)

प्रतिपक्ष (0)

निर्वाचन
पहिलो हुने निर्वाचित हुने निर्वाचनबाट ३०० निर्वाचित, निर्वाचित सदस्यहरूले समानुपातिक प्रतिनिधित्व प्रयोग गरि महिलाका लागि छुट्याइएको ५० सिट
अघिल्लो निर्वाचन
७ मार्च १९७३
पछिल्लो निर्वाचन
७ जनवरी २०२४
आउने निर्वाचन
जनवरी २०२९
बैठक स्थल
जातीय संसद भवन,
शेरे बाङ्ला नगर, ढाका,
बङ्गलादेश
वेबसाइट
www.parliament.gov.bd

बहुमत प्राप्त गर्ने दलको नेता (वा दलहरूको गठबन्धन) बङ्गलादेशको प्रधानमन्त्री बन्छ, र उक्त व्यक्ति नै सरकारको प्रमुख हुन्छ। बङ्गलादेशको राष्ट्रपति, औपचारिक राष्ट्रप्रमुख, संसदद्वारा चयन गरिन्छ। सन् २००८ को डिसेम्बरमा भएको राष्ट्रिय निर्वाचन देखि नै वर्तमान बहुमत प्राप्त दल शेख हसिनाको नेतृत्वमा रहेको अवामी लिग हो।[४]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "The Constitution of the People's Republic of Bangladesh | 65. Establishment of Parliament" 
  2. २.० २.१ "Name and Composition of Parliament", Bangladesh Parliament  वेब्याक मेसिन अभिलेखिकरण २०१७-१०-११ मिति
  3. "New MPs take oath", The Daily Star, ९ जनवरी २०१४। 
  4. "बङ्गलादेशको निर्वाचनमा शेख हसिनाको पार्टीलाई बहुमत", प्रशासन (नेपालीमा), अन्तिम पहुँच १२ माघ २०८० 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

निर्देशाङ्कहरू: २३°४५′४४″उ॰ ९०°२२′४३″पू॰ / २३.७६२२२°N ९०.३७८६१°E / 23.76222; 90.37861