प्रिन्स अफ पर्सिया: वारियर विदिन

प्रिन्स अफ पर्सिया: वारियर विदिन (अङ्ग्रेजी: Prince of Persia: Warrior Within) प्रिन्स अफ पर्सिया: द स्यान्ड अफ टाइमको पछिल्लो भाग हो।

Prince of Persia: Warrior Within
विकासकर्तायुबिसफ्ट मोन्ट्रेल, Pipeworks Software
प्रकाशकयुबिसफ्ट
योजनाकारकेभिन गुइलिमेट
लेखककोरी मे, Dooma Wendschuh
सङ्गीतकारStuart Chatwood[*]
शृङ्खलाप्रिन्स अफ पर्शिया
संयन्त्रजड
मञ्चPlayStation 2, GameCube, Xbox, Microsoft Windows, PlayStation 3, iOS, PlayStation Portable
प्रकाशन मिति३० नवम्बर २००४
वर्गएक्सन-एड्वेनचर, प्लेटफर्म
प्रकारसिङ्गल-प्लेयर

वारियर विदिन पछी, स्यान्ड अफ टाइमको कथालाई विस्तार गर्दै यसको दोश्रो भाग र यस भन्दा अघिको कथाको भाग प्रिन्स अफ पर्सिया: द टू थ्रोन्स १ डिसेम्बर २००५ मा र प्रिन्स अफ पर्सिया: द फर्गटन स्यान्ड १८ मे २०१० मा सार्वजनिक गरियो।

कथा सम्पादन गर्नुहोस्

प्रिन्स अफ पर्सिया: द स्यान्ड अफ टाइमको घटना भएको सात वर्ष पछि, प्रिन्सले आफूलाई ढाका भनिने एक रहस्यमय जीव सधैं लखेटी रहेको पाउँछन्। प्रिन्सले एक बुढा जान्ने मानिससँग सल्लाह गर्छन्। बुढा मानिसले "जसले स्यान्ड अफ टाइमलाई मुक्त गर्छ ऊ मर्नु पर्छ" भन्ने कुरा बताउँछन्। प्रिन्स आफ्नो नियति (फेट; अङ्ग्रेजी: fate) बाट उम्केको हुनाले अहिलेको समयकालबाट प्रिन्सलाई हटाउनको लागि प्रिन्सलाई मार्नु ढाकाको जिम्मेवारी हो किनभने ढाका समयकालको रक्षक हो। ती बुज्रुक मानिसले आइल्यान्ड अफ टाइम (शाब्दिक अर्थ: समयको टापु)को बारेमा पनि बताउँछन् जहाँ इम्प्रेस अफ टाइम (शाब्दिक अर्थ: समयको साम्राज्ञी)ले पहिलो पटक स्यान्ड बनाएको थियो। प्रिन्सले स्यान्ड बन्नबाट रोक्नको लागि टापुमा जाने यात्रा तय गर्छन्। यसो गर्दा ढाका शान्त हुने विश्वास उनको हुन्छ। समुद्रमा दुश्मन सेनासँग उनको लडाइँ हुन्छ, जसको नेतृत्व कालो कपडा लगाएको एउटा रहस्यमय महिला जनरलले गरेको हुन्छ। लडाइँमा प्रिन्सको डुङ्गा पल्टिन्छ। प्रिन्स बेहोस हुन्छ र होसमा आउँदा आइल्यान्ड अफ टाइमको किनारामा आफूलाई पाउँछ।

