विकिपिडियामा स्वागत छ! सम्पादन गर्नुहोस्

नमस्ते, {{subst:BASEPAGENAME}}ज्यू
हालसम्म नेपाली विकिपिडियामा {{subst:NUMBEROFARTICLES}} लेखहरू छन्। यसलाई बढाउन तपाईंको योगदानको आवश्यकता रहेको छ। आउनुहोस् तपाईं हामी सबै मिलेर नेपाली विकिपिडियालाई विश्वका अन्य प्रमुख भाषाका विकिपिडिया जत्ति कै धनी बनाऔँ। विकिपिडियाले कुनै पनि व्यक्तिलाई सम्पादन गर्ने अधिकार दिन्छ। मलाई आशा छ कि तपाईंले यहाँ मन पराउनुहुन्छ र योगदान गर्ने निर्णय गर्नुहुन्छ।

  सुरुवात

  सुझावहरू
  • कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि हस्ताक्षर गर्नुहोला। यसो गर्नाले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्ठसूत्र र मिति थपिने छ।
  • यदि तपाईंलाई विकिपिडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{मद्दत}} राख्नु होला। हाम्रा प्रयोगकर्ताहरूले तपाईंको समस्याको समाधान बताउने छन्।
  • नयाँ पृष्ठहरू सम्पादन गर्दा वा सिर्जना गर्दा, सन्दर्भहरू थप्दा वा मेटाउँदा गल्ती गर्न डराउनु पर्दैन किनकि गल्ती जो कोहीबाट हुन् सक्छ।

स्वागतम्, हामी नेपाली विकिपिडियामा तपाईंको सम्पादनको लागि पर्खिरहेका छौं!--Ganesh Paudel ०७:१५, १८ नोभेम्बर २०१० (UTC)

दुनिया को सबै भन्दा ठूलो इन्टरनेट कम्पनी गूगलले विज्ञापन कमाईको रहस्य खोलेको छ। भारतीय मूलका गूगलको अधिकारीले आफ्नो ब्लगमा लेखेका छन कि कम्पनीले कसरी राजस्व संकलन गर्छ। गूगलबाट लामो समयदेखि यो पारदर्शिताको अपेक्षा गरिएको थियो।

गूगल ले यसको खुलासा गर्दै बताएको छ कि विज्ञापनबाट उसको कमाईको आधा भन्दा बढि हिस्सा त्यस वेबसाइट्समा जान्छ, जसमा गुगलको विज्ञापन प्रकाशित हुने गर्छ। गूगल आफ्नो सहायक कम्पनी ऐडसेन्सको माध्यमबाट इन्टरनेटमा विज्ञापन पोस्ट गर्छ।

कम्पनीको उत्पादन व्यवस्थापनको वाइस प्रेसीडेन्ट भारतीय मूलका नील मोहनले आफ्नो ब्लॉगमा विज्ञापनबाट हुने कमाईका बेहोरा प्रकाशित गरेको छ र लेखेको छ कि कति पैसा कसले पाउँछ। मोहनले लेखेका छन् कि गूगल मुख्य रुपमा दुई प्रकारको विज्ञापन दिन्छ र दुबैको जिम्मा ऐडसेन्ससँग छ। एक कन्टेन्टको लागि ऐडसेन्स र दोस्रो सर्चको लागि ऐडसेन्स।

कुनै इन्टरनेट साइटमा अनलाइन आर्टिकलको साथमा गूगलको विज्ञापन हुन्छ, त्यो कन्टेन्ट ऐडसेन्सको टूल हुन्छ, जसलाई इन्टरनेट यूजर्स 'ऐड्स बाई गूगल' को नामले चिन्ने गरिन्छ। दोस्रो अलग-अलग वेबसाइटमा गूगल सर्चको विकल्प हुन्छ, जसलाई सर्च वाला ऐडसेन्सको टूलबाट नियन्त्रित गर्ने गरिन्छ। गूगलले भनेको छ कि उसले आफ्नो काम काजमा धेरै पारदर्शिता ल्याउनको लागि आफ्नो कमाईको मन्त्र बताउँदै छ।

नील मोहनले बताएका छन् कि जो वेबसाइट कन्टेन्टको साथ गूगलको विज्ञापन लगाउँछ, उसलाई राजस्वको 68 प्रतिशत हिस्सा दिने गरिन्छ, जबकि सर्च प्रोग्राम लगाउने वेबसाइटलाई 51 प्रतिशत। सबै हिसाब-किताब यहि कुराबाट लगाइन्छ कि त्यस वेबसाइटको माध्यमबाट कति मानिसले गूगलमा केही सर्च गरेका छन्। यो एक सामान्य दर हो, तर बढि इन्टरनेट कम्पनी आफ्नो स्तरमा गूगलसँग सम्झौता गर्छन।

गूगलले अहिलेसम्म विज्ञापनबाट हुने राजस्वको रहस्य खोलेको थिएन र इन्टरनेट बजारमा यस कुराको चर्चा थियो कि कही गूगल विज्ञापनको कमाईलाई घटाई त रहेको छैन। तर ऐडसेन्सको ब्लगले यस कुरालाई स्पष्ट गरिदिएको छ कि राजस्वको भागमा कुनै किसिमको परिवर्तन गरिएको छैन। मोहनले लेखेका छन कि कन्टेन्ट ऐडसेन्सको शुरुआत 2003 मा भएको थियो र त्यसबेला देखि कुनै परिवर्तन गरिएको छैन। सर्चको ऐडसेन्स 2005 मा एक पटक परिवर्तन गरिएको थियो तर त्यो बेला वेबसाइटको भाग बढाइएको थियो।

हालाँकि गूगलले स्पष्ट भनेको छ कि यसको मतलब यो होइन कि भविष्यमा यो साझेदारीलाई बदल्न सकिँदैन। तर मोहनले यो पनि लेखेका छन् कि हालै गूगलको यस सम्बन्धी कुनै योजना भने छैन।

उनले ब्लगमा लेखेका छन्, ‘हाम्रो यो विश्वास छ कि हाम्रो यो पारदर्शिताले तपाइँलाई गूगलसँग कारोबार गर्न अझ सुविधा पुग्ने छ। हामीले बुझेका छौ कि हाम्रो राजस्वको साझेदारी ज्यादै नै प्रतियोगात्मक छ र जो मानिस विज्ञापन दिइ रहेका छन्, वहाँहरूलाई हर क्लिकको साथ ज्यादा आम्दानी हुन्छ।'

गूगल मोबाइल, गेम्स र समाचारको लागि पनि विज्ञापन दिने गर्छ, तर ब्लगमा यसको जानकारी दिइएको छैन। मोहनले लेखेका छन् कि यस ब्लगमा यस किसिमको जानकारी दिई राखनेछ। मानिसहरूले जुन किसिमको टिप्पणी लेखेका छन्, त्यसको हिसाबले उनीहरूले गूगलको यो पारदर्शिताको कदमलाई स्वागत गरेका छन्।

