विकिपिडिया एसियाली महिना २०१८ को आयोजकको लागि प्रस्ताव सम्पादन गर्नुहोस्

 

एसियाली राष्ट्रहरूका विकिपिडिया समुदायहरू बिच समझदारी बढाउने उद्देश्यका साथ नोभेम्बरमा आयोजना हुने अनलाईन सम्पादन-थन विकिपिडिया एसियाली महिना को २०१८ को संस्करण कार्यक्रमको लागि आयोजकको लागि प्रस्ताव खुला गरिएकोले इच्छुक सम्पादकहरूले यहाँ गई नाम सूचिकृत गराउनु हुन अनुरोध गरिन्छ । MediaWiki message delivery (कुरा गर्ने) १६:१९, ५ अक्टोबर २०१८ (युटिसी(UTC))

प्रमुख लेख आवेदन समीक्षा सम्पादन गर्नुहोस्

आदरणिय सम्पादक साथीहरू,

 

फेब्रुअरी, २०१९ को प्रमुख लेखको लागी आवेदक हिमाल सुबेदी बाट गुजराणवाला लेख प्रमुख लेखको आवेदन प्राप्त भई प्रमुख लेख समन्वय समिति बाट सो लेख प्रमुख लेखका मापदण्ड अनुसार भए नभएको पूनरावलोकन गरि मतदातको लागी सिफारिस भएकोले, विकिपीडिया:प्रमुख लेख/आवेदनहरू/गुजराणवाला मा आफ्नो मत प्रदान गरि निर्णयमा सहयोग गरि दिनु हुन अनुरोध गर्दछौं ।

प्रमुख लेख समन्वय समिति को तर्फबाट - MediaWiki message delivery (कुरा गर्ने) १४:५८, २७ डिसेम्बर २०१८ (युटिसी(UTC))

छिटो निर्णय लिनु पर्ने भएकोले सम्पादन गर्नुहोस्

अप्रेल महिनामा प्रमुख लेख बनाउनको लागि परेका सबै लेखहरू अयोग्य ठहरिएका कारण हामीले आज तिन तारिख सम्म पनि प्रमुख लेख परिवर्तन गर्न सकेनौं । प्रमुख लेख समन्वय समितिका सदस्यका तर्फबाट प्रमुख लेखको लागि परेका आवेदनहरूबाट छानेर एक अर्को लेख मत दानको लागि सिफारिस गरिएको छ । अतः छिटो छलफल गरेर आजै प्रमुख लेख परिवर्तन गर्नु पर्ने भएकाले यहाँ आफ्नो मत राखेर निर्णय लिनु होला भन्ने पूर्ण अनुरोध छ । MediaWiki message delivery (कुरा गर्ने) ०२:४३, ३ अप्रिल २०१९ (युटिसी(UTC))

विकी क्याम्प नेपाल आयोजक सम्बन्धमा सम्पादन गर्नुहोस्

विकी क्याम्प नेपाल आयोजनमा एक गैह्रसरकारी संस्थाको संलग्नता भएको भन्ने सम्बन्धमा भई रहेको छलफलमा यहाँ गई आफ्नो विचार राख्नु हुन अनुरोध गर्दछु ।-MediaWiki message delivery (कुरा गर्ने) १८:४२, १० अगस्त २०१९ (युटिसी(UTC))

प्रस्तावित विकि क्याम्प नेपाल २०२० सम्पादन गर्नुहोस्

विकिपिमिडियन मित्रहरू बीच छलफल, अन्तर विकि समन्वय तथा विकि समुदायको प्राथमिकता तथा चुनौतीहरूको बारेमा सहकार्यको लागी नेपालमा बोलिने भाषाहरूको समुदायहरूको सम्मेलन विकि क्याम्प नेपालको दोश्रो संस्करण-विकि क्याम्प नेपाल २०२० यही नोभेम्बर २०२० मा आयोजनाको लागी मेटामा प्रस्ताव राखिएकोले कृपया सो प्रस्वातमा तपाईको सहमति राखि दिनु हुन अनुरोध गर्दछौं । - आयोजक समुह

विकिकार्यशाला नेपाल २०२० समुदाय संलग्नता सर्वेक्षणमा सहभागिताको लागि निमन्त्रणा सम्पादन गर्नुहोस्

यो समुदाय संलग्नता सर्वेक्षणमा सहभागिताको लागि निमन्त्रणा हो, जुन विकिकार्यशाला नेपाल २०२० को आयोजनाको लागि विकिमिडिया फाउण्डेसनमा पेश गरिने आवेदनको मुख्य अङ्ग हो। यी प्रश्नहरूले विकिमिडियामा तपाईँको अनुभव, आवश्यकता, चुनौती, तथा विकिकार्यशाला नेपाल २०२० बाट अपेक्षाहरू सम्बन्धी जानकारीहरू हासिल गर्न सहयोग गर्नेछन्। यी प्रतिक्रियाहरूले विकिकार्यशालाको उद्देश्य तथा कार्यक्रमको प्रारूप थप स्पष्ट पार्न मद्दत गर्नेछ।

आयोजक समूह

५०,००० लेख प्रतियोगिता सम्पादन गर्नुहोस्

नमस्ते, Bijyuज्यू! तपाईंलाई नयाँ ५०,००० लेख प्रतियोगितामा सामेल हुन हार्दिक निमन्त्रणा गरिन्छ
सबैभन्दा पहिले, नेपाली विकिपिडियामा योगदान गर्नुभएकोमा धन्यवाद। तपाईंलाई नयाँ ५०,००० लेख प्रतियोगितामा सामेल हुन आमन्त्रित गरिएको छ, एउटा चुनौतीपूर्ण प्रतिस्पर्धा जसले लगभग १७,८०० लेख सिर्जनाहरू गर्ने लक्ष्य राखेको छ। सबै विषयहरूका लेखहरू स्वागत छन्। यदि इच्छुक हुनुहुन्छ भने यो पृष्ठमा सामेल हुनुहोस् र योगदान गर्न सुरु गर्नुहोस्!

धन्यवाद - MediaWiki message delivery (कुरा गर्नुहोस्) १९:१९, ३ अक्टोबर २०२३ (नेपाली समय)जवाफ दिनुहोस्