पोर्ट मोरेस्बी

पपुवा न्यू गिनीको राजधानी

पोर्ट मोरेस्बी (/ˌpɔːrt ˈmɔːrzbi/; टोक:पोट मोस्बी), लाई पोम सिटी पनि भनिने वा मात्र मोरेस्बी, पपुवा न्युगिनी को राजधानी तथा सबैभन्दा ठूलो र लोकप्रिय शहर हो । यो न्यू गिनी द्वीपको किनारा द्वीप पापुआन पेनिनसुला को दक्षिण-पूर्वी समुद्री-तट मा अवस्थित छ । १९ औँ शताब्दीको मध्य भागमा शहर एक व्यापारिक केन्द्रको रूपमा प्रकट भयो । द्वितीय विश्वयुद्धको दौडान यो १९४२–४३ को समयमा शाही जापानी सेना द्वारा विजयको लागि एक प्रमुख उद्देश्य बनेको थियो । पोर्ट मोरेस्बी द्वितीय विश्वयुद्धको समयमा दक्षिण पूर्व एसिया र अमेरिकाबाट अस्ट्रेलिया लाई अलग्याउने आधार पनि बनेको थियो ।

पोर्ट मोरेस्बी
Port Moresby
पोर्ट मोरेस्बी मूख्य बजार
पोर्ट मोरेस्बी मूख्य बजार
पोर्ट मोरेस्बीको झण्डा
राष्ट्र पपुवा न्युगिनी
विभाजनराष्ट्रिय राजधानी जिल्ला
स्थापित१८७३
सरकार
 • शासकपोवेस पारकोप (२००७-)
क्षेत्रफल
 • जम्मा२४० किमी (९० वर्ग माइल)
उन्नतांश
३५ मिटर (११५ फिट)
जनसङ्ख्या
 (२०११ जनगणना)
 • जम्मा४१०,९५४
 • घनत्व१७००/किमी (४४००/वर्ग माइल)
भाषा
 • मुख्य भाषामोटु, टोक, अंग्रेजी
समय क्षेत्रयुटिसी+१० (अस्ट्रेलियाको प्रमाणिक समय)
हुलाक कोड
१११
वेबसाइटwww.ncdc.gov.pg

सन् २००० मा यसको जनसङ्ख्या २५४,१५८ थियो ।[१] २०११ को अनुसार यो नौ वर्षको अवधिमा २.१% को वार्षिक वृद्धि दरले यसको जनसङ्ख्या ३६४,१४५ पुग्यो । शहर स्थापना भएको ठाउँमा शताब्दी अघि देखि मोटुआन-कोइटाबु मानिसहरूको बसोबास रहेको थियो । १८७३ मा, पोर्ट मोरेस्बी हेर्ने पहिलो ब्रिटेनको कप्तान जोन मोरेस्बी थियो । यो नाम उनको पिता, एडमिरल सर फेयरफाक्स मोरेस्बी को सम्मान मा दिइएको थियो । यद्यपि पोर्ट मोरेस्बी केन्द्रीय प्रदेशबाट घेरिएर राजधानी भए पनि, यो त्यो प्रदेशको भाग नभइ, राष्ट्रिय राजधानी जिल्ला हो ।

इतिहास सम्पादन गर्नुहोस्

वर्तमान समयमा पोर्ट मोरेस्बी को रूप मा चिनिने क्षेत्रका मोटुआन मानिसहरूले सागो, अन्य खाद्य र क्यानो लगहरू, हनुआबाडा देखि जलयात्रा गरी आफ्नो भाँडा-बर्तनको कारोबार गरे ।[२] तिनीहरूको भाषा, मोटु, हिरि मोटु, पपुवा न्यू गिनी को आधिकारिक भाषाको आधार थियो । १९६० को दशकदेखि यो मोटु भाषा को गिरावट आयो र टोक भाषा को लोकप्रियता बढ्दै गयो । हिरी यात्रीहरू ठूलो मात्रामा थिए ।[३] प्रत्येक ६०० जना पुरुषले २० वटा बहु-सङ्ख्यक समुद्री डुङ्गा वा लाकातोई को प्रयोगले प्रत्येक यात्रामा २०,००० माटाको भाँडा-बर्तनको कारोबार गरे । मोटुआनहरूको लागि, हिरी एक आर्थिक उद्यम थियो र यसको लामो र खतरनाक यात्रा को माध्यम ले आफ्नो आदिवासी पहिचान को पुष्टि गर्दथ्यो ।[४]

स्वतन्त्रता सम्पादन गर्नुहोस्

सेप्टेम्बर १९७५ मा, पोर्ट मोरेस्बी लाई राजधानी बनाइ पपुवा न्यू गिनी एक स्वतन्त्र देश भयो ।[५]

जलवायु सम्पादन गर्नुहोस्

पोर्ट मोरेस्बी को जलवायु उष्णदेशीय चक्रवात को छ र वर्ष भरि यस प्रकारको जलवायु रहन्छ । पोर्ट मोरेस्बी को औसत वार्षिक वर्षा मात्र १,००० मिलिमिटर वा ३९.३७ इन्च छ । जसको फलस्वरूप न्यू गिनी लाई एक सुख्खा स्थान हो भन्न सकिन्छ ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "citypopulation.de", citypopulation.de, अन्तिम पहुँच २०१०-०४-२५ 
  2. "March of Civilisation", The Argus (The Argus Office, Melbourne Victoria), ७ सेप्टेम्बर १९०९, पृ: ५, अन्तिम पहुँच २९ नोभेम्बर २००९ 
  3. "Progress in Papua", The Argus (The Argus Office, Melbourne Victoria), ५ सेप्टेम्बर १९२५, पृ: १२, अन्तिम पहुँच २९ नोभेम्बर २००९ 
  4. "Department of the Interior: Tenders", The Argus (The Argus Office, Melbourne Victoria), २५ जनवरी १९४१, पृ: १८, अन्तिम पहुँच २९ नोभेम्बर २००९ 
  5. "Prince of Wales and Duchess of Cornwall to make Australian visit", The Telegraph, १९ सेप्टेम्बर २०१२, अन्तिम पहुँच २१ सेप्टेम्बर २०१२ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्