जातीय संसद भवन वा राष्ट्रिय संसद भवन, (बङ्गाली: জাতীয় সংসদ ভবন; जातियो शङ्शोद भवोन) बङ्गलादेशको संसद भवनको नाम हो। यो भवन राजधानी ढाकाको शेर-ए-बाङ्ला नगरमा अवस्थित छ। यस भवनको रुपरेखा निर्माण लुइस कानले गरेका हुन्। यो भवन २०० एकडमा फैलिएर रहेको छ र संसारको सबैभन्दा ठुलो विधायक भवनहरू मध्ये एक हो।[१]

जातीय संसद भवन
नक्सा
सामान्य विवरण
प्रकारराष्ट्रिय संसद भवन
वास्तुकलाको ढाँचाआधुनिक
स्थानढाका, बङ्गलादेश
निर्माणकार्यको थालनीसन् १९६१
सम्पन्नसन् १९८२
लागतअमेरिकी $३२ मिलियन[१]
प्राविधिक विवरण
बनावटकङ्क्रिट, इँटा
योजना तथा निर्माण
वास्तुकारलुइस कान
माजहारुल इसलाम (सह-वास्तुकार)

यो भवन सन् २००३ मा निर्माण भएको माई आर्किटेक्ट नामक चलचित्रमा स्थायी रूपले दर्शाइएको थियो। यो चलचित्रमा वास्तुकार लुइस कानको पारिवारिक स्थिति र करियरको बारेमा देखाइएको थियो। लुइस आइ कान पुस्तकका लेखक रोबर्ट म्याककार्टर, बङ्गलादेशको जातीय संसद भवनलाई २०औँ शताब्दीको मुख्य भवनहरू मध्ये एक भनेका छन्।[२]

इतिहास सम्पादन गर्नुहोस्

 
भवनको दृश्य

बङ्गलादेशी संसदहरू स्थायी रूपले जातीय संसद भवनमा बस्छन्। यो भवन, विधायकहरूका लागि संसारमै एक उत्कृष्ट संसदीय निर्माणको नमूना हो। यो भवन २१५ एकडको भूमिमा राजधानी ढाकाको शेर-ए-बाङ्ला क्षेत्रमा अवस्थित रहेको छ। यसको परिसरमा, मुख्य भवन अतिरिक्त, खुल्ला हरियो रिक्त स्थान, जल निकास र सांसदहरूको भव्य कार्यालय पनि अवस्थित छ। यो भवनको निर्माण सन् १९६१ मा सुरु भएको थियो। अनेकौँ बाधाहरूको सामना गर्दै अन्तत: ८ जनवरी १९७२ मा यो भवनको उद्घाटन गरिएको थियो। यो उत्कृष्ट भवनको रचना प्रसिद्ध अमेरिकी वास्तुकार लुइस आई कानले तैयार गरेका थिए। संसद भवन क्षेत्रको मुख्य भवन, दक्षिण प्लाजा र राष्ट्रपति प्लाजा, गरी तीन भागमा बाडिएको छ।[३][४]

वास्तुकला र बनोट सम्पादन गर्नुहोस्

जातीय संसद परिसरको पूर्ण बनोट लुइस कानले गरेका हुन् जसमा परिसर अन्तर्गतको घाँसे मैदान, ताल र संसदका सदस्यहरूका लागि भवन रहेको छ। यो भवनको डिजाइनले मुख्य रूपमा बङ्गलादेशको कला, संस्कृति र धरोहरहरूलाई दर्शाउँछ। साथै यस भवनले बङ्गलादेशको ढाका स्थित शेरे-ए-बाङ्लामा रहेको रिक्त स्थानलाई भर्ने कार्य गर्दछ। परिसरको केन्द्रमा रहेको मुख्य भवनलाई तीन भागमा विभाजित गरिएको छ- मुख्य प्लाजा, दक्षिण प्लाजा र राष्ट्रपति प्लाजा। मुख्य भवन र संसदका सदस्यहरूको भवन परिसरलाई तीनै तिरबाट एउटा कृतिम तालले घेरेको छ।[५]

मुख्य प्लाजा सम्पादन गर्नुहोस्

जातीय संसद भवनको एक चित्र

जातीय संसद भवनको मुख्य प्लाजामा महत्त्वपूर्ण संसदीय च्याम्बर रहेको छ जसमा संसदीय शत्रको समयमा ३५४ वटै संसदीय सदस्य अटाउन सक्छ। यस वाहेक यसमा २ वटा मञ्च र महत्त्वपूर्ण व्यक्तित्वहरूका लागि २ वटा छुट्टाछुट्टै बस्ने प्रदर्शन भवन रहेको छ।

दक्षिणी प्लाजा सम्पादन गर्नुहोस्

संसद भवन भित्र रहेको दक्षिण प्लाजा मानिक मिया नामक स्थान तिर फर्केको छ। यो २० फिट अग्लो छ र सुन्दर आकारले भवनको मोहकतामा थप सौन्दर्यता थपेको छ। यसलाई संसद भावको मुख्य प्रवेशद्वारको रूपमा जान्ने गरिन्छ।

चित्र दीर्घा सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ "Jatiya Sangsad Bhaban", banglapedia.org 
  2. McCarter, Robert (२००५), Louis I. Kahn, London: Phaidon Press, पृ: २५८,२७०, आइएसबिएन 0-7148-4045-9 
  3. "Jatiyo Sangsad Bhaban (National Parliament House), Bangladesh", londoni.co, २०१४, अन्तिम पहुँच २८ डिसेम्बर २०१५  वेब्याक मेसिन अभिलेखिकरण ४ मार्च २०१६ मिति
  4. James-Chakraborty, Kathleen (२०१४), "Reinforced concrete in Louis Kahn’s National Assembly, Dhaka: Modernity and modernism in Bangladeshi architecture", Frontiers of Architectural Research 3: 81–88, डिओआई:10.1016/j.foar.2014.01.003 
  5. "The Grand Architecture of Jatiyo Sangsad Bhaban – Bangladesh Blog – By Bangladesh Channel", bangladesh.com 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्