अाभास धरानन्द राजोपाध्याय, २०७२

अाभास धरानन्द राजोपाध्याय सम्पादन गर्नुहोस्

एम्.फिल्. (अङ्ग्रेजी) *, एम्.ए. / स्नातकोत्तर (मानवशास्त्र, २०७४), एम्.ए.एम्.सी.जे. / स्नातकोत्तर (अामसञ्चार तथा पत्रकारिता, पूर्वाञ्चल विश्वविद्यालय सर्वोत्कृष्ट २०७०)

काठमाडाैँ, नेपाल

अाभास धरानन्द राजोपाध्याय हाल काठमाडाैँको पुतलीसडकस्थित कान्तिपुर सिटी कलेजको अामसञ्चार तथा पत्रकारिता विभागका शिक्षक हुन् । विश्वविद्यालयकै सर्वोत्कृष्टका रूपमा ४.०० मा ४.०० सी.जी.पी.ए.को सर्वोत्कृष्ट नतिजा सहित उनले पूर्वाञ्चल विश्वविद्यालय स्वर्ण पदक २०१३ लगायत तीन स्वर्ण पदक पाएका थिए । उनी नेपालका सम्माननीय राष्ट्रपतिबाट नेपाल विद्याभूषण 'ख'बाट विभूषित भइसकेका छन् । राजोपाध्याय पोखरा विश्वविद्यालयबाट अङ्ग्रेजीमा एम्.फिल्. गर्दै छन् भने उनले त्रिभुवन विश्वविद्यालयबाट मानवशास्त्रमा स्नातकोत्तर पनि गरेका छन् । उनले हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिको एक अायोजनामा सहयोगी अनुसन्धाताका रूपमा कार्य गरिसकेका छन् । उनी नेवाः संकिपा समाजका कार्यकारी सदस्य पनि हुन् । उनको अनुसन्धान अभिरुचिहरूमा लोकवार्ता, किंवदन्ती, मिडिया, सांस्कृतिक मानवशास्त्र, रीतिरिवाज, जात्रा, माैखिक इतिहास, नेवार अध्ययन अादि पर्दछन् । उनले वि.सं. २०६३ देखि अमलेख साप्ताहिकमा सात वर्षसम्म सह-सम्पादकका रूपमा कार्य गरेका थिए । उनका विभिन्न लेखहरू राष्ट्रिय जर्नल र पत्रपत्रिकाहरूमा प्रकाशित छन् भने लोकवार्ता सम्बन्धित केही कार्यपत्रहरू राष्ट्रिय र अन्तरराष्ट्रिय सम्मलेनहरूमा प्रस्तुत गरिसकेका छन् ।

शैक्षिक उपलब्धि सम्पादन गर्नुहोस्

  • २०७५ = एम्.फिल्. (अङ्ग्रजी), काठमाडाैँस्थित Institute for Advanced Communication, Education & Research (IACER) कलेजबाट
  • २०७४ = एम्.ए. / स्नातकोत्तर (मानवशास्त्र), काठमाडाैँस्थित त्रिचन्द्र क्याम्पसबाट
  • २०७० = एम्.ए.एम्.सी.जे. / स्नातकोत्तर (अामसञ्चार तथा पत्रकारिता), काठमाडाैँस्थित कान्तिपुर सिटी कलेजबाट

सम्बद्धता सम्पादन गर्नुहोस्

रुचि सम्पादन गर्नुहोस्

सम्पदा, जीवन्त सांस्कृतिक सम्पदा, संस्कृति, इतिहास, सांस्कृतिक मानवशास्त्र, दक्षिण एसियाली अध्ययन, नेवार अध्ययन, सञ्चार, लोकवार्ता, किंवदन्ती, माैखिक इतिहास, अामसञ्चार

प्राज्ञिक प्रकाशन/कार्यपत्र सम्पादन गर्नुहोस्

पदक/सम्मान सम्पादन गर्नुहोस्

  • २०७२ = नेपाल विद्याभूषण 'ख' नेपालका सम्माननीय राष्ट्रपतिबाट
  • २०७० = पूर्वाञ्चल विश्वविद्यालय स्वर्ण पदक, २०१३
  • २०७० = नारायण प्रसाद कोइराला स्वर्ण पदक, २०१३
  • २०७० = अोम प्रकाश गोयल स्वर्ण पदक, २०१३