प्रमुख प्रतिपक्ष संसदमा विपक्षमा रहेको सबैभन्दा ठूलो दल वा सत्तारुढ दलपछिको ठूलो दल हो । संसदीय प्रणाली अवलम्बन गरेका मुलुकमा प्रमुख प्रतिपक्षलाई प्रतीक्षारत सरकार पनि भन्ने चलन छ । देशअनुसार प्रमुख प्रतिपक्षको मान्यता पाउने मापदण्ड वा संवैधानिक-कानूनी प्रावधान फरक फरक छन् । भारतको लोकसभाका कुल सदस्यको कम्तीमा १० प्रतिशत अर्थात् ५४५ सदस्यमध्ये न्यूनतम ५५ जना एउटै संसदीय दलका भएमा मात्र त्यस दलका नेताले प्रमुख प्रतिपक्षका नेताको हैसियत प्राप्त गर्दछन् ।[][] सभाध्यक्ष वा सभामुखले यस्तो हैसियत प्रदान गर्दछन् । विपक्षी दलसँग न्यूनतम सांसद संख्या नभएकाले भारतको तल्लो सदन लोकसभामा हाल प्रमुख प्रतिपक्ष नेताको पद रिक्त छ । नेपालमा भने यस्तो मान्यता प्राप्त गर्नका लागि न्यूनतम सीमा तोकिको छैन ।[][] नेपालको प्रतिनिधि सभामा नेपाल मजदुर किसान पार्टी प्रमुख प्रतिपक्ष र यसका केन्द्रिय सचिव प्रेम सुवाल प्रमुख प्रतिपक्षी दलका नेता रहेका छन् ।

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्