पेटमा जुका पर्नु

गोलो जुकाका कारणले हुने स्वास्थ्य समस्या

पेटमा जुका पर्नु (अङ्ग्रेजीमा एस्कारियासिस) एउटा रोग हो जुन परजीवी गोलो जुकाको (वैज्ञानिक नाम: एस्कारिस लुम्ब्रिकोइडेस) कारणले हुने गर्दछ।[१] यदि जुकाहरूको संख्या कम मात्रामा छ भने ८५% भन्दा बढी घटनाहरूमा संक्रमणका कुनै लक्षणहरू देखिँदैनन्।[१] लक्षणहरू जुकाहरूको संख्यासँगै बढ्दै जान्छन् र सास फेर्न कठिनाई हुने र रोगको सुरूवाती अवस्थामा ज्वरो आउने जस्ता लक्षणहरू देखा पर्न सक्छन्।[१] यी लक्षणहरू पछि पेट सुन्निने, पेट दुख्ने र झाडापाखाला लाग्ने जस्ता लक्षणहरू देखा पर्न सक्छन्।[१] यो रोगबाट प्राय: गरेर बालबालिकाहरू प्रभावित हुने गर्दछन्, र यो उमेर समूहमा संक्रमणले गर्दा कम मात्रामा तौल बढ्ने, कुपोषण हुने र सिकाईमा समस्याहरू उत्पन्न हुने हुनसक्छ।[१][२][३]

पेटमा जुका पर्नु
विभाग:Infectious diseases, helminthologist Edit this on Wikidata

यो संक्रमण दिसामा पाइने जुकाका अण्डाहरू मिसिएको दुषित खाना खानाले तथा पानी पिउनाले हुने गर्दछ।[२] अण्डाहरू ठूलो आन्द्रामा गएर कोरलिन्छन्, तिनीहरूले आन्द्राको भित्तामा प्वाल बनाउँछन्, र रगतको माध्यमबाट फोक्सोसम्म फैलिने गर्दछन्।[२] त्यहाँ तिनीहरू वायुकोष्ठिका मा छिर्छन र श्वासनलीसम्म पुग्दछन्, जहाँ तिनीहरू खकार वा थुकको माध्यमबाट बाहिर निस्कन्छन् तथा तिनीहरूलाई निल्न पुगिन्छ।[२] त्यसपछि लार्भाहरू पेटहुँदै दोस्रो पटक ठूलो आन्द्रासम्म पुग्दछन् जहाँ तिनीहरू वयस्क जुका बन्न पुग्दछन्।[२]

उचित सरसफाईको माध्यमबाट रोकथाम गर्न सकिन्छ, जसमा शौचालयमा पहुँच र दिसाको उचित व्यवस्थापनमा सुधार ल्याउनुपर्ने जस्ता कुराहरू पर्दछन्।[१][४]साबुन-पानीले हात धुने गर्नाले पनि यसको रोकथाममा सहयोग पुग्दछ।[५] 20% भन्दा बढी जनसङ्ख्या प्रभावित भएका क्षेत्रहरूमा, हरेक व्यक्तिको नियमित रूपमा उपार गर्न सिफारिस गरिन्छ।[१] संक्रमण दोहोरिनु सामान्य कुरा हो।[२][६] यसको अहिलेसम्म कुनैपनि खोपबनेको छैन।[२]विश्व स्वास्थ्य सङ्गठन द्वारा सिफारिस गरिएका उपचारहरूमा एल्बेन्डाजोल, मेबेन्डाजोल, लेभामिसोल वा पिरान्टेल पोमाओट औषधिहरूको सेवन पर्दछ।[२] अन्य प्रभावकारी औषधिहरू ट्रिबेन्डिमिडाइननिटाजोक्सानाइडहुन्।[२]

विश्वभरि करीब असी करोड देखि एक अर्ब बीस करोड मानिसहरू एस्कारियासिसबाट पिडित छन्, यसबाट सबैभन्दा बढी प्रभावित मानिसहरू उप-साहारा अफ्रिका, ल्याटिन अमेरिका, र एसियामा छन्।[१][७][८] यस एस्कारियासिसलाई माटोबाट-प्रसारित हुने हेल्मिन्थियासिसको सबैभन्दा सामान्य स्वरूप भन्न सकिन्छ।[७] यसबाट मृत्यू हुनेहरूको संख्या 1990 मा 3400 जनाबाट 2010 सम्म करीब 2,700 जनामा झरेको छ।[९] अर्को प्रकारको जुका ले सुँगुरहरूलाई संक्रिमित गर्दछ।[१]

सन्दर्भहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ १.२ १.३ १.४ १.५ १.६ १.७ १.८ Dold, C; Holland, CV (Jul २०११), "Ascaris and ascariasis.", Microbes and infection / Institut Pasteur 13 (7): 632–7, डिओआई:10.1016/j.micinf.2010.09.012, पिएमआइडी 20934531 
  2. २.० २.१ २.२ २.३ २.४ २.५ २.६ २.७ २.८ Hagel, I; Giusti, T (Oct २०१०), "Ascaris lumbricoides: an overview of therapeutic targets.", Infectious disorders drug targets 10 (5): 349–67, डिओआई:10.2174/187152610793180876, पिएमआइडी 20701574 
  3. "Soil-transmitted helminth infections Fact sheet N°366", World Health Organization, जुन २०१३। 
  4. Ziegelbauer, K; Speich, B; Mäusezahl, D; Bos, R; Keiser, J; Utzinger, J (Jan २०१२), "Effect of sanitation on soil-transmitted helminth infection: systematic review and meta-analysis.", PLoS medicine 9 (1): e1001162, डिओआई:10.1371/journal.pmed.1001162, पिएमआइडी 22291577, पिएमसी 3265535 
  5. Fung, IC; Cairncross, S (Mar २००९), "Ascariasis and handwashing.", Transactions of the Royal Society of Tropical Medicine and Hygiene 103 (3): 215–22, डिओआई:10.1016/j.trstmh.2008.08.003, पिएमआइडी 18789465 
  6. Jia, TW; Melville, S; Utzinger, J; King, CH; Zhou, XN (२०१२), "Soil-transmitted helminth reinfection after drug treatment: a systematic review and meta-analysis.", PLoS neglected tropical diseases 6 (5): e1621, डिओआई:10.1371/journal.pntd.0001621, पिएमआइडी 22590656, पिएमसी 3348161 
  7. ७.० ७.१ Keiser, J; Utzinger, J (२०१०), "The drugs we have and the drugs we need against major helminth infections.", Advances in parasitology 73: 197–230, डिओआई:10.1016/s0065-308x(10)73008-6, पिएमआइडी 20627144 
  8. Fenwick, A (Mar २०१२), "The global burden of neglected tropical diseases.", Public health 126 (3): 233–6, डिओआई:10.1016/j.puhe.2011.11.015, पिएमआइडी 22325616 
  9. Lozano, R (Dec १५, २०१२), "Global and regional mortality from 235 causes of death for 20 age groups in 1990 and 2010: a systematic analysis for the Global Burden of Disease Study 2010.", Lancet 380 (9859): 2095–128, डिओआई:10.1016/S0140-6736(12)61728-0, पिएमआइडी 23245604