बख्तावरसिंह बस्न्यात
नेपाली मूलकाजी
(बख्तावर सिंह बस्न्यातबाट अनुप्रेषित)
बख्तावर सिँह बस्न्यात नेपालका मूलकाजी हुन् ।[१] उनी केहरसिंह बस्न्यात र चित्रादेवी पाण्डे बस्न्यातका छोरा हुन् । उनी काजी कालु पाण्डेका नाति हुन् । उनका दाजु काजी कीर्तिमान् सिँह बस्न्यातको सन १७९९ मा मूलकाजीकै पदमा मृत्यु हुँदा उनी मूलकाजी भएका थिए । उनीपछि मामा दामोदर पाण्डेले मूलकाजी पदभार ग्रहण गरेका थिए ।[१] उनी सन् १८१० मा गढवालमा खटिएका थिए । उनले निश्पक्ष इतिहास लेखक मौलारामलाई पुरस्कृत गरेका थिए । उनको सम्मानमा मौलारामले बख्तावर यश चन्द्रिका लेखेका थिए ।[२]
श्री मूलकाजी जर्नेल बख्तावर सिँह बस्न्यात | |
---|---|
नेपालको मूलकाजी | |
पूर्वाधिकारी | कीर्तिमान् सिँह बस्न्यात |
उतराधिकारी | दामोदर पाण्डे |
व्यक्तिगत विवरण | |
नाता | हजुरबुवा शिवराम सिंह बस्न्यात, काका अभिमान सिंह बस्नेत |