प्रिन्स अफ पर्सिया:द स्यान्ड अफ टाइम

प्रिन्स अफ पर्सिया:द स्यान्ड अफ टाइम ( Prince of Persia: The Sands of Time ) युबिसफ्टद्वारा प्रकाशित गरिएको थ्रीडी जेनेसन एक्शन रोमान्चक भिडियो गेम हो। यो सन् २००३ नोभेम्बर २१ मा सार्वजनिक गरिएको थियो र यो सन् १९८९ मा जोर्डन म्याकनरद्वारा बनाइएको प्रिन्स अफ पर्सिया भिडियो गेमको रिबुट हो ।।

प्रिन्स अफ पर्सिया:द स्यान्ड अफ टाइम युबिसफ्ट मटेरियलद्वारा सिर्जना गरिएको गेम हो र पुरानो श्रृखलाको पक्षलाई कायम गर्दै यसमा थ्रीडी जेनेरेसनमा स्तारीकृत गरिएको छ। स्यान्ड्स अफ टाइम लाई यसको दृश्य डिजाइन, राम्रो खेल प्रविधि, र उत्कृष्ट कथाको लागि प्रशंसा गरियो, र यसले धेरै पुरस्कारहरू जित्यो। यो उत्कृष्ट १०० खेलहरूको सूचीमा पनि प्रवेश गर्न सफल भयो। यसको बिक्री सुरुमा केहि सुस्त थियो, तर अन्तमा यो व्यापारिक सफता हात पार्यो। यसको सफलता पछी यसको अर्को भाग प्रिन्स अफ पर्सिया: वारियर विदिनको बिकास गरियो जुन २००४ नोबेम्बरमा सार्वजनिक गरिएको थियो।