साझा लोकसाहित्य पुरस्कार

साझा लोकसाहित्य पुरस्कार साझा प्रकाशनले स्थापना गरेको पुरस्कार हो ।

साझा प्रकाशनबाट प्रकाशित स्व. बोधविक्रम अधिकारीको नेपाली दन्त्यकथा नामक पुस्तकको लेखकले पाउने लेखकस्वको रकमबाट उहाँकै इच्छाअनुसार २०३२ सालमा यसको स्थापना भएको हो । यो पुरस्कार नेपाली भाषामा लेखिएको नेपाली लोकजीवन, लोकसंस्कृति, लोककथा, लोकगीत, लोकभाषा आदि विषयका कृतिहरूमध्येबाट प्रत्येक वर्ष एक कृतिलाई प्रदान गरिन्छ । हाल यस पुरस्कारको राशि १५ हजार छ ।

पुरस्कृत कृति, वर्ष र व्यक्ति सम्पादन गर्नुहोस्

कृति वर्ष (वि.सं.) व्यक्ति
हाम्रो लोककथा २०३८ लीलासिंह कर्मा
धिमाल लोकधर्म र संस्कृति २०३९ तुलसी दिवस
राउटे लोकजीवन २०४० पूर्णप्रकाश नेपाल 'यात्री'
लोकसंस्कृतिको घेरामा लमजुङ २०४१ धर्मराज थापा
घुम्टोभित्रको सयरङ्गी अनुहार: हुम्ला २०४६ श्रीकृष्ण गौतम
किराँती लोककथाहरू २०४७ शिवकुमार श्रेष्ठ
चेपाङ समुदाय र संस्कृति २०५१ राममणि ढुङ्गेल
नेपाली लोकजीवनः लोकविश्वास २०५५ हंसपुरे सुवेदी
मैथिली संस्कृति २०५६ डा. रामदयाल राकेश
नेपाली लोकगीतको आलोक २०५७ कृष्णप्रसाद पराजुली
केन्द्रीय नेपाली भाषिकाका उखान र गाउँखाने कथा २०५८ रत्नाकर देवकोटा
गौरापर्वः एक परिचय २०५९ पद्मराज जोशी 'प्रभात'

बाहिरी लिङ्कहरू सम्पादन गर्नुहोस्