प्रकृतिवाद
प्रकृतिवाद अथवा स्वाभाविकतावाद एक यस्तो अर्थदार्शनिक चिन्तन हो जसको विकास फ्रान्समा सुरु भयो र यसको प्रभाव बेलायत, जर्मनी आदि युरोपियन राष्ट्रहरूमा फैलिएको हो तर यसको प्रभाव ज्यादै कम समय रह्यो । विलियम पेट्टी , क्यान्टिलियन आदिले प्रकृतिवादी विचारलाई क्लासिकल (शास्त्रीय वा संस्थापित) विचारमा रुपान्तरण गर्ने प्रयास गरे । पछि यसै विचारको विकास एडम स्मिथले गरे । जुन विचारले उनलाई अर्थशास्त्रको जन्मदातामा प्रतिष्ठित गर्यो ।
अन्य नाम
सम्पादन गर्नुहोस्१. कृषिवादी सम्प्रदाय
२. अर्थशास्त्र संस्थापक
३. लासेज फेयर
४.अहस्तक्षेप[१]
विचारको प्रभाव
सम्पादन गर्नुहोस्यस विचारको प्रभाव सन् १७६०मा सुरु, १७७०मा वाद विवाद र सन् १७८० मा समाप्त
प्रमुख आर्थिक सिद्धान्त
सम्पादन गर्नुहोस्- १. प्राकृतिक नियम Natural order (अस्पष्ट)
- २. राज्यको काम– राजाले आफै प्राकृतिक र ईश्वरीय नियमको पालन गर्ने र जनतालाई कडाई साथ पालन गर्न लगाउने ।
- ३. कृषिलाई महत्त्वपूर्ण उत्पादक– वणिकवादी नीति कृषि उन्नतिमा बाधक भएकोले त्यसलाई संशोधन गर्ने र
- कृषि मात्र उतपदक । किनभने यसमा बेशी (कगचउगिक) प्राप्त हुन्छ । तर्गोले कृषिमा प्रतिफल ह्रास नियमको प्रतिपादन ।
- ४.समाजमा धनको प्रवाह– कृषक (मुख्य उत्पादनकर्ता), भूस्वामी (उत्पादक-) बेशी उत्पादन (surplus) प्राप्तकर्ता र व्यवसायी, उद्यमी, डाक्टर, वकील इत्यादि ।
- उदाहरणका लागि, पांच बिलयिन उत्पादन फ्रेन्क कृषकको लागत २ बिलयिन भूस्वामीको बेशी १ बिलयिन अनुत्पादक वर्गले प्राप्त गर्ने बांकी १ ।
- ५. मूल्य निर्धारण– कुनै विशेष सिद्धान्त नदिएका मूल्य र अर्घमा अन्तर गर्न अस्पष्ट
- ६. कर निर्धारण– केवल बेशी उत्पादनमा कर लगाउने पक्षमा, कर ज्यादै कम लगाउने ।
- ७. व्यापार– कम महत्त्वपूर्ण ।
- ८. अन्य विचार– लगानको कुनै सिद्धान्त प्रतिपादन नगरेका । ज्यालामा उनीहरू जीवन निर्वाह सिद्धान्तका समर्थक । पूंजी र धनमा अन्तर गरे तथा उत्पादक धनमा ब्याजको समर्थन गरे । तर्गोले पूंजीको सीमान्त उत्पादकता सिद्धान्त दिए ।
विचारकहरू
सम्पादन गर्नुहोस्- फ्रान्सि क्वेन १६९४ १७७४,
- तरगो १७२७ ८१,
- पियरे स्यामुअल डुमोन्ट १७३९ १८१७,
- माक्र्विस डी मिराव्यु १७५०,
- मर्सियर डी ला रिवेरे १७६०,
- बान्देयुं १७६०
प्रकृतिवादी विचारकहरूका व्यक्तिगत स्वतन्त्रताको कुरा आर्थिक वादको रूपमा बढी चर्चा पाएन । एडम स्मिथले वेल्थ अफ नेशन्सको रचना गरे पछि यो विचार अर्थशास्त्रीय दर्शनको रूपमा विकसित भयो ।[२]