डि.एन.ए. कम्प्युटर सम्पादन गर्नुहोस्

तपाईहरु यो लेख पढेर पनि विश्वास गर्नु हुनेछैन, कि वैज्ञानिकहरुले एउटा यस्तो वस्तु पत्ता लगाएका छन् जसको प्रयोग आउने पुस्ताको माइक्रो प्रोसेसरमा गरिने छ। त्यो हो, डि.एन.ए. (Deoxyribonucleic acid) जसमा अहिलेका सिलिकन कम्प्युटरमाभन्दा लाखौं गुणा छिटो काम गर्ने शक्ति हुन्छ। कम्प्युटर र चिप्समा डि.एन.ए. को प्रयोगले एउटा नयाँ कम्प्युटर युगको थालनी हुन्छ। जसलाई बायोचिप्स नामाकरण गरिएको छ। डि.एन.ए. मोलिक्यूल्सहरु असजिला गणितिय समस्याहरु समाधान गर्न प्रयोगमा ळ्याइसकिएको छ। वैज्ञानिकहरु न्यानो कम्प्युटरको निर्माणको लागि जीन प्रयोग गरिरहेका छन्, जसले आउने शताब्दीमा सिलिकन कम्प्युटरको ठाउँ लिने विश्वास लिइएको छ। हाल डि.एन.ए. कम्प्युटर तपाईको इलेक्ट्रोनिक स्टोरमा पाइँदैन। यो प्रविधि हाल विकासको क्रममा रहेको छ। इ.सं. १९९४ मा लियोनार्ड एडलम्यानले यसको परिचय गराएका थिए। एडलम्यान साउथन विश्वविधालयका कम्प्युटर वैज्ञानिक हुन्। “मोलिक्यूलर वायोलोजी अफ द जीन” पुस्तकको अध्ययनबाट डि.एन.ए. मा गणितीय समस्या हल गर्न सक्ने कुरा पत्ता लगाएका हुन्। एडलम्यान नै डि.एन.ए. कम्प्युटरका प्रतिपादक हुन्। उनको इ.सं. १९९४ मा प्रकाशित लेख मार्फत डि.एन.ए. कम्प्युटरले कसरी गणितीय समस्या हल गर्न सकिन्छ भन्ने कुरा प्रमाणित गरेका थिए। डि.एन.ए. कम्प्युटर सिलिकन कम्प्युटरभन्दा स्पिडमा लाखौं गुणा अगाडि छ। डि.एन.ए. कम्प्युटरको प्रमुख लक्ष्य भनेको यसलाई बिना मान्छे चलाउने कुराको विकास गर्नु हो। एडलम्यानको तीन वर्षसम्मको अनुभवपश्चात रोचेष्टर विश्वविधालयका रिसर्चहरुद्वारा डि.एन.ए. लजिक गेट्सको विकास गरे। लजिक गेट्सको विकास गरे। लजिक गेट्सहरु कम्प्युटरका प्रमुख अंग मानिन्छन्। जसले हामीले पास गरेका प्रकार्यहरु निश्चित ठाउँमा पुर्याउने काम गर्दछ। गेट्सहरुले नै बाइनरी कोडलाई सिग्नलमा परिवर्तन गर्ने गर्दछ। रोचेष्टर विश्वविधालयको टिमले डि.एन.ए. लजिक गेट्सहरु नै डि.एन.ए. कम्प्युटर निमार्णतर्फको पहिलो पाइला हो। डि.एन.ए. गेट्सहरु डि.एन.ए. कोडमा भर पर्दछ। लजिकल अपरेशनको लागि डि.एन.ए. कोडको प्रयोग गरिएको छ। डि.एन.ए. कम्प्युटरका कम्पोनेन्टहरु लजिक गेट्स र वायो चिप्स हुन्। पूर्ण रूपमा काम गर्ने डि.एन.ए. कम्प्युटर निर्माण गर्न अझ वर्षौ लाग्ने अनुमान गरिएको छ। हाल सञ्चालित कम्प्युटरहरु वैज्ञानिक मुरीको सिद्धान्तको आधारमा निर्माण गरिएका हुन्छन्। डि.एन.ए. कम्प्युटरका धेरै नै फाइदाहरु छन्। जस मध्ये केहि यस प्रकार छन्:  ड डि.एन.ए. कम्प्युटर सिलिकन कम्प्युटरभन्दा सानो हुन्छ।  डि.एन.ए. को प्रयोगले कम्प्युटरको क्रय मुल्य सस्तो हुन्छ।  डि.एन.ए. कम्प्युटरले लाखौं लाख गुणा छिटो र धेरै लगत भण्डारण गर्न सक्छ।  एक पाउण्ड डि.एन.ए. ले अहिलेसम्मै निर्माण गरिएका सिलिकन कम्प्युटरकोभन्दा धेरै लगत भन्डारण गर्ने क्षमता हुन्छ।  एक थोपा डि.एन.ए. प्रयोग गरेर निर्माण गरिएको कम्प्युटरको क्षमता सुपर कम्प्युटरकोभन्दा बढि हुन्छ।  १० ट्रिलियनभन्दा धेरै डि.एन.ए. मात्र १ कुविक सेन्टिमिटरमा फिट हुन्छ भने यसले १० टेरा बाइट्ससम्मको लगत होल्ड गर्न सक्छ। पहिलो डि.एन.ए. कम्प्युटरमा वर्ड प्रोसेसिङ्, ई-मेल र सोलिटायर समावेश गरिने भएको छ। डि.एन.ए. को निरन्तर सोधखोज र अध्ययनबाट सबैभन्दा जटिल कम्प्युटर मानव दिमाग बुझ्न सकिने विश्वास गरिएको छ।

डिजिटल उत्पादनको प्रयोगबाट बदलिदैं गरेको जीवनशैली सम्पादन गर्नुहोस्

हिजोसम्म सानो तिनो कुराहरुको लागि पनि कागजमा लिखित लेखा-जोखा र मानवीय परिश्रममा ज्यादा आधारित रहेको नेपाली जीवन शैलीमा डिजिटल उत्पादनको प्रयोगले अनेक परिवर्तन ल्याएको छ। ठूला र साना शहरका बासिन्दाको लागि सूचना प्रविधिको थोरै-धेरै मात्रामा उपलब्ध छ, तर गाउँहरुको स्थिति दयनीय थियो। अब डिजिटल उत्पादनको उपलब्धता र प्रयोगको सम्बन्धमा गाउँ र शहरको बीचको अन्तर लुप्त भयो र समाजको सबै वर्गको जनताको लागि आधुनिक कम्प्युटर प्रविधिको उपलब्धताको कारणले, सबै वर्गको जनताको, विभिन्न क्षेत्रमा, एक साथ प्रगति देखिरहेको छ। यससँग सम्बन्धित सबै विषयमा दृश्टि गर्नेछौं।

