मुख्य सूची खोल्नुहोस्


अक्सर अग्लो कद, मिजासिलो बोली, स्वाभिमान आँखा, मेहनेती अनि झ्वाट्ट हेर्दा बाहुन क्षेत्री जस्ता लाग्ने पहाडिया मुसलमानहरू नेपालको ५५ वटा पहाडी जिल्लामध्ये ४८ वटा जिल्लामा छरीएर बसोबास गर्दै आएका छन्। यसमा पनि नेपालको मध्य र पश्चिम पहाडी जिल्लाहरू गोरखा, तनहुँ, कास्की, स्याङ्जा, पाल्पा, अर्घाखाँची, प्युठान, दैलेख, अछाम आदि जिल्लामा यि पहाडिया मुसलमानहरूको बाक्लो बसोबास रहेको छ। समग्रमा नेपालमा मुसलमानहरू पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म, उत्तर हिमालदेखि दक्षिण तराईको सरहदसम्म साथै ७५ जिल्लामा छरिएका छन्। कश्मीरी मुसलमान, पहाडिया मुसलमान र तराईका मुसलमान गरी तीन थरीका यि मुसलमानहरू जस्ले ई.स. २००१को जनगणनाअनुसार नेपालको जनसङ्ख्याको ४.२७२ प्रतिशत -९७५९४९) ओगटेका छन् भने जनसङ्ख्याको ९७ प्रतिशत तराईमा र ३ प्रतिशत पहाडमा बसोबास गर्दै आएका छन्। तीन प्रतिशत मध्य कश्मिरी मुसलमान बाहेक पहाडिया मुसलमान जो ई.स. १९९१ र २००१को जनगणनामा मुसलिमभन्दा फरक जातिको रूपमा पूर्व मेचीदेखि भनेर पहिचान गरिएको छ भने मातृभाषा पनि भनेर उल्लेख गरिएको छ। ई.स. १९९१को जनगणनामा १७७८ - ०.००९४ प्रतिशत) रहेका यी पहाडिया मुसलमानहरू पछिल्लो ई.स. २००१को जनगणनामा ४८९३ सङ्ख्या -०.०२ प्रतिशत) रहेका छन्।

नेपालमा पहाडिया मुसलमानहरूको प्रवेशसम्पादन

नेपालमा पहाडिया मुसलमानहरूको प्रवेश कहिलेदेखि भयो भन्ने जान्नु अघी नेपालमा सबै थरीका मुसलमानहरू कसरी र कहिले कुन समयमा भयो भन्ने कुराको चर्चा गर्नु सान्दर्भिक हुनेछ।

