4G (अङ्ग्रेजी: Fourth Generation or Long Term Evolution) चौथो पुस्ताको वायरलेस मोवाइल दुरसञ्चार प्रविधि हो, यो प्रविधि 3G पछिको पुस्ताको प्रविधि हो । 4G प्रणालीमा अन्तर्राष्ट्रिय दुरसञ्चार युनियनले उल्लेख गरे अनुसारको विशेषता हुनु पर्ने हुन्छ, उदाहरणको लागि सुधारिएको मोबाइल वेभको पहुँच, गेमिङ सेवा, उच्च गुणस्तरको मोबाइल टेलिभिजन, भिडियो कन्भरेन्सिङ तथा थ्रिडि टेलिभिजनहरू हुन् । 4G मा पूर्ण रूपमा आईपी आधारित सेवाहरू सञ्चालन हुनेछ । यसमा ध्वनि, इन्टरनेट र मल्टिमीडियालाई समान गतिमा पठाउन र प्राप्त गर्न सकिन्छ । [१]

4G सेवा शुभारम्भको तस्वीर

4G सेवाको पहिलो मापदण्डलाई व्यावसायिक रूपमा नर्वेको ओस्लो तथा स्विडेनको स्टकहोल्समा सन् २००९ मा कार्यान्वयन गरिएको थियो । नेपालमा 4G सेवा शुचारू गर्ने सेवा प्रदायक नेपाल टेलिकम हो, यस सन् २०१७ जनवरी १ मा यो सेवा शुचारू गरेको थियो ।[२] भने हाल अन्य दुरसञ्चार सेवाप्रदायकहरू एनसेल तथा स्मार्टसेलले समेत 4G सेवा सञ्चालनमा ल्याएको छ ।

4G सञ्चालन व्याण्डविथसम्पादन

नेपाल दुरसञ्चार प्राधिकरणले हाल दुरसञ्चार सेवाको रेडियो फ्रिक्वेन्सी बाँडफाँड तथा मुल्य सम्बन्धी नीति (पहिलो संशोधन), २०७३ अनुसार फोरजी सेवा सञ्चालन प्रविधि तटस्थता अनुसार १८०० मेजाहर्ज व्याण्डविथमा सञ्चालनको अनुमति प्रदान गरेको छ । हाल नेपालमा फोरजी सेवा सञ्चालन दुरसञ्चार सेवा प्रदायक नेपाल टेलिकम, एनसेल तथा स्मार्टसेल हुन् ।

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. फोर जीहिन्दुस्तान लाइव३ नम्बर, २००९
  2. अनलाइनखबर, "टेलिकमको फोर जी कसरी चलाउने ? जान्नै पर्ने ७ कुरा", onlinekhabar.com, अनलाइनखबर, अन्तिम पहुँच १ जनवरी २०१७