चित्रहरुमा सृजनात्मकता... पुरानो जमानामा फोटोग्राफरीको दयनीय स्थिति थियो। आफ्नो मैनुअल क्यामेरामा रील भर्ने, विकसित गर्नको लागि उसको नजिकको शहरमा पठाउने, यदि त्यो ठीक नभएमा दुखी हुने, यस्तो कति दु:ख भोग्नु पर्यो । डिजिटल क्यामेराको आगमनले अब परिस्थितिमा सम्पूर्ण परिवर्तन आएको छ । डिजिटल क्यामेराको लागि रीलको आवश्यकता छैन। खिचिएको तस्वीर ठीक-ठाक छ या छैन, त्यसलाई त्यहि समयमा हेर्ने सुविधा उपलब्ध भएको छ । क्यामेरामा प्रकाशको समायोजन गर्न सकिन्छ। तस्वीरहरुको लागि सुन्दर पृष्टभूमी पनि क्यामेरामा उपलब्ध हुन्छ। तस्वीरहरुलाई डिजिटल क्यामेरा अथवा क्यामेराको सुविधा युक्त मोबाइल फोनबाट कम्प्युटरमा डाउनलोड गरेर त्यसलाई अझै सृजनात्मक ढंगबाट उपलब्ध गराउन सकिन्छ। विशेषतः माइक्रोसफ्ट संस्थाको विन्डोज एक्सपी, विन्डोज भिष्टाको सञ्चालन व्यवस्थामा फोटोग्राफीको लागि अत्यन्त उपयुक्त डिजिटल इमेजिङ्को सुविधा छ, जसबाट तस्विरहरुको अपेक्षाकृत शीघ्र र सुन्टर रूपमा प्राप्त गर्ने को साथ-साथै, जहाँ मन छ त्यहाँ ई-मेलद्‌वारा पठाउन सकिन्छ। तत्काल यसको मुद्रण गर्न पनि सकिन्छ। किनकि यसको प्रयोग गर्न सजिलो छ। प्रख्यात समाचार संस्थाहरुको गाउँ स्तरमा काम गर्न फोटोग्राफरको लागि यो अत्यन्त सुविधाजनक छ।

समाचार संग्रहण... नयाँ समाचार संग्रहित गरेर, आफ्नो श्रोताहरुको र दर्शकहरुको नयाँ-नयाँ अनुभूतिहरु प्रदान गर्न मा आपसी प्रतिस्पर्धामा तल्लीन भएर टि.भी. च्यानल र एफ.एम. रेडियो संस्थाहरु ठूलो सख्यामा काम रहेको छ। युवा पीढी समेत र सबै वर्गहरुलाई आकर्षित गरेको यस सूचना क्रान्तिको प्रारम्भ मीडिया संस्थाहरुको सूचना संग्रहण कर्मचारीहरुले गरे, जसको हाथमा, जेबमा अट्ने खालको भ्वाइस रिकर्डर, भिडियो रिकार्डिङ् सुविधा-युक्त डिजिटल क्यामेरा अति उपयोगी छ। कहीं दूरस्थ क्षेत्रमा हुने गरेको धटनाहरुको भ्वाइस रिकर्डर र डिजिटल क्यामेराको सहायताबाट पत्रकार द्रुत गतिमा आफ्नो केन्द्रमा पुर्याइरहेका छन्। शीघ्रताको साथ-साथै गुणमा पनि डिजिटल उत्पादनको महत्वपूर्ण भूमिका छ। समय-समयमा बजारमा विमोचित हुने डिजिटल उत्पादनको अनुरूप माइक्रोसफ्ट जस्तो अग्रश्रेणीको सफ्टवेयर संस्था आफ्नो संचालन व्यवस्था र अन्य सफ्टवेयर उत्पादन लाई सुधार गरेर डिजिटल कम्प्युटिङ्लाई बढावा दिई रहेका छन।

नवीन अनुभूति दिने पेन-ड्राइव... पेन-ड्राइभको विभिन्न प्रकारको उपयोगको बारेमा जान्दा आश्चर्य हुन सक्छ। करीब पाँच सय रुपैयाको दरमा उपलब्ध हुने पेन-ड्राइवमा दरको अनुसार अनेक सुविधा हुन्छ। एमपी4 प्लेयर, केहि घण्टासम्मको भ्वाइस रेकर्डिंङ्, फाइलहरुलाई बचाएर राख्नको लागि पर्याप्त खाली ठाउँ... अनेक सुविधाहरु अंगुठा-मात्रको परिमाणको पेन-ड्राइवमा उपलब्ध भएको कारणले केहि सेकेण्ड या मिनटमै सूचना-संग्रहण तथा त्यसबाट पठाउने प्रक्रिया सम्पन्न हुन्छ । आजको युवा-पीढोको फैशनको जीवनशैली प्रतीक भएको छ पेन-ड्राइभ। भर्खर-भर्खर यो सुविधा साना शहरमा र गाउँहरुमा पनि उपलब्ध हुन थालेको छ।

डिजिटल उत्पादनको प्रयोगको सम्बन्धमा विनिर्माताहरुले अनलाइन प्रशिक्षणको सुविधा उपलब्ध गराउने साथ-साथै त्यससँग सम्बन्धित विषयमा क्षेत्रीय भाषाहरुमा दिने प्रबन्ध मिलाउने काम गरिरहेका छन्, जसलाई हामी उत्साहवर्धक मान्न सकिन्छ।

माइक्रोसफ्ट अफिस २०१० का विशेषताहरू सम्पादन गर्नुहोस्

 सुधारिएको चित्र ढाँचा पट्टिहरू, जस्तै रङ्ग स्याचुरेशन र कलात्मक असरहरू, साथै विभिन्न प्रकारका नयाँ मिलाउन सकिने थेम्स र स्मार्ट चित्र® ग्राफिक्स नमुनाहरू।  वोड 2010, पावरप्वाँइन्ट 2010, एक्सेल वेब याप्स र वाननोट 2010 साझा नोटबुकहारू मा को-अथोरिङ्को सेवा।  तपाइँको अफिस 2010 को अनुभव वेब सम्म गर्न पाइने सुविधा।  माइक्रोसफ्ट अफिस ग्रोभ (Microsoft Office Groove) जसले तपाइँको सबै कुराहरू शेयर प्याँइन्ट सर्भरबाट समक्रमण गरि तपाइँ समक्ष राख्न सक्ने छ जब फेरी तपाइँ पछि अनलाइन आउनुहुनेछ।  नयाँ स्पार्कलाईन सुविधाले सफा र कम्प्याक्ट भिजुअल डाटाहरू तपाइँको वोर्कसिटमा भएका साना चाटहरू सेलहरूमा प्रर्दान गर्दछ।  पावरप्वाँइन्ट 2010 मा भिडियो सम्पादन र समावेशसित गर्न सकिने।  ट्रिर्म, फेड थप्ने र असरहरूका साथै पृष्ठ चिन्ह कुञ्जी अनुरूपहरू।  ट्रयाकिङ्, व्यवस्थापन र साझा शब्दका लागि डिजिटल नोटबुक र साथै श्रव्य र दृश्य फाइल का साथमा ओननोट 2010  माइक्रोसफ्ट अफिस ब्याकइस्टेज (Microsoft Office Backstage™)दृश्यले तपाइँको पुरानो फाइल मेनु लाई विस्थापित गरिएको।  नयाँ सुविधाहरू जस्तै पेज भर्सन ट्रयाकिङ्ग, सोत हाईलाइटिङ्ग र लिङ्क नोटहरूले तपाइँको सूचनाहरूमा अझ धेरै कन्ट्रोल राख्दछ।  साथै माइक्रोसफ्ट स्किन् स्न्यापर सेवा उपलब्धता।