  • सातौँ शातब्दीतिर लिच्छविकालमा नेपालबाट अरब देशमा व्यापार हुने गरेको देखिन्छ। ई.सं ७८२-७८३ तिर लेखिएको अरबी पुस्तक 'हुउद अल आलम'मा नेपालबाट अरब देशमा कस्तूरी जान्थ्यो भन्ने कुरा उल्लेख भएको छ। यसबाट त्यसबेला देखि नै नेपालसँग मुसलमानहरू सम्पर्कमा आएको देखिन्छ। समय समयमा भारतमा मुगलहरूले गरेको राज्य विस्तारको क्रममा यिनीहरूले नेपालको तराईसम्म पनि राज्य विस्तार गरेको देखिन्छ। शमसाउद्धीन इल्तुतमिश (ई. सं. १२३६), अलाउद्धिन खिजली - १३२५), मुहम्मद तुगलक - ई.सं. १३५०), सिकन्दर लोदी (ई.सं.१५१७), इब्राहीम लोद,(ई.सं. १५२६), शेर शाह सूर - ईंसं. १५४५), अकरवर -ई.सं. १६०५) आदिका राज्य विस्तारका क्रममा नेपालको तराई अछुतो रहेन। यसरी नै ई.सं. १३२४मा गयासुद्धीन तुगलकको सिमराको सिम्रौनगढमा आक्रमण, ई.सं. १३४९मा सुल्तान शमसुद्धीनबाट काठमाण्डौमा लुटपाट भएको देखिन्छ। त्यसबखत तिनीहरूको समय र प्रकृति अनुसारको उपस्थिति देखिन्छ। तर स्थायी बसोबास भएको भने देखिदैन।
  • स्थायी रूपमा बसोबास राजा रत्न मल्ल (ई.सं. १४८४-१५२०)को पालामा भएको देखिन्छ। कश्मीरका मुसलमानहरू ल्हासास्थित राजा रत्न मल्लका दूतको सम्पर्कपछि नेपाल आएको थिए। ती कश्मिरी मुसलमानहरूलाई मुन्सीखानाको व्यवस्था गरी राजा रत्न मल्लले राखेका थिए। तिनीहरूबाट दिल्लीका सुल्तानसँग पत्राचार गर्ने व्यवस्था पनि गरेका थिए। राजा रत्न मल्लका पालामा प्रवेश भएका मुसलमानहरू राजा भाष्कर मल्लका राज्यकाल (ई.सं. १७००-१७२२)मा आउँदा दरबारमा मुसलमानहरूको दबदबा खुब बढेको थियो। मुसलमानरू काजी पदमा सम्म पुगेका थिए।
  • दोस्रो चरणमा नेपाल प्रवेश गर्ने मुसलमानहरू पहाडिया मुसलमानहरू हुन्, यिनीहरूको चर्चा पछि गरिनेछ। तेस्रो चरणमा नेपाल प्रवेश गर्ने मुसलमानहरू ई.सं. १८५७को गरदको असफल हुँदै जानेक्रममा लखनऊका नवाव वाजिद अलि शाहका पत्नी वेगम हजरत महल साथै लिल्लीका मुगल सम्राट बहादुर शाह जफरमा मुˆती (मुसलमान धर्मोपदेशक) मौलाना सर्फराज अलि शाहसँगै मुसलिमहरूको एउटा ठूलो डफ्फा नेपाल भित्रिएको थियो। मौलाना तथा वेगमहरू काठमाडौं पुगे भने ठूलो जमात तराईमा कृषि कामदार (काश्तकारी)को रूपमा अडिए, तिनीहरू नै तराईका बासिन्दाका रूपमा रही आएका छन्।
  • ई.सं. १८५७को गरद दबाउन सहयोग गरेबापत २ डिसेम्वर १८१५मा भएको सुगौली सन्धिमा गुमेको काली र राप्ती नदीको मध्य अवस्थित सम्पूर्ण समतल भूमि (तराई) र राप्ती नदीदेखि गोरखपुर जिल्लाको मध्ये अवस्थित सम्पूर्ण समतल भूमि (तराई) जब १ नवम्बर १८६०को सन्धि धारा २ अन्तर्गतले व्यवस्था गरेको नेपालको सो जमीन फिर्ता पायो, त्यो भूभागमा बसोबास गर्ने मुसलमानहरू स्वतः नेपालको सिमाना भित्र परेका थिए। यसको सङ्ख्या ठूलो मात्रामा थियो, यो नै चौथो चरणको मुसलमानहरूको नेपालमा प्रवेश थियो।
  • सबैभन्दा पछिल्लो चरण मुसलमानहरूको नेपाल प्रवेश जव चीनले ई.सं. १९५९मा तिब्बत उपर आधिपत्य जमायो त्यहाँबाट तिब्बती मूलका मुसलमानहरू नेपाल पसे। जो एकसय परिवारहरू काठमाडौंमा गलैंचा व्यवसाय गरी बसेका छन्।
  • यस पंक्तिको केन्द्र बिन्दुमा रहेको पहाडिया मुसलमानहरू जो दोस्रो चरणमा नेपाल भित्रिएका हुन्, तिनीहरू सत्रौ शताब्दीको अन्त्यतिर बाइसे र चौबीसे राज्यका स्थानीय शासकहरूका पालमा भित्रिएका हुन्। त्यसबखत भारतमा मुगल साम्राज्यको चकचकी थियो। मुगल सेनामा गोला बारूद, बन्दुकको उत्तम शीपको प्रयोगबाट प्रभावित भएर बाइसे चौबीसे राजाहरूले आफ्नो सेनालाई मजबुत बनाउन मुसलिम तोपची, कलाकार र बन्दुक निर्माण गर्ने कालिगढहरूलाई निम्त्याएका थिए। यी आगन्तुकहरूमा सैनिक सीप जान्ने मात्र होइनन्, कृषि औजार, भाँडाकुडा र गरगहना बनाउने शील्पकारहरू पनि थिए साथै तिजारतमा पनि सिपालु थिए। यिनीहरूलाई स्थानीय शासकहरूबाट बसोबास र खेती गर्नका लागि जग्गाहरू पनि प्रदान गरिएको थियो। कहीँकहीँ जिम्वाली पनि दिएका थिए। खास गरेर यिनीहरूको पेशा कृषि नै थियो। हातहतियार बनाउन लगायत दरबारिया स्त्रीहरूको श्रृङ्गारपटार गर्न ल्याइएका यी मुसलमानहरू तिजारत (व्यापार)मा सिपालु हुनुको साथै भारत जानेआउने बाटोको ज्ञान र त्यहाँ उत्पादित सौन्दर्य प्रशाधनका लागि आवश्यक चीजबीज चुरा, धागो, पोते ल्याई बिक्री गर्ने गर्दथे। त्यही चुराको व्यापार गर्ने भएकाले यिनीहरू 'चुरेटा' भन्न थालिएको हो।