ऊ पछि ब्युझे पछि महिला जनरललाई पच्छ्याउदै इम्प्रेस अफ टाइम (साम्राज्ञी)को किल्लाको टाइम पोर्टलमा पुग्छ जहाँबाट दुवै जना विगतमा पुग्छन्। प्रिन्सले महिला जनरल, जसको नाम शाहदी हुन्छ, बाट अर्को महिला काइलिनालाई बचाउँछ। प्रिन्सले काइलिनालाई इम्प्रेससँग भेटाउनको लागि भन्छन्। उसले इम्प्रेस अहिले स्यान्ड बनाउन व्यस्त रहेको कुरा भन्छिन्। काइलिनाले प्रिन्सलाई इम्प्रेस बस्ने सिंहासन कोठामा जाने ढोका खोल्न सकिने तरिकाको बारेमा बताउँछिन्। प्रिन्सले किल्लाको बाटो हुँदै, स्यान्ड पोर्टलको माध्यमले अगाडि पछाडी, भूत र बर्तमान, र कयौं पटक ढाका सँग बालबाल बच्दै, ढाका पानीबाट पार हुन नसक्ने कुरा थाह पाउँछ। प्रिन्सले किल्लाको दुई टावर:गार्डेन टावर र मेकानिकल टावरको संयन्त्र एक्टिभेट गर्छ, जसले ढोकाको तालाको काम गरेको हुन्छ। काइलिनासँग ऊ पनि सिंहासन कक्षमा जान्छ। उसले काइलिनालाई इम्प्रेस र स्यान्ड अफ टाइम कहाँ छ भनेर सोध्छ। त्यहाँ काइलिना नै इम्प्रेस अफ टाइम (समयको साम्राज्ञी) भएको कुरा थाहा पाउँछ। काइलिनाले प्रिन्सलाई "समयकालमा प्रिन्सले नै आफूलाई मार्ने देखेको हुन्छ र प्रिन्सलाई भूतकालमा ल्याएर प्रिन्सलाई मारेर उसले पनि प्रिन्सले जस्तै आफ्नो नियति उल्टाउने प्रयास गर्छिन्। प्रिन्स र इम्प्रेस बीच लडाइँ हुन्छ, जसमा प्रिन्स विजयी हुन्छ। प्रिन्सले काइलिनालाई मार्छ र वर्तमानमा फर्कन्छ।

बर्तमानमा प्रिन्सले "अब इम्प्रेस नै मरेपछि आवर ग्लास बन्दैन र आफ्नो नियति/ भाग्य परिवर्तन भयो। अब ढाकाले उसलाई मार्दैन" भनेर विचार गरिरहेको हुन्छ। तर ढाकाले आएर फेरि प्रिन्सलाई लखेट्न सुरु गर्छ। ढाकासँग भाग्दै प्रिन्स एउटा च्याम्बरमा पुग्छ। त्यहाँ प्रिन्सले काइलिनाको शरिरबाट नै आवर ग्लासस्यान्ड बनेको कुरा थाहा पाउँछ। आफ्नो नियति बदल्न सकिदैन भनेर प्रिन्स निराश हुन्छ। मानसिक रुपमा थाकेको प्रिन्स अब हरेस खाइसकेको हुन्छ र उसले ढाकाको अगाडि हार मान्ने निश्चय गर्छ।

