नरनारायण पाँडे जसलाई पाँडे भनी चिनिन्छ, भद्रगोल टेलिनाट्य श्रंखलाका मुख्य पात्र हुन् ।

नरनारायण पाँडे
भद्रगोल पात्र
पहिलो उपस्थितिभद्रगोल
रचनाकारअर्जुन घिमिरे
प्राप्त जानकारी
उपनामपाँडे
प्रजातिमानिस
लिङ्गपुरुष
पेशाचोर, ठग, ढोंगी तथा जालसाज
आफन्तजयन्त पाँडे (भतिज)
राष्ट्रियतानेपाली

चरित्र सम्पादन गर्नुहोस्

उनी चोरी, ठगी, जालसाजी तथा ढोंगका लागि प्रसिद्ध छन् । मुड्खु भञ्ज्याङ्गका बासिन्दा नरनारायण पाँडे गाउँका सबैभन्दा गरिब तथा अल्छी व्यक्ति हुन् । गाउँका साधारण मानिसहरूलाई झुक्याउने तथा प्रलोभन गराउने गर्छन् । पाँडेको विवाह तथा सन्तानहरू भएको देखिदैन । उनी एक झुपडीमा बस्छन् जसलाई कटेज भनी सम्बोधित गर्छन् । उनका नजिका साथीहरूमा जिग्री, कक्रोज तथा बले, आदि पर्छन् ।

परिवार सम्पादन गर्नुहोस्

नरनारायण पाँडे एक क्षेत्री परिवारका सदस्य देखिन्छन् । उनी काजी कालु पाँडेका वंशज भएको दाबी गर्छन् । त्यसैले स्वयम्लाई पाँडे काजीको सम्बोधन गर्छन् । उनका परिवारमा एक भतिज छन् - जयन्त पाँडे ।

सन्दर्भ साम्रगीहरू सम्पादन गर्नुहोस्