फेसएप

फोटो सम्पादन ऐप
(फेस एपबाट अनुप्रेषित)

फेसएप (अङ्ग्रेजी भाषा FaceApp) रूसी कम्पनीद्वारा निर्माण गरिएको मोवाइल एन्ड्रोइड वा आइओएसमा चल्ने अनुप्रयोग हो। सन् २०१७ मा पहिलो पटक रुसी निर्माताहरूले ‘फेस एप’ सार्वजनिक गरेका थिए। त्यही अनुप्रयोग कृत्रिम बुद्धिमत्ताका साथ सन् २०१९ प्रख्यात भएको छ। [१] फेसएप एक अनुप्रयोग हो जसले कृत्रिम बुद्धिमत्ताको प्रयोग गर्दछ। यसको प्रयोगले हामीले अनुहारमा परिवर्तन गर्न सकिन्छ र यसका साथसाथै तपाईका वास्तविक तस्वीरहरूलाई परिवर्तन गर्नका लागि यसलाई उपयोग गर्न सकिन्छ। यो अनुप्रयोगले तपाईको तस्वीर सङ्ग्रहमा रहेका तस्वीरहरू उपयोग गर्न सक्छ वा तपाई अनुप्रयोग भित्रै पनि एउटा तस्वीर खिच्न सक्नु हुनेछ।

फेसएप
निर्माणकर्ता (हरू)वायरलेस ल्याब
मौलिक संस्करणजनवरी २०१७; ७ वर्ष अघि (२०१७-०१)
सञ्चालन प्रणालीआइओएस, एन्ड्रोइड
प्रकारचित्र सम्पादन
अनुमति पत्रस्वामित्व सफ्टवेयर
वेबसाइटfaceapp.com

सुरुवातको दुई वर्ष पश्चाच्, फेसएप सबैभन्दा लोकप्रिय अनुप्रयोगहरूको सूचीमा अटाएको थियो।[२] लगातार १० दिनको सर्वाधिक उपयोग पश्चात्, फेसएपले १० लाख अमेरिकी डलर भन्दा बढी कमाई गरेको थियो। यो अनुप्रयोग ७३.२ मिलियन पटक डाउनलोड गरिएको सर्वाधिक लोकप्रिय अनुप्रयोग पनि हो।[३]

समस्या सम्पादन गर्नुहोस्

यो अनुप्रयोग निर्माता जोसुहा नोज्जीले टुइट गर्दै फेसएपले सर्वसाधारणको स्मार्टफोनबाट अनुमति नै नमागी अद्यावधिक गर्ने गरेको बताएपछि सुरक्षा र विश्वसनीयताबारे गम्भीर प्रश्नहरू उठेका थिए तर एक फ्रान्सेली साइबर सुरक्षा अनुसन्धानकर्ताले भने उक्त दाबीबारे अध्ययन गर्दै त्यस्तो अवस्था नरहेको पत्ता लगाएका छन्।[४]

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्