अफीस 365 - माइक्रोसफ्टले आफ्नो कार्यालय उत्पादकता सुइटको अनलाइन संस्करणको शुभारम्भ गर्यो। यो क्लाउडमा आधारित हुनेछ:

माइक्रोसफ्ट अफीस

शेयर पोइन्ट अनलाइन एक्सचेन्ज अनलाइन लिङ्क (Lync) अनलाइन वर्तमानमा अफीस 365, 13 देश र संसार भरिको क्षेत्रहरूमा एक बीटा संस्करणको रूपमा सुरु गरिएको छ। पूर्ण संस्करण आगामी वर्ष निर्धारित गरिनेछ| अफीस 365 बादल (क्लाउड) आधारित मानिसहरूको लागि चुस्त रूपमा मद्दत मिल्नेछ किनकी यो सबैभन्दा आधुनिक ब्राउजरहरू, स्मार्ट फोन र डेस्कटप आधारित अनुप्रयोगहरूको साथ काम गर्न सक्छ। एक सानो व्यवसायको रूपमा, यो विश्व स्तरीय उद्यम उत्पादकता सुइट पाउनको लागि कम मूल्यमा आफ्नो व्यापारलाई प्रवर्द्धन गर्छ, जहाँ कि ठूला उद्यमले गर्नु पर्ने कुल लागतलाई कम गरेर लाभ उठाउन सक्छन्। साना व्यवसायको क्षेत्रलाई आकर्षित गर्नको लागि, माइक्रोसफ्ट संगठनहरूको लागि आफ्नो लाइसेन्सको रकम 6 डलर /प्रयोगकर्ता/महीना जसमा कम से कम 25 कर्मचारी हुनुपर्छ| अफीस प्रोफेशनल प्लसमा ई-मेल(Email), उद्यम सामाजिक नेटवर्किग, सन्देश, वेब पोर्टल, एक्स्ट्रानेट, आवाज कन्फ्रेन्सिङ, वीडियो कन्फ्रेन्सिङ, वेब कन्फ्रेन्सिङ, 24 x 7 फोन समर्थनको साथ अन्य परिसरमा प्रति लाइसेन्स ", 24डलर /प्रयोगकर्ता/महीना मा लिन सकिन्छ। अफीस 365 40 देश र क्षेत्रहरूमा आगामी वर्ष उपलब्ध हुन्छ। आगामी वर्ष, क्षेत्रको विस्तार गर्नको लागि माइक्रोसफ्ट डायनामिक्स सी आर एम(CRM) 365 अफीसको साथमा मिलाइनेछ र उद्यम ग्राहकहरूलाई एक पूरा व्यापार उत्पादकता अनुभव बढ्नेछ। शिक्षाको लागि अफीस 365 पनि एकै समयमा जारी गरिनेछ।

तपाइँले अफीस 365 को लागि http://www.office365.com/ मा दर्ता गर्न सक्नुहुन्छ| यदि तपाइँ अफीस 365 टीमको साथ जानकारी प्राप्त करना चाहनु हुन्छ भने उनीहरूसँग ट्विटरमा पढ्न सक्नुहुनेछ (@ अफीस 365), उनीहरूको फेसबुक पेज (अफीस 365) र ब्लग http://community.office365.com/ पढ्नुहोस्।

विन्डोज लाइभ अनिवार्य 2011 सम्पादन गर्नुहोस्

विन्डोज लाइभ अनिवार्य 2011 आवेदनको एक सुट हो, जुन माइक्रोसफ्टद्वारा एक मुक्त डाउनलोडको रूपमा पेस भएको छ| अत: उपयोगकर्ता यही विन्डोज लाइभ अनिवार्य वेबसाइटबाट डाउनलोड गर्न सक्नु हुनेछ| विन्डोज ओएसका समर्ग्र अनुभवमा सुधारिएको एक भागको रूपमा, माइक्रोसफ्ट मुभी, विन्डोज लाइभ मेल र फोटो ग्यालरी जस्ता कार्यक्रमलाई हटाइएको छ र विन्डोज लाइभ अनिवार्य 2011 को साथमा एकसाथ गरिएको छ|

सुइट निम्नलिखित कार्यक्रमहरूमा समाहित छ:
मेसेन्जर-च्याट क्लाइन्ट जसले तपाइँको फ़ोटो र भिडियोको सजीवता शेयर गर्न लागि सुविधा दिन्छ|  भिडियो कन्फ्रेसिंग, सामाजिक नेटवर्किङ्ग, याहु सम्पर्क बाट सम्पर्क साझा गर्नका लागि सहायता दिन्छ|
फोटो ग्यालरी – राम्रो तस्विर सम्पादन, भिडियो निर्माण र प्रकाशन उपकरण, प्रत्यक्ष फेस बुक र फ्लिकर जस्ता सामाजिक नेटवर्किङ् साइटको साथ सहयोग क्षमता| फोटो क्यामराबाट आयात गर्न सकिन्छ|
मुभी निर्माता - आफ्नो खराब भिडियो र तस्विरहरूलाई परिवर्तित पनि गर्न सक्नुहुन्छ| एकाधिक प्रारूपमा साझा गर्नेको  विकल्प| एमएसएन सोपबक्स (MSN SOAPBOX) एकीकरण उपलब्ध छ|
मेष - एक केन्द्रिकृत स्थानमा आफ्नो फाइल राख्नुहोस् र तपाइँको तुरुन्त विकल्प दिन्छ| इन्टरनेट कनेक्शनबाट स्वतन्त्र काम गर्न मा तपाइँलाई मद्दत गर्दछ|  

लेखक - ब्लगर्स र लेखकको लागि उपकरण| फोटो, भिडियो र अन्य मिडियाको सो: स्थापित गर्नमा सक्षम हुन्छ | विन्डोज लाइभ स्पेस, ब्लग र अधिक जसो प्रमुख ब्लगिङ् प्लेटफार्मको साथ एकीकरण|

परिवार सुरक्षा - कम्प्युटर गतिविधिमा नजर राख्दछ र रिपोर्ट उत्पन्न गर्दछ| उपयोग वेबसाइहरू, खेल र समयको अवधिको लागि अनुमति रोक्का गर्दछ, जुन बेला कम्प्युटर भइरहेको हुन्छ।

मेल - HTTP, POP3 र IMAP को समर्थनको साथ मेल ग्राहक| हट मेल, जी - मेल (Gmail) र याहु मेलको साथ एकीकरण|

मेसेन्जर साथी - मुख्य रूपमा इन्टरनेट एक्सप्लोररको एक सामाजिक विस्तार - तपाइँको साथीको मनपर्ने पृष्ठ हेर्नको लागि अनुमति दिन्छ र अतिरिक्त सुविधाको साथ बुकमार्क क्षमता प्रधान गर्दछ| बिङ्ग बार - एकीकृत बिङ्ग एक वेब पेज को लागि खोज परिणाम| आउटलुक कनेक्टर प्याक - विन्डोज लाइव हटमेलको साथ एकीकरणको सुविधा र आउटलुकबाट म्यासेन्जर | माइक्रोसफ्ट सिल्वरलाइट - समृद्ध सिल्वरलाइट वेबसाइट उपयोग गर्न को लागि प्लग-इन (Plug in) हो|

