हाम्रो हिन्दुवैदिक १६ संस्कारमध्ये पुंसवन संस्कार दोश्रो हो । गृहस्थ जीवनमा प्रवेश गरेपछिको दोश्रो कर्तव्यका रूपमा यसलाई लिने गरेको पाइन्छ । (संस्कृत: पुंसवन) Pums + savana को एक मिश्रित शब्द हो। अर्थ हल्लिनु , "सार्नु", र "एक मानव, आत्मा वा आत्मा" हो, जबकि सवान को अर्थ "समारोह, संस्कार, बलिदान, उत्सव" हो। यस प्रकार शाब्दिक अर्थ "एक प्राणी, आत्मा को छिटो" हो, र यो सामान्यतया "एक पुरुष वा महिला भ्रूण छिटो, एक पुरुष वा महिला बच्चा ल्याउन" को रूप मा अनुवाद गरिएको

गर्भावस्था देखाउन सुरु हुँदा, सामान्यतया गर्भावस्था को तेस्रो महिना मा वा पछि र सामान्यतया भ्रूण कोख मा सार्न सुरु हुनु भन्दा पहिले पालन गरिएको एक अनुष्ठान हो।  यो समारोहले विकासशील भ्रूणको पासको अनुष्ठान मनाउँछ, जहाँ बच्चाले बच्चाको विकासमा कोसेढुङ्गाको रूपमा किक गर्न सुरु गर्दछ।

मूलतः गर्भस्थ शिशुको समुचित विकासका निमित्त पुंसवन संस्कार गरिन्छ । गर्भस्थ शिशुमाथि आमाबाबुको गहिरो प्रभाव पर्छ । यसकारण पनि पुंसवन संस्कारलाई महत्त्व दिएको हुनु पर्छ ।

यसको पहिलो उद्देश्य पुत्र प्राप्ति रहेको पाइन्छ भने स्वस्थ, सुन्दर तथा गुणवान् शिशु प्रप्तिका रूपमा दास्रो उद्देश्य रहेको देखिन्छ । पहिलो उद्देश्यका बारेमा स्मृतिसंग्रहमा यस्तो लेखिएको छ -

गर्भात् भवेच्च पुंसूते पुंस्त्वस्य प्रतिपादनम् ।

अर्थात् संबन्धित गर्भबाट पुत्र जन्मियोस् भनेर पुंसवन संस्कार गरिन्छ । यसै क्रममा गर्भ रहेको तिन महिना भए पछि मनमा पुत्रको कामना राख्दै सुत्ने बेलामा अर्थसहित निम्न लिखित मन्त्र सुनाइन्छ -

पुमान्नग्नि पुमानिन्द्रः पुमान्देवो बृहस्पति, पुमांसं पुत्रं विन्दस्व तं पुमान्ननुजायताम् ।

अर्थात् अग्निदेव पनि पुरुष थिए, इन्द्रदेव पनि पुरुष थिए, देवताका गुरु पनि बृहस्पति पनि पुरुष नै थिए त्यसकारण तिमीलाई पनि पुरुषत्वयुक्त पुत्र नै प्राप्त हुन्छ ।

गर्भिणी महिलाको पुंसवन संस्कारका लागि नीतिले निजकै पतिलाई आधिकारिक व्यक्ति मानेको छ । यसबाहेक गर्भाधानादि अन्य संस्कार पनि पतिद्वारा नै सम्पन्न हुनु पर्ने कुरा निम्न लिखित नीति श्लाकले निर्देश गरेको छ -

पतिः पुसवनसंस्कारस्य प्रथमोऽधिकारी वर्तते ।

गर्भाधानादिसंस्कर्ता पतिः श्रेष्ठतमः स्मृतः ।

यजुर्वेदमा बताए अनुसार शुभ मंगलमय मुहूर्तमा भद्रं कर्णेभिः श्रृणुयाम देवाः ...., मङ्गलं भगवान् विष्णुः मङ्गलं गरुडध्वजः, मङ्गलं पुण्डरीकाक्षः मङ्गलायतनो हरिः आदि माङ्गलिक स्तोत्र पाठ गर्नु पर्छ । तत्पश्चात् दीप, कलश, गणेश पूजन गरी वटवृक्ष (वर)का नयाँ पाउला, पात तथा कुशको जरालाई पानी मिसाएर पिसी रस बनाइन्छ । सो रसरुप आैषधि पुत्रप्राप्ति कामनाकासाथ गर्भिणीका दाहिने नाकको प्वालबाट पियाइन्छ । यो कार्य निजका पतिले पूरा गर्नुपर्ने बताइएको छ । सो कार्य गर्दा उच्च स्वरले तलको वैदिक मन्त्र उच्चारण गरिन्छ -

ॐ हिरण्यगर्भ समवर्तताग्रे भूतस्य जातः पतिरेक आसीत्,

सदाधार पृथिवीं द्यामुतेमां कस्मै देवाय हविषा विधेम

सन्दर्भ स्रोत

सम्पादन गर्नुहोस्

[१]

यो पनि हेर्नुहोस्

सम्पादन गर्नुहोस्