तब प्रिन्सको नजर एउटा लेखमा पर्छ। त्यो लेख अनुसार महाराजाको एउटा सैनिकले माक्स अफ वरेथ लगाएर दोस्रो मौका पाउँछ। र प्रिन्स पनि अब माक्स अफ वरेथको खोजीमा लाग्छ। अन्ततः प्रिन्सले माक्स भेट्टाउछ र माक्स लगाउँदा प्रिन्स "स्यान्ड वरेथ" (एक किसिमको प्राणी)मा बदलिन्छ। र त्यो समयमा पुग्छ जब ऊ पहिलो पटक यो "आइल्यान्ड अफ टाइम" टापुमा आएको थियो। उनले काइलिनालाई बर्तमानमा ल्याएर मार्ने योजना बनाउंछ। यसो गर्दा स्यान्ड अफ टाइमको उत्त्पति स्यान्ड अफ टाइमको घटना भन्दा सात वर्ष पछि हुन्छ। यसको मतलब प्रिन्सले स्यान्ड आजाद गर्नु ( मुक्त गर्नु ) असम्भव थियो। विगतमा रहेका प्रिन्स (स्यान्ड वरेथको रुपमा) लाई ढाकाले लखेट्छ। ढाकाले सिंहासन कक्षमा जाने द्वार अनलक गर्ने प्रिन्सको अर्को रुपमा नष्ट गर्छ। र त्यो समयकालमा प्रिन्स (स्यान्ड वरेथको रुपमा) मात्र बाँकी हुन्छ। ढाकाले प्रिन्सलाई नष्ट गरेपछि स्तान्ड वरेथको माक्स निस्कन्छ र ऊ सामान्य रुपमा अवस्थामा फर्किन्छ। प्रिन्स सिंहासन कक्षमा जान्छ र त्यहाँ काइलिनालाई वतमानमा ल्याउँछ। र अवस्थामा यो गेमको दुई परस्पर अन्त्य छ। सबै लाइफ अपग्रेड लिएर वाटर स्वर्ड (शाब्दिक अर्थ: पानी तरबार) भनिने विषेश हतियार पाएको छ वा छैन त्यो अनुसार अन्त्य भर पर्छ।

पहिलो अन्त्य, वाटर सोर्ड बिना सम्पादन गर्नुहोस्

वर्तमानमा प्रिन्स र काइलिनाको लडाइँ पर्छ र प्रिन्सले काइलिनालाई मार्छ। ढाका आउँछ र यस समयकाल सँग सम्बन्धित नभएको काइलिनाको शरीर लैजान्छ। र प्रिन्सबाट फराहको बुटी निस्कन्छ। यसबाट स्यान्ड अफ टाइम र यसका सबै स्मरण चिन्हहरू समयकालबाट मेटिन्छन्। प्रिन्स जहाजमा बेबिलोन घर फर्कन्छ, त्यहाँ पुग्दा उनको सहर लडाइँमा जलिरहेको देख्छ। सुरुका वुज्रुक विद्वान मानिसको आवाज सुनिन्छ:

Your journey will not end well. You cannot change your fate. No man can.
अर्थात् : तिम्रो यात्रा राम्रो सँग सकिदैन। तिमीले आफ्नो नियति बदल्न सक्दैनौ। कोहि मान्छेले सक्दैन।

त्यसपछि प्रिन्सले कराउँछ, "यो मैले के गरे?"

दोस्रो अन्त्य, वाटर सोर्ड सहित सम्पादन गर्नुहोस्

बर्तमानमा, प्रिन्स र काइलिनाको लडाइँ पर्नु अगाडि, ढाका देखा पर्छ र यस समयकाल सँग सम्बन्ध नराख्ने काइलिनालाई हटाउने प्रयास गर्छ। प्रिन्स काइलिनालाई बचाउन अघि बढ्छ र अजेय ढाकालाई वाटर सोर्डले क्षति पुर्याउन सकिने कुरा थाहा पाउछ। ढाकालाई हराएपछि , प्रिन्स र काइलिना सँगै प्रिन्सको घर बेबिलोन फर्कन्छन्। यात्राको क्रममा, प्रिन्सले सपनामा बेबिलोन जलिरहेको देख्छ। र उनको सुनको मुकुट गुल्टिदै एक अपरिचितको खुट्टामा पुग्छ। आवाज सुनिन्छ:" सबै तिम्रो अब मेरो हो... र मेरो हुन्छ।" पहिलो अन्त्य जस्तै वृद्ध बुजुर्क मानिसको आवाज सुनिन्छ, "तिम्रो यात्रा राम्रो सँग सकिदैन। तिमीले आफ्नो नियती बदल्न सक्दैनौ। कोही मानिसले सक्दैन।" यो अन्त्यपछि सिधै प्रिन्स अफ पर्सिया:द टु थ्रोन्स को कथा सुरु हुन्छ।

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सम्पादन गर्नुहोस्