क्रुप (वा ' ' ' laryngotracheobronchitis) सामान्यतया माथिल्लो श्वास मार्गको घातक भाइरल संक्रमणको कारणले हुने एउटा श्वास प्रश्वासको अवस्था हो। संक्रमणले घाँटी भित्र सुन्निने अवस्थासम्म पुर्‍याउँछ, जसले सामसन्य श्वास प्रश्वासमा बाधा उत्पन्न गर्छ र "भुकाइ” खोकी, स्ट्रिडर, र घाँटी बस्ने का सामान्य लक्षणहरु देखाउँछ। यसले हल्का, मध्यम, वा गम्भीर लक्षणहरु उत्पन्न गर्न सक्छ, जसले प्राय: रातीमा दु:ख दिन्छन्। यो प्राय: खाने स्टेरोइडहरुको एउटा मात्रै मात्रा (डोज) बाट उपचार गरिन्छ; कहिलेकहीँ गम्भीर अवस्थाहरुमा एपिनेफ्रिन को पनि प्रयोग हुन्छ। अस्पतालमा भर्ना गर्नुपर्ने आवश्यकता बिरलै रुपमा पर्छ।

एकपटक लक्षणहरुका सम्भावित बढी गम्भीर कारणहरु (जस्तै एपिग्लोट्टाइटिस वा बाहिरि बस्तु निकाल्ने श्वास मार्ग) लाई छोडेर, क्रुपलाई नैदानिक आधारमा पहिचान गरिन्छ। रगत परिक्षण, एक्स्-रेहरु, र कल्चरहरु-जस्ता अधिक जाँचहरु-सामान्यतया आवश्यक पर्दैनन्। यो तुलनात्मक रुपमा सामान्य अवस्था हो जसले केही विन्दुमा सामन्यतया 6 महिना र 5-6 वर्ष उमेर बीचका, करिब 15% बालबालिकाहरुलाई प्रभावित गर्छ। यो प्राय: किशोर वा वयस्क अवस्थामा कहिल्यै पनि देखिँदैन्। एकपटक मुख्य रुपमा डिप्थीरियाको कारणले भइसकेपछि, खोप को सफलता र स्वच्छता र जीवन स्तरमा आएको सुधारले यो कारणलाई अहिले मुख्यत: पश्चिमी राष्ट्रहरुमा ऐतिहासिक महत्वको रुपमा लिइने गरिन्छ।

संकेत तथा लक्षणरु सम्पादन गर्नुहोस्

क्रुपलाई "भुकाइ" खोकी, घर्घर आवाज आउने, घाँटी बस्ने, र सास फेर्न गर्‍हो हुने भनि चरित्र-चित्रण गरिएको छ जसले सामान्यतया रातीमा दु:ख दिन्छ।[१] "भुकाइ" खोकीलाई प्राय: सील वा सी लायनको बोलीको रुपमा व्याख्या गरिन्छ।[२] स्ट्रिडर होहल्ला वा रुने/चिच्याउने गर्दा खराब हुन्छ, र यदि यसलाई विश्रामको बेलामा पनि सुन्न सकियो भने, यसले श्वास मार्गको संकटमय संकुचनलाई संकेत गरेको हुन सक्छ। क्रुप बिग्रिनाले, स्ट्रिडर अधिक रुपमा घट्न सक्छ।[१]

अन्य लक्षणहरुमा ज्वरो, कोरिजा ([[साधारण रुघाखोकी] का समान्य लक्षणहरु ]), र चेस्ट वाल इनड्रइङ पर्दछन्।[१][३]र्‍याल बगाउनु वा धेरै बीरामी देखिनुले अन्य चिकित्सा अवस्थाहरुलाई संकेत गर्छ।[३]

क्रुप सामान्यतया भाइरल संक्रमणको कारणले हुन्छ भन्ने विश्वास गरिन्छ।[१][४] घातक laryngotracheitis, अनियमित क्रुप, लेरिङ्गिल डिप्थीरिया, जीवाणुले गर्दा हुने श्वासनली सोथ, laryngotracheobronchitis, र laryngotracheobronchopneumonitis समावेश गर्न, अरुले यस शब्दलाई विस्तृत रुपमा प्रयोग गर्छन्। पहिला दुई अवस्थाहरु भाइरल संक्रमणले गर्दा हुन्छन् र रोग-लक्षण विज्ञान अनुसार मामूली हुन्छन्; अन्तिम चारवटा जीवाणु संक्रमणको कारणले हुने गर्छन् र सामान्यतया बढी गम्भीर प्रकारका हुन्छन्।[२]

भाइरल सम्पादन गर्नुहोस्

75% केसहरुमा, मुख्यतया किसिम 1 र 2, भाइरल क्रुप वा घातक पाराइन्फ्लूएन्जा भाइरस को कारणे हुने गर्दछ।[५] अन्य भाइरल इटिओलोजीजमा इन्फ्लूएन्जा A र B, दादुरा, एडिनोभाइरसरेस्पिरेटरी सिंसियल भाइरस (RSV)पर्द्छन्।[२] अनियमित क्रुप घातक laryngotracheitis को रुपमा सोही ग्रुपकका भाइरसहरुको कारणले हुने गर्दछ, तर संक्रमणका प्रायजसो देखिने संकेतहरु (जस्तै ज्वरो, घाँटी खराब हुने, र बढ्दो सेता रक्त कोष संख्या) न्यून मात्रामा हुन्छन्।[२] उपचार, र उपचारको लागि प्रतिक्रिया, समान हुन्छ।[५]

जीवाण्विक सम्पादन गर्नुहोस्

जीवाणुले गर्दा हुने क्रुपलाई लेरिङ्गिल डिप्थीरिया, जीवाणुले गर्दा हुने श्वासनली सोथ, laryngotracheobronchitis, र laryngotracheobronchopneumonitis मा विभाजन गर्न सकिन्छ।[२] लेरिङ्गिल डिप्थीरिया कोरिनब्याक्टेरियम डिप्थीरिया को कारणले हुन्छ जबकी जीवाणुले गर्दा हुने श्वासनली सोथ, laryngotracheobronchitis, र laryngotracheobronchopneumonitis प्रायजसो गौण रुपमा जीवाणुको वृद्धिसँगै मुख्यतया भाइरल इन्फेक्सनको कारणले हुने गर्दछन्। सबैभन्दा सामन्य जीवाणुहरु स्टाफीलोकोकस औरेयस, स्ट्रेपटोकोकस निमोनिया, हेमोफिलस इन्फ्लूएन्जा, र मोरेक्सेल्ला क्याटर्रहलिस हुन् भन्ने अनुमान लाउन सकिन्छ।[२]


प्याथोफिजियोलोजी सम्पादन गर्नुहोस्

सेता रक्त कोषहरु (विशेष रुपमा हिस्टिओसाइट्स, लोम्फोसाइट्स, प्लाज्मा कोषहरु, र न्यूट्रोफिल्स) को फिल्टर नहुने कारणले क्रुप हुने कारण बनेको भाइरल संक्रमणले कंठ, श्वासनली, र ठूलो वायुनली[४] को सूजनसम्म गराउँछ।[२] सुन्निएको कारणले गर्दा श्वासमार्गमा बाधा उत्पन्न हुन्छ जुन विचारणीय हुँदा, श्वासप्रश्वासमा अस्वभाविक रूपमा काम बढ्नु र स्ट्रिडोर नामक स्वभावगत अशान्त, बढी स्वर निकाल्ने श्वास प्रवाहको कारण बन्छ।[४]

