तेस्रोलिङ्गी व्यक्तिहरूको अधिकार राज्य र देश अनुसार फरक छ । तेस्रोलिङ्गीको अवधारणा दक्षिण एसियामा नेपाल, भारत, पाकिस्तान र बङ्लादेशमा मात्र छ । तेस्रोलिङ्गीको अवधारणा विशेषतः हिन्दु धर्म र मुश्लिम धर्म सँग सम्बन्धित लैङ्गिक पहिचान हो । विश्वका विभिन्न संस्कृतिहरूमा महिला र पुरुष बाहेक परम्परागत रूपले विभिन्न लैङ्गिक पहिचानहरूको स्वीकार्यता रहेतापनि तेस्रोलिङ्गीकै अवधारणा भने यो क्षेत्र विशेष मात्र हो ।

नेपाल सम्पादन गर्नुहोस्

नेपालमा सन् २००७मा तेस्रोलिङ्गी व्यक्तिहरूले मान्यता पाएका थिए । [१] [२]

अधिकारकर्मी सम्पादन गर्नुहोस्

पाकिस्तान सम्पादन गर्नुहोस्

पाकिस्तानमा तेस्रोलिङ्गी व्यक्तिहरूलाई ख्वाजा सिराको रूपमा चिनिएको छ । पञ्जाबी भाषामा खुस्रा र सिन्धी भाषामा खदरा भनी तेस्रोलिङ्गी व्यक्तिहरूलाई चिनिन्छ । [३]

इतिहास सम्पादन गर्नुहोस्

पाकिस्तानमा ख्वाजा सिराको इतिहास मुगल साम्राज्यको बेला देखि सुरु भएको मानिन्छ । पाकिस्तानी संस्कृतिमा ख्वाजा सिरालाई वरदानको रूपमा हेरिन्छ र तेस्रोलिङ्गी व्यक्तिहरू प्रति सहोरदयता छ । [४]

बङ्लादेश सम्पादन गर्नुहोस्

बङ्गलादेशमा तेस्रोलिङ्गी व्यक्तिहरूलाई हिजडाको रूपमा चिनिएको छ । [५]

मान्यता सम्पादन गर्नुहोस्

सन् २०१३ नोभेम्बर ११ तारिखका दिन बाङ्लादेशको सरकारले तेस्रोलिङ्गी व्यक्तिहरूलाई मान्यता दिने निर्णय गरेको थियो । त्यस निर्णयमा हिजडाहरूलाई तेस्रोलिङ्गीका रूपमा पहिचान दिने र सबै कागजपत्रहरूमा महिला, पुरुष र हिजडा भनी विधाहरू दिने निर्णय गरिएको थियो ।

समाज कल्याण मन्त्रालय सम्पादन गर्नुहोस्

बङ्लादेशको समाज कल्याण मन्त्रालयले सामाजिक सुरक्षा कार्यक्रम मार्फत् ज्येष्ठ तेस्रोलिङ्गी नागरिकलाई भत्ता प्रदान गरेको छ । हिजडा समुदायका व्यक्तिहरूलाई शिक्षामा छात्रवृत्ति पनि प्रदान गरिएको छ । [६]

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Supreme Court of Nepal. Apr. 2007. Sunil Babu Pant and Others v. Nepal Government वेब्याक मेसिन अभिलेखिकरण ११ अक्टोबर २०१६ मिति
  2. "Sunil Babu Pant and Others/ v. Nepal Government and Others, Supreme Court of Nepal", National Judicial Academy Law Journal, २००८, मूलबाट ११ अक्टोबर २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच २६ अप्रिल २०१६  वेब्याक मेसिन अभिलेखिकरण ११ अक्टोबर २०१६ मिति
  3. Beck, Charity, "A Second Look at Pakistan's Third Gender", Positive Impact: Worldwide Movement Encouraging Positive Solutions for Life, Positive Impact Magazine, मूलबाट ८ जनवरी २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच १४ अगस्ट २०१८  वेब्याक मेसिन अभिलेखिकरण ८ जनवरी २०१४ मिति
  4. Khan, Faris A. (२०१६), "Khwaja Sira Activism: The Politics of Gender Ambiguity in Pakistan", TSQ: Transgender Studies Quarterly 3: 158–164, डिओआई:10.1215/23289252-3334331 
  5. Karim, Mohosinul (२५ अक्टोबर २०१४), "Hijras Now a Separate Gender", Dhaka Tribune, मूलबाट १० सेप्टेम्बर २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच ९ सेप्टेम्बर २०१७ 
  6. "ecognition of ‘Hijra’ as Third Gender in Bangladesh", मूलबाट १९ नोभेम्बर २०२०-मा सङ्ग्रहित।