फुजी हिमाल
फुजी हिमाल (जापानी: 富士山) जापानको सबैभन्दा अग्लो हिमाल हो। [१] जुन २२, २०१३ मा यसलाई विश्व सम्पदा सूचीमा राखिएको थियो [१] युनेस्को अनुसार माउन्ट फुजीले "कलाकार र कविहरूलाई प्रेरित गरेको छ र शताब्दीयौंदेखि तीर्थयात्राको रूपमा प्रख्यात रहि आइको छ"। [२] यो हिमाल ज्वालामुखी बाट बनेको हो यसको उचाइ ३७७६ मिटर रहेको छ।
फुजी हिमाल | |
---|---|
सर्वोच्च विन्दु | |
उचाइ | ३,७७६.२५ देखि ३,७७८.२३ मी (१२,३८९.३ देखि १२,३९५.८ फिट) |
प्रमुखता | ३,७७६ मी (१२,३८८ फिट) |
सूची | |
निर्देशाङ्क | ३५°२१′३८″उ॰ १३८°४३′३९″पू॰ / ३५.३६०५६°N १३८.७२७५०°Eनिर्देशाङ्कहरू: ३५°२१′३८″उ॰ १३८°४३′३९″पू॰ / ३५.३६०५६°N १३८.७२७५०°E |
नामकरण | |
मूल नाम | 富士山 (जापानी) |
भूगोल | |
स्थान | फुजी हकोने इजु राष्ट्रिय निकुञ्ज |
देश | जापान |
भूविज्ञान | |
हिमाल प्रकार | मिश्रित ज्वालामुखी |
आरोहण | |
सबैभन्दा सजिलो मार्ग | पैदल यात्रा |
भूगोल
सम्पादन गर्नुहोस्माउन्ट फुजीको उचाइ ३७७६ मिटर रहेको छ र यो टोकियोको दक्षिणपश्चिममा, होन्शुको प्रशान्त तट नजिकै अवस्थित रहि शिजुओका र यामानाशी प्रिफेक्चरको सिमानामा फैलिएको छ। यो हिमाललाई चारवटा साना सहरहरूले घेरेका छन्: पूर्वमा गोटेम्बा, उत्तरमा फुजियोशिडा, दक्षिणपश्चिममा फुजिनोमिया र दक्षिणमा फुजी। साथै यसको वरपर पाँच तालहरू रहेका छन्: कावागुची ताल, यामानाका ताल, साई ताल, मोटोसु ताल र सोजी ताल। मौसम सफा भएको बेला टोकियोबाट पनि यो हिमाल देख्न सकिन्छ।[३]
जलवायु
सम्पादन गर्नुहोस्माउन्ट फुजीको शिखरमा टुन्ड्रा जलवायु छ ( कोपेन हावापानी वर्गीकरण ET )। उचाइमा तापक्रम धेरै कम हुन्छ, र शिखरमा वर्षको धेरै महिनासम्म हिउँले ढाकिएको हुन्छ। शिखरमा सबैभन्दा कम रेकर्ड गरिएको तापमान −३८.० C हो (फेब्रुअरी 1981) र उच्चतम तापमान १७.८ C थियो (अगस्त १९४२)।
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ १.० १.१ [१] वेब्याक मेसिन अभिलेखिकरण जुन २७, २०१३ मिति
- ↑ Centre, UNESCO World Heritage, "Fujisan, sacred place and source of artistic inspiration", UNESCO World Heritage Centre (अङ्ग्रेजीमा), मूलबाट अक्टोबर १७, २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२२-०२-११।
- ↑ "STS-107 Shuttle Mission Imagery", NASA, जनवरी २६, २००३, मूलबाट फेब्रुअरी १०, २००३-मा सङ्ग्रहित, अन्तिम पहुँच डिसेम्बर १६, २०१२। वेब्याक मेसिन अभिलेखिकरण मे १५, २०१३ मिति