वेस्टले प्राप्ताङ्क: क्रुप गम्भीरताको वर्गीकरण[५][६]
विशेषता यस विशेषताको लागि निर्दिष्ट गरिएका विकल्पहरुको संख्या
0 1 2 3 4 5
चेस्ट वाल
खुम्चिनु
कुनैपनि होइन सामान्य मध्यम गम्भीर
घर्घर आवाज आउने कुनैपनि होइन उत्तेजना
सहित
विश्राममा
साइअनोसिस कुनैपनि होइन उत्तेजना
सहित
विश्राममा
चेतनाको
स्तर
सामान्य विकेन्द्रित
वायु प्रवेश सामान्य कमी आएको स्पष्ट रुपमा कमी आएको

क्रुप एउटा रोग-विषयक निदान हो। [४] सबैभन्दा पहिलो कदम भनेको माथिल्लो श्वासमार्गको अन्य प्रतिरोधात्मक अवस्थाहरू, विशेष रूपमा इपिग्लोटिटिस, श्वासमार्ग बाहिरि वस्तुहरू, सबग्लोट्टिक स्टेनोसिस, एङ्गिओडेमा, रेट्रोफ्यारिङ्गिल एब्सेस, and जीवाणुले गर्दा हुने श्वासनली शोथ लाई हटाउनु हो।]][२][४]

घाँटीको अगाडिको भागको एक्स्-रे नियमित रूपमा गरिँदैन,[४] तर यदि यो गरिन्छ भने, यसले श्वासनली स्वभावगत ढङ्गले साँघुरो भएको देखाउँछ जसलाई गजुर लक्षण भनिन्छ, जुन सबग्लोटिक स्टेनोसिसको कारणले गर्दा हुन्छ, जुन आकारमा गजुर जस्तै हुन्छ। गजुर लक्षण निदानको सूचक हो, तर यो आधा मामिलाहरूमा अनुपस्थित हुन्छ।[३]

तिनीहरूले अनावश्यक उत्तेजना उत्पन्न गराउन सक्ने भएको हुनाले र यस कारणले गर्दा जोखिममा रहेको श्वासमार्गमा तनावलाई अझ नराम्रो बनाउने भएको हुनाले, अन्य अनुसन्धानहरू (जस्तै रगत परिक्षणहरू र भाइरल कल्चर) लाई हतोत्साहित गरिन्छ।[४] नासोफेरिङ्गिल यन्त्रले श्वास बाहिर निकाल्ने क्रिया मार्फत लिइने भाइरस कल्चरहरूलाई ठोस कारण निश्चित गर्न प्रयोग गर्न सकिने भएता पनि, यिनीहरूलाई सामान्यतया अनुसन्धान व्यवस्थाहरूमा सीमित गरिन्छ।[१] यदि व्यक्तिमा स्तरीय उपचारले सुधार ल्याउँदैन भने, जीवाणुले गर्दा भएको संक्रमणलाई ध्यानमा राखिनुपर्छ, जुन स्थितिमा अझ धेरै अनुसन्धानहरू जाहिर गर्न सकिन्छ।[२]

गम्भीरता सम्पादन गर्नुहोस्

क्रुपको गम्भीरतालाई वर्गीकरण गर्ने सबैभन्दा बढी प्रयोग गरिने प्रणाली भनेको वेस्टले प्राप्ताङ्क हो। यो नैदानिक अभ्यासमा भन्दा पनि मुख्यतया अनुसन्धान प्रयोजनको लागि प्रयोग गरिन्छ।[२] यो यी पाँचवटा तत्वहरुको लागि निर्दिष्ट गरिएका विकल्पहरुको जोड हो: चेतनाको स्तर, साइअनोसिस, स्ट्रिडर, वायु प्रवेश, र खुम्चिनु।[२] प्रत्येक तत्त्वको लागि दिइएका विकल्पहरुलाई दायाँपट्टी सुचीबद्ध गरिएको छ, र अन्तिम प्राप्ताङ्क 0 देखी 17 को बीचमा छ।[६]

  • कुल प्राप्राङ्क ≤ 2 ले सामान्य क्रुपलाई संकेत गर्छ। भुकाइ खोकी र घाँटी बस्ने लक्षण विद्यमान रहन सक्छन्, तर विश्रामको बेलामा घर्घर आवाज आउँदैन।[५]
  • 3–5 सम्मको कुल प्राप्ताङ्कलाई मध्यम क्रुपको रुपमा वर्गीकरण गरिएको छ। यो सजिलै घर्घर सुनिने गरि विद्यमान रहन्छ, तर केही अन्य संकेतहरु सहित।[५]
  • 6–11 सम्मको कुल प्राप्ताङ्क गम्भीर क्रुप हो। यो स्पष्ट घर्गर सहित विद्यमान रहन्छ, तर स्पष्ट चेस्ट वाल इनड्रइङ पनि देखिन्छ।[५]
  • कुल प्राप्ताङ्क ≥ 12 ले श्वास-प्रश्वासको खाराबी को नजिक पुगिरहेको संकेत गर्छ। यो चरणमा अब उप्रान्त भुकाइ खोकी र घर्घर हुने देखा नपर्न सक्छन्।[५]

सामान्य रोग भएका 85% बालबालिकाहरुलाई आकस्मिक विभागमा ल्याइन्छ; गम्भीर क्रुप बिरैलै हुन्छ (<1%)।[५]

क्रुपको धेरै मामिलाहरूलाई इन्फ्लुएन्जा को प्रतिरक्षण द्वारा रोकथाम गरिएको छ। एक समयमा क्रुपलाई डिप्थीरियल रोगको रूपमा उल्लिखित गरिन्थ्यो, तर प्रतिरक्षणले गर्दा, विकसित क्षेत्रमा डिप्थीरिया अब दुर्लभ भैसकेको छ।[२]

क्रुप भएका बालबालिकाहरूलाई सामान्यतया सकेसम्म शान्त राखिन्छ।[४] नियमित रूपमा स्टेरोइडहरू दिइन्छ, र गम्भीर अवस्थाहरूमा इपिनेफ्रिन प्रयोग गरिन्छ।[४] 92% भन्दा तल अक्सिजन संतृप्तिहरू भएका,[२] र गम्भीर क्रुप भएका बालबालिकाहरूलाई निरीक्षणको लागि अस्पतालमा भर्ना गर्न सकिन्छ।[३] यदि अक्सिजन चाहिएमा, "ब्लो-बाइ" को व्यवस्था गर्न (बच्चाको अनुहार नजिक अक्सिजनको स्रोत राख्नु) सिफारिस गरिन्छ, किनभने यसले मास्क को प्रयोगले भन्दा कम छटपटी पैदा गर्छ।[२] उपचारले गर्दा, 0.2% भन्दा कम मानिसलाई इन्डोट्रेकियल इन्ट्युबेसन को आवश्यकता पर्छ।[६]

