फेटा शिरमा बाँधिन्छ । यो टोपीको सट्टा फेरो पारेर शिरमा बेरिने कपडा हो । फेटा लोग्नेमान्छेले बाँध्छन् । कुनै कुनै समुदायका मूल मान्छेले 'मूल व्यक्ति' भनेर चिनाउन फेटा बेर्छन् । कतैकतै विवाहमा दुलाहालाई फेटा बाँध्नुपर्ने चलन छ । यसलाई पगरी, पाग वा सारा जस्ता नामले पनि चिनिन्छ । गाउँघरमा टाउकोको रक्षा गर्न महिलाले अनौपचारिक रूपमा फेटा बेरेका हुन्छन् ।

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

बाह्य सूत्र सम्पादन गर्नुहोस्