Archive 2008 | Archive 2009 | Archive 2010

राजेश सर, मैले नेपाली विकिपीडिया भर्खर चलाउन थालेको हूँ। यसबापत मैले सकेसम्म समय दिएर यस विकिलाई बिस्तार गर्ने कोशिस गरेको छु र सोहि क्रममा धेरै अर्ध लिखित लेख, विकिपीडियामा सामेल गर्ने स्तरमा नपुगेका र अर्थहीन लेखहरू भेट्टाएँ। सबै बिस्तार गर्न त मेरो जानकारीले नभ्याउँने हुँदा, केहि Template जस्तै notability आदि प्रयोग गर्न खोजेको थिएँ तर यहाँ सबै बनाइएको रहेनछ। बनाइए तापनि अन्तिम पटक कोहि admin ले यहाँ परिवर्तन गरेको २००८ मा रहेछ, जसकारण धेरै लेखहरू समय अनुसार बदल्नुपर्ने भएको छ। बिस्तार गर्ने काम मैले गर्न खोजिरहेको छु तर कोहि admin वा यस विकिमा पोख्त व्यक्तिको सहयोगबिना यो काम सम्भव छैन। म नेपाली विकि बिस्तार गर्न पूर्णरूपले क्रियाशील हुनेछु, मद्दत चाहिएमा तपाईंको सहयोग पाउनेछु भन्ने आशा राख्दछु। कुनै लेखमा ध्यानदिनुपरेमा कृपया भन्नुहोला। --प्रयास ००:०७, ५ मे २००९ (UTC)

राजेश सर,
अलिअलि गर्दै म नेपाली विकिसँग परिचित हुने कोसिस गर्दै छु। यसैक्रममा कुनै कुराहरूमा अल्झेको छु, तिनीहरूको तल बुँदा बनाएको छु सहयोग गर्नुहोला:
  • Disambiguation: स्पष्टता; सहि हिज्जे चाहिँ यो रहेछ। कुनै पनि अस्पष्टता हटाउने पृष्ठलाई के नाम दिए ठीक होला? उदाहरणका लागि सगरमाथा धेरै ठाउँमा प्रयोग हुन्छ, यसको अस्पष्टता हटाउने पृष्ठ सगरमाथा (स्पष्टता) राख्दा ठीक होला? अङ्ग्रेजी विकिमा Everest (disambiguation) भएझैँ धेरै कुरा जनाउने शीर्षकको यस्तो पृष्ठ बनाउँदा कसो होला? मैले त्यहि अन्तर्गत Template:Redirect बनाउन खोजेको थिएँ तर यहि disambiguation को लागि सबैजना सहमत हुने शब्द खोजिरहेको थिएँ। (यो कुरा समाजिक पोर्टलमा पनि लेखेको थिएँ)
  • नेपालको मुख्य लेखमा infobox मा झण्डा र Currency मात्र आउँदो रहेछ, यो मेरो ब्राउजरको (म फायरफक्स् चलाउँछु) कारणले गर्दा हो की सबैमा यस्तै हो थाहा भएन। यदि हो भने नेपालको बारेमा सबै तथ्य देखापरे ठीक हुन्थ्यो होला।
  • विकिपीडिया सँग सम्बन्धित लेखहरूको अगाडी Prefix Wikipedia राख्दा ठीक की विकिपीडिया राख्दा ठीक? उदाहरणका लागि Wikipedia:रेफरेन्स डेस्क राख्दा ठीक की विकिपीडिया:रेफरेन्स डेस्क राख्दा ठीकहोला? अहिले भएअनुसार कुनै लेखमा अङ्ग्रेजी प्रयोग भएको छ भने कुनैमा नेपाली, यस्ता पृष्ठमा समानता ल्याउन पाए राम्रो हुनेथियो होला। यसो हो भने पुराना पृष्ठलाई move गर्नुपर्ला।
  • 202.79.40.132 IP भएको user बाट धेरै परिवर्तन भइरहेको हुन्छ, यो एउटा bot हो की user नै हो थाहा भएन, मैले सो IP को वार्तालाप पृष्ठमा लेखेको छु, रेजिष्टर गरे ठीक हुन्थ्यो भनेर। गलत परिवर्तन त भएको छैन तर vandalism track गर्न सजिलो होस भनेर मात्र हो। सो IP लाई notify गर्नु ठीक होला होइन सर?
सहयोगका लागि धन्यबाद राजेश सर, मेरो तर्फबाट नेपाली विकिमा निरन्तर सहयोग दिइराख्‍नेछु।
--प्रयास १७:३३, ८ मे २००९ (UTC)

विकिपिडियाको 10औं वार्षिकोत्सव सम्पादन गर्नुहोस्

संसार भरी विकिपिडियाको 10औं वार्षिकोत्सव मनाउने तयारी भैरहेको छ । नेपालमा पनि केही गर्ने केही हुँदै छ कि ? http://ten.wikipedia.org/wiki/Main_Page

"RajeshPandey/Archive 2009"को प्रयोगकर्ता पृष्ठमा फर्कनुहोस्।