स्टेरोइडहरु सम्पादन गर्नुहोस्

डेक्सामिथासोनबुडेसोनाइड जस्ता कर्टिकोस्टेरोइड, क्रुप भएका बालबालिकाहरूमा सबै खालका गम्भीरताहरूको परिणामहरूलाई सुधार गर्नको लागि सिद्ध गरिएका छन्।[७] सेवनपछि चाँडोमा छ घण्टामा उल्लेखनीय राहत प्राप्त हुन्छ।[७] मुखद्वारा, मुख वा आहारको रूपमा बाहेक अन्य माध्यमद्वारा, वा श्वासद्वारा दिँदा पनि प्रभावकारी भएता पनि, मुखको पथ रोजाइमा पर्छ।[४] सामान्यतया एक मात्र मात्राले आवश्यकता पूरा गर्छ, र सामान्यतया यसलाई पूर्णतया सुरक्षित मानिन्छ।[४] डिक्सामिथासोनको सबै 0.15, 0.3 र 0.6 mg/kg को मात्रा समान रूपमा प्रभावकारी देखिन्छ।[८]

एपिनेफ्रिन सम्पादन गर्नुहोस्

हल्का देखि गम्भीर क्रुपलाई नेबुलाइजड् इपिनेफ्रिन बाट अस्थायी रूपमा सुधार्न सकिन्छ।[४] इपिनेफ्रिनले आम रूपमा 10-30 मिनेट भित्र क्रुपको गम्भीरता हटाउने भएता पनि, फाइदा लगभग 2 घण्टाको लागि मात्र रहन्छ।[१][४] यदि उपचार पछि अवस्था 2-4 घण्टाको लागि सुध्रिएको स्थितिमा रहन्छ र कुनैपनि अन्य जटिलताहरू उत्पन्न हुँदैन भने, आम रूपमा बच्चालाई अस्तालबाट डिस्चार्ज गरिन्छ।[१][४]

अन्य सम्पादन गर्नुहोस्

क्रुपका लागि अन्य उपचारहरुको पनि अध्ययन गरिएको छ, तिनीहरुको प्रयोगलाई समर्थन गर्ने कुनैपनि पर्याप्त प्रमाण छैन। तातो बाफ वा ओसिलोपना भएको हावा लिनु परम्परागत स्वयम्-स्याहार उपचार हो, तर रोग बिषयक अध्ययनहरुले त्यसको प्रभावकारीता छैन भन्ने देखाउँछ[२][४] र हाल यो बिरलै रुपमा प्रयोग गरिन्छ।[९] The use of खोकीको औषधिहरु, जसमा सामान्यतया डेक्स्ट्रोमेथोरफान र/वा गुइआफेनेसिन हुन्छ, तिनीहरु पनि हतोत्साहित भएका छन्।[१] जबकी सास लिने काम घटाउनको लागि हिलिअक्स (हिलियमअक्सिजन को मिश्रण) लिने काम विगतमा प्रयोग गरिएको थियो, यसको प्रयोगलाई समर्थन गर्ने थोरै मात्र प्रमाणहरु छन्।[१०] क्रुप एउटा भाइरल रोग भएको हुनाले, एन्टिबायोटिक औषधिहरु जीवाणुले गर्दा हुने अतिरिक्त संक्रमणको आशंका नगरिए सम्म प्रयोग गरिँदैनन्।[१] जीवाणुले गर्दा हुने अतिरिक्त संक्रमणको सम्भावना भएको अवस्थामा, एन्टिबायोटिक औषधिहरु भ्यान्कोमाइसिनसिफोट्याक्जाइम सिफारिस गरिन्छन्।[२] इन्फ्लुएन्जा A वा B सँग सम्बन्धित गम्भीर अवस्थाहरुमा, एन्टिभाइरल न्यूरामिनिडेस इन्हिबिटर्स दिन सकिन्छ।[२]

भाइरल क्रुप सामान्यतया एउटा स्वयम्-सीमित भएको रोग हो, तर धेरै कम रुपमा मात्र श्वास प्रश्वासको विफलता र/वा हृदय घात बाट मृत्यु हुन सक्छ।[१] लक्षणहरु सामन्यतया दुई दिन भित्रमा सुधार हुन्छ, तर सात दिनसम्म रहन सक्छ।[५] अन्य असाधारण जटिलताहरुमा जीवाणुले गर्दा हुने श्वासनली शोथ, निमोनिया, र पल्मोनरी सूजन पर्दछन्।[५]

इपिडिमियोलोजी सम्पादन गर्नुहोस्

क्रुपले 15% बालबालिकाहरुलाई असर गर्छ, र सामान्यतया 6 महिना र 5-6 वर्ष उमेर बीचका बालबालिकाहरुमा देखापर्छ।[२][४] यो जनसङ्ख्यामा करिब 5% अस्पाताल भर्नाहरुको लागि यो जिम्मेबार छ।[५] बिरैलै केसहरुमा, यो 3 महिनाका र 15 वर्षका बालबालिकाहरुमा देखिन सक्छ।[५] पुरुषहरु महिलाहरु भन्दा 50% छिटो-छिटो संक्रमित हुन्छन्, र शरद ऋतुमा बढ्दो दरमा फैलिने गर्दछ।[२]

क्रुप भन्ने शब्द प्रारम्भिक आधुनिक अङ्ग्रेजी क्रियापद "क्रुप" बाट आएको हो, जसको मतलब "घोक्रो स्वरले रुनु" हो; यस शब्दलाई रोगमा सबैभन्दा पहिला स्कटल्यान्डमा लागू गरिएको थियो र 18औँ शताब्दीमा प्रचलित गरिएको थियो।[११] डिप्थीरिटिक क्रुप होमर को प्राचीन ग्रिस समय देखि नै ज्ञात हुँदै आएको कुरा हो र 1826 मा आएर ब्रिटोनिउ ले क्रुपलाई डिप्थीरिया को कारणले गर्दा भाइरल क्रुपबाट छुट्याएका थिए।[१२] भाइरल क्रुपलाई त्यस समयमा फ्रेन्चहरूले "फौक्स-क्रुप" भन्थे, किनभने त्यस समयमा क्रुपलाई डिप्थीरिया जीवाणुको कारणले गर्दा भएको रोगको रूपमा उल्लेख गरिन्थ्यो।[९] प्रभावकारी प्रतिरक्षण को आगमनको कारणले गर्दा डिप्थीरियाको कारणले हुने क्रुप लगभग अज्ञात बनेको छ।[१२]

