फिलिप शाइडमान
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
फिलिप शाइडमान (सन् १८६५-१९३९) - जर्मन सामाजवादको उग्र दक्षिणपन्थी अवसरवादी धारा एक जना नेता । सन् १९०३ देखि राइख्स्टागमा सामाजिक-जनवादी गुटमा समावेश भए । सन् १९०३ देखि जर्मन सामाजिक-जनवादी पार्टीको नेतृत्वका एक जना सदस्य । प्रथम विश्वयुद्ध (सन् १९१४-१९१८) का वर्षहरूमा सामाजिक-अन्धराष्ट्रवादी । जर्मनीमा सन् १९१८को नोभेम्वर क्रान्तिका बेला प्रतिक्रान्तिकारी जनदूत परिषद्मा सामेल भएका थिए । सन् १९१९ का फरवरी-जून महिनातिर भाइमार गणतन्त्रको संयुक्त सरकारको नेतृत्व गरे । सन् १९१८-१९२१ तिर जर्मन मजदुर आन्दोलनलाई रक्तपातमय तरिकाले दमन गर्ने कार्यका एक जना आयोजक रहेका थिए । पछि गएर सक्रिय जाजनैतिका क्रियाकलापबाट अलग भए । [१]
स्रोतहरू
सम्पादन गर्नुहोस्- ↑ भ्ला. इ. लेनिन: संकलिन रचना / भाग १-४. काठमाडौँ: ऐरावती प्रकाशन, २०६३. p. ४९५
विकिमिडिया कमन्समा फिलिप शाइडमान सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।