पाकिस्तान टुडे

पाकिस्तानी समाचारपत्र

पाकिस्तान टुडे पाकिस्तानमा आधारित एक अङ्ग्रेजी भाषाको पत्रिका हो जसलाई नव मिडियाले पाकिस्तानका पाँच प्रमुख सहरहरू तथा व्यापारीक केन्द्रहरू जस्तै लाहोर, पञ्जाब, कराची, सिन्ध र इस्लामबाद राजधानी क्षेत्रहरूबाट दैनिक रूपमा प्रकाशन गरिन्छ। [१]

पाकिस्तान टुडे
प्रकारदैनिक पत्रिका
ढाँचादोहोरो पृष्ठ
मालिक(हरू)नव मिडिया निगम
संस्थापक(हरू)आरिफ निजामी
प्रकाशकआरिफ निजामी
सम्पादकआरिफ निजामी, सरमद बसिर
कर्मचारी लेखकबाबुर निजामी (कार्यकारी)
भाषाअङ्ग्रेजी
मुख्यालयलाहोर, पञ्जाब, पाकिस्तान
अमाक्रस1098-8424
OCLC number38894207
वेबसाइटआधिकारिक वेबसाइट
स्थापनासन् २०१०

सेवाको सञ्चालन सम्पादन गर्नुहोस्

यस दैनिक पाकिस्तानी अङ्ग्रेजी भाषाको पत्रिकाको प्रधान कार्यालय पाकिस्तानको प्रमुख सहर लाहोरमा अवस्थित छ। पत्रिकालाई सन् २०१० मा सम्पादक, प्रकाशक तथा वरिष्ठ पत्रकार अरिफ निजामीले स्थापना गरेका थिए।[२] यो लाहोरमा आधारित प्रमुख प्रकाशनहरू मध्येको एक नव मिडियाको एक भाग हो वा यसको सम्पूर्ण सञ्चालन नव मिडियाको मातहतमा रहेको छ। उक्त प्रकाशन कम्पनी नव मिडियालाई सन् २००८ मा पत्रिकाका संस्थापक अरिफ निजामीलेनै गरेका थिए। अरिफ निजामी एक वरिष्ठ पाकिस्तानी पत्रकार हमेद निजामीका (३ अक्टोबर १९१५ – २२ फेब्रुअरी १९६२) छोरा हुन्। उनकन पिता हमेद निजामी दैनिक रूपमा प्रकाशन हुने पाकिस्तानी पत्रिका नव-आई-वक्त र द नेसन नामक पत्रिकासँग सम्बद्घ थिए।[३]

पाकिस्तान टुडे दोहोर पत्र ढाँचामा प्रकाशित हुने पाकिस्तानको पहिलो पत्रिका पनि हो। पत्रिकाले यसको सम्पादकीय र सामग्रीहरूको माध्यमबाट उदार तथा मध्यम सम्पादकीय नीतिलाई समर्थन गर्दछ।

पत्रिका प्रकाशन हुने माध्यमहरू सम्पादन गर्नुहोस्

यसले प्रकाशन गर्ने सामग्रीहरू प्रिण्ट, वेबसाइट, मोबाइल वेबसाइट, अनुप्रयोग, एन्ड्रोइड, आइओएस र ब्ल्याकबेरीका मञ्चहरू मार्फत उपलब्ध छ।

सुरक्षाप्रति कम्पनी प्रतिबद्धता - कम्पनीले सुरक्षित गरेका शारीरिक तथा इलेक्ट्रोनिक्स र प्रबन्धकीय प्रक्रियाहरू सुरक्षित राख्छ र अनधिकृत पहुँच रोक्न, आँकडाहरूको सुरक्षा कायम राख्न, र अनलाइन सङ्कलन गरेका जानकारीलाई सही तरिकाले प्रयोग गर्नका लागि यसले कदम चालेको छ।

गोपनियता नीति सम्पादन गर्नुहोस्

जानकारीमा पहुँच - वेबसाइट पेश गरिएका व्यक्तिगत पहिचान योग्य जानकारीहरू पहुँच बिन्दुबाट सीमित समयको लागि पहुँचयोग्य हुन सक्छन्।

कम्पनीले प्रयोग गर्ने जानकारीहरू - तपाइले बुझाउनु भएको जानकारी सञ्चार र सम्पर्कको लागि प्रयोग हुन्छ। तपाईको अनुरोधहरू पूरा गर्न, सोधपुछको जवाफ दिन र अन्य उत्पादन, कार्यक्रमहरू वा सेवाहरूका लागि प्रदान गरिएको जानकारीहरूको कम्पनीले प्रयोग गर्दछ।

खबरीस्तान टुडे सम्पादन गर्नुहोस्

समाचार पत्रको व्यङ्ग्य स्तम्भ खबरिस्तान टुडे हो। यसका सामग्रीहरू अक्सर अपरिचित भएकाले यसको व्यङ्ग्य कहिलेकाँहि पश्चिमी दर्शकहरूका माझ हराउँदछ। सन् २०१४ मा पाकिस्तानी इस्लामी विचार विज्ञान परिषद्ले सबै महिलाहरू अन्तर्राष्ट्रिय गैर इस्लामिक हुन् भनेर दावी जारी गरेको थियो र उक्त समाचारलाई इण्टरनेट र मूलधार समाचारका स्रोतले उठाएका थिए।[४]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. सराह इलाही (८ अक्टोबर २०१०), "Former 'The Nation' editor launches new publication", द एक्सप्रेस ट्रिब्युन (पत्रिका), अन्तिम पहुँच २१ अक्टोबर २०१९ 
  2. सलमान मसुद (२२ नोभेम्बर २०११), "Pakistan's Ambassador to the U.S. is Forced Out", न्यू योर्क टाइम्स, अन्तिम पहुँच २१ अक्टोबर २०१९ 
  3. Arif Nizami To Become CEO of Channel 24 Pakistan Media Updates, १ जुलाई २०१५; अधिगमन मिति २१ अक्टोबर २०१९
  4. Singh, Jagdish N (१६ जुन २०१४), "Protecting women's rights", द जेरुसेलम पोष्ट, मूलबाट २४ जुन २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ अक्टोबर २०१९ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्