  1. १.०० १.०१ १.०२ १.०३ १.०४ १.०५ १.०६ १.०७ १.०८ १.०९ Rajapaksa S, Starr M (May २०१०), "Croup – assessment and management", Aust Fam Physician 39 (5): 280–2, पिएमआइडी 20485713  |month= प्यारामिटर ग्रहण गरेन (सहायता)
  2. २.०० २.०१ २.०२ २.०३ २.०४ २.०५ २.०६ २.०७ २.०८ २.०९ २.१० २.११ २.१२ २.१३ २.१४ २.१५ २.१६ २.१७ २.१८ Cherry JD (२००८), "Clinical practice. Croup", N. Engl. J. Med. 358 (4): 384–91, डिओआई:10.1056/NEJMcp072022, पिएमआइडी 18216359 
  3. ३.० ३.१ ३.२ ३.३ "Diagnosis and Management of Croup" (PDF), BC Children’s Hospital Division of Pediatric Emergency Medicine Clinical Practice Guidelines 
  4. ४.०० ४.०१ ४.०२ ४.०३ ४.०४ ४.०५ ४.०६ ४.०७ ४.०८ ४.०९ ४.१० ४.११ ४.१२ ४.१३ ४.१४ ४.१५ Everard ML (February २००९), "Acute bronchiolitis and croup", Pediatr. Clin. North Am. 56 (1): 119–33, x–xi, डिओआई:10.1016/j.pcl.2008.10.007, पिएमआइडी 19135584  |month= प्यारामिटर ग्रहण गरेन (सहायता)
  5. ५.०० ५.०१ ५.०२ ५.०३ ५.०४ ५.०५ ५.०६ ५.०७ ५.०८ ५.०९ ५.१० ५.११ Johnson D (२००९), "Croup", Clin Evid (Online) 2009, पिएमआइडी 19445760, पिएमसी 2907784 
  6. ६.० ६.१ ६.२ Klassen TP (December १९९९), "Croup. A current perspective", Pediatr. Clin. North Am. 46 (6): 1167–78, डिओआई:10.1016/S0031-3955(05)70180-2, पिएमआइडी 10629679  |month= प्यारामिटर ग्रहण गरेन (सहायता)
  7. ७.० ७.१ Russell KF, Liang Y, O'Gorman K, Johnson DW, Klassen TP (२०११), "Glucocorticoids for croup", Cochrane Database Syst Rev 1 (1): CD001955, डिओआई:10.1002/14651858.CD001955.pub3, पिएमआइडी 21249651 
  8. Port C (April २००९), "Towards evidence based emergency medicine: best BETs from the Manchester Royal Infirmary. BET 4. Dose of dexamethasone in croup", Emerg Med J 26 (4): 291–2, डिओआई:10.1136/emj.2009.072090, पिएमआइडी 19307398  |month= प्यारामिटर ग्रहण गरेन (सहायता)
  9. ९.० ९.१ Marchessault V (November २००१), "Historical review of croup", Can J Infect Dis 12 (6): 337–9, पिएमआइडी 18159359, पिएमसी 2094841  |month= प्यारामिटर ग्रहण गरेन (सहायता)
  10. Vorwerk C, Coats T (२०१०), "Heliox for croup in children", Cochrane Database Syst Rev 2 (2): CD006822, डिओआई:10.1002/14651858.CD006822.pub2, पिएमआइडी 20166089 
  11. Online Etymological Dictionary, croup. Accessed 2010-09-13.
  12. १२.० १२.१ Feigin, Ralph D. (२००४), Textbook of pediatric infectious diseases, Philadelphia: Saunders, पृ: २५२, आइएसबिएन 0-7216-9329-6 

बाह्य लिङ्कहरु सम्पादन गर्नुहोस्

ढाँचा:Respiratory pathology

cs:Záškrt sv:Krupp (virusinfektion) th:ครุป

क्रिसमसको शुभकामना! सम्पादन गर्नुहोस्

समर्थनको लागि अनुरोध सम्पादन गर्नुहोस्

आदरणीय प्रदिप ज्यु, नमस्कार ! मलाई यहाँ समर्थन गरिदिनुहुन अनुरोध गर्दछु । आशा छ समर्थन पाउने छु । म यो अधिकार पाएपछि विकिपीडियामा निरन्तर योगदानका साथै आफ्नु जिम्मेवारी राम्ररी निवाउने छु।- बेनुपराज पौडेल (म सँग कुरा गर्नुहोस) ०७:२०, २२ फेब्रुअरी २०१५ (युटिसी(UTC))

योगदानको लागि धन्यवाद ! सम्पादन गर्नुहोस्

Pradeep.neupaneजी , विसं २०७१ कार्तिक महिनामा ३ सम्पादनहरू गर्नु भएर नेपाली विकिपिडियालाई उत्कृष्ठता तर्फ उन्मुख गराउनु भएकोमा सम्पूर्ण विकिपिडिया परिवारको तर्फबाट धन्यवाद टक्र्याउन चाहन्छु, तपाईँको निरन्तर सक्रियताको अपेक्षा राख्दछौँ ।--सरोज(Saroj) (कुरा गर्ने) ०७:२५, १७ नोभेम्बर २०१४ (युटिसी(UTC))

Pradeep सर मलाई यहाँ समर्थन गरिदिनु होला। समर्थनको लागि # {{समर्थन}}-~~~~ लेख्नु होला।- बेनुपराज पौडेल (मसँग कुरा गर्नुहोस) १२:४५, ९ अप्रिल २०१५ (युटिसी(UTC))

विकी ओमेन एडिटाथन २०१६ मा स्वागत् छ ! सम्पादन गर्नुहोस्

प्रिय Pradeep.neupane ज्यू,

समपूर्ण नेपाली विकिपिडियनहरूको तर्फबाट नमस्ते ! आज , नेपाली विकिपीडियामा फेब्रुअरी ८, २०१६ देखि मार्च ८, २०१६ सम्म नारी सम्मानमा सर्मपित विकी ओमेन एडिटाथन २०१६ प्रतियोगिता सुरू भएको छ । यहाँको अमूल्य योगदानको लागि हार्दिक निमन्त्रणा गर्दछौँ, सहभागीताको लागि यहाँ आवेदन फारम भर्नको लागि अनुरोध गर्दछौँ ।

विकी ओमेन एडिटाथन २०१६ समूहरको तर्फबाट सरोज कुमार ढकाल -- MediaWiki message delivery (कुरा गर्ने) ०५:३१, ८ फेब्रुअरी २०१६ (युटिसी(UTC))

 

You have been a medical translators within Wikipedia. We have recently relaunched our efforts and invite you to join the new process. Let me know if you have questions. Best Doc James (talk · contribs · email) 12:34, 13 August 2023 (UTC)

५०,००० लेख प्रतियोगिता सम्पादन गर्नुहोस्

नमस्ते, Pradeep.neupaneज्यू! तपाईंलाई नयाँ ५०,००० लेख प्रतियोगितामा सामेल हुन हार्दिक निमन्त्रणा गरिन्छ
सबैभन्दा पहिले, नेपाली विकिपिडियामा योगदान गर्नुभएकोमा धन्यवाद। तपाईंलाई नयाँ ५०,००० लेख प्रतियोगितामा सामेल हुन आमन्त्रित गरिएको छ, एउटा चुनौतीपूर्ण प्रतिस्पर्धा जसले लगभग १७,८०० लेख सिर्जनाहरू गर्ने लक्ष्य राखेको छ। सबै विषयहरूका लेखहरू स्वागत छन्। यदि इच्छुक हुनुहुन्छ भने यो पृष्ठमा सामेल हुनुहोस् र योगदान गर्न सुरु गर्नुहोस्!

धन्यवाद - MediaWiki message delivery (कुरा गर्नुहोस्) १९:१९, ३ अक्टोबर २०२३ (नेपाली समय)जवाफ दिनुहोस्