पाल्पा दरबार सङ्ग्रहालय

पाल्पा दरवार पाल्पा जिल्लामा अवस्थित ऐतिहासिक तथा पर्यटकीय महत्त्वको दरवार हो। अत्यन्त आधुनिक शैलीमा बनाइएको यस दरवारमा ४ तला ६३ कोठा २ बैठक कक्ष र २ बुर्जा समेत रहेका छन्। पश्चिम कमान्डर जनरल प्रताप शमशेरले प्रशासकीय कार्य सञ्चालन गर्न निजी प्रयोजनका लागि विसं १९८२ सालदेखि १९८९ [] मा बेलायती शैलीमा बनाइएको यो दरवारमा ७-१४-२-१ रोपनी क्षेत्रफलमा फैलिएको छ।[] राजा महेन्द्रले विसं २०१५ मा प्रशासनिक कार्यालयका लागि सञ्चालनमा ल्याएका थिए । दरबारमा जिल्ला प्रशासन कार्यालय, मालपोत, सरकारी वकिलको कार्यालय र प्रमुख जिल्ला अधिकारीको निवासलगायतका संरचना रहेको थियो ।

पाल्पा दरबार
पाल्पा दरबार सङ्ग्रहालय
नक्सा
सामान्य विवरण
अवस्थापुन:निर्मित
स्थानतानसेन, पाल्पा, नेपाल
सहरतानसेन
राष्ट्रनेपाल
निर्देशाङ्क२७°५२′०२″N ८३°३२′४२″E / 27.8673°N 83.5451°E / 27.8673; 83.5451
सम्पन्नवि.सं १९६९


२०६२ माघ १८ गते विद्रोही माओवादीको आक्रमणमा परि यो दरबार पूर्णरूपमा ध्वस्त भएको थियो। त्यसपछि २०६४ असार २१ बाट शान्ति तथा पुनः निर्माण मन्त्रालयको सहयोगमा सहरी विकास तथा भवन निर्माण विभाग पाल्पाबाट पुनर्निर्माण कार्य सुरु गरि २०७० जेठ २० मा, कार्य सम्पन्न भएको थियो।.[]


हाल यो पाल्पा दरबार सङ्ग्राहलयको रुपमा रहेको छ।

चित्र दीर्घा

सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "पाल्पा दरबार सङ्ग्रहालयमा पर्यटकको आकर्षण", इकागज, माघ २६, २०७।  वेब्याक मेसिन अभिलेखिकरण २०२४-०४-२४ मिति
  2. "सुनसान पाल्पा दरबार", कान्तिपुर दैनिक (नेपालीमा), अन्तिम पहुँच २०२२-१०-१३ 
  3. "Rebuilding Palpa Palace", Nepali Times, अन्तिम पहुँच २०२२-१०-१३