विमतिका स्वरहरूसम्पादन

आफूलाई होच्याएर सम्वोधन गरिने शब्द 'चुरेटा' बाट पहाडिया मुसलमानहरूको विमति रही आएको छ। श्री ३ जंगबहादुर राणाले विक्रम् सम्वत् १९१० सालमा लागु गरेको ऐन सवालको भाग ८मा पहाडिया मुसलमान 'चुरेटा' र विदेशी मुसलमानबीच विभेद गरिएको थियो। पानी नचल्ने, छोए छिटो हाल्नु नपर्ने जातमा विदेशी मुसलमानको दाँजोमा पहाडिया मुसलमानलाई तल पारिएको थियो। सो ऐन सवालको निरन्तरतासँगै विक्रम् सम्वत् १९९२ सालको ऐन सवाल भाग पाँचको नं. २१मा 'हाम्रा मुलकका बासिन्दा चुडाल मुसलमान (चुरा बेच्ने मुसलमान) जाति ... ' भन्ने उल्लेख भएको छ। बाहिरबाट आएका मुसलमान र पहाडिया मुसलमान 'चुरेटा' बीच दण्ड प्रणालीमा पनि भिन्न बनाइएको थियो। यिनीहरू मुसलमान हुँदाहुँदै पनि व्यवसायको आधारमा जाति निर्माण गरी 'चुरेटा' बनाइएका थिए। ऐन सवालमा मात्र होइन आधिकारिक शब्दकोशहरू यहाँसम्म कि च्ब्ीएज् ीक्ष्ीभ्थ् त्ग्च्ल्भ्च्को 'ब् ऋइःएब्च्ब्त्क्ष्ख्भ् ब्ल्म् भ्त्थ्ःइीइन्क्ष्ब्ी म्क्ष्ऋत्क्ष्इल्ब्च्थ्', विद्यामहावारिधि डा. पारसमणिप्रधानको 'ठूलो नेपाली अङ्ग्रेजी कोश' नेपाली शब्दको माऊ संस्कृत मान्नुहने भाषशास्त्री महानन्द सापकोटाको 'नेपाली शब्द परिचय' आदिमा चुरा व्यापारीलाई 'चुरेटा', 'चुरौटे' भनेर उल्लेख गरिएको छ। यि अपमानित शब्दको प्रयोगबाट यिनी पहाडिया मुसलमानहरू नाखुस छ र विमति राख्दै आएका छन्। ई.सं. १९९५ देखि अल नेपाल इत्तिहाद संघको व्यानर मुनि मुस्लमीहरूको बसोबास भएका जिल्लाहरूबाट प्रतिनिधित्व गरिएको अल नेपाल मुस्लीम कन्फरेन्सले नेपाली मुस्लीम समुदायको पक्षमा संकल्प प्रस्ताव पास गरेको छ। यसको साथसाथै यो कन्फरेन्सको उपयोग गरी आफूहरूले सदियौँदेखि गर्दै आएको चुरा बेच्ने पेशाको आधारमा जुन होच्याइएको 'चुरौटे' शब्दको विरुद्ध पहाडिया मुसलमाहरूले जोडदार विरोध गर्दै आएका छन्।

पाल्पामा मुसलमानहरूसम्पादन

बाइसे र चौबीसे राज्यमध्ये पाल्पा राज्य सबैभन्दा शक्तिशाली, सङ्गठित र समृद्ध राज्यको रूपमा रहेको थियो। सबैजसो बाइसे र चौबीसे राज्यहरू नेपाल अधिराज्यमा विलय हुँदाको बखतमा पनि पाल्पाले आफ्नो उपस्थितिलाई ज्यूँकात्यूँ राखि आएको थियो। गोर्खालीसँग राम्रो सम्वन्धकायम थियो भने दक्षिणको सिमाना पारि अवधको नवावको दरबारमा पनि त्यत्ति नै राम्रो सम्वन्ध रहेको थियो। सेन राजाहरूले आफ्नो राज्यलाई सिंगार्न बाहिरबाट सीप, कला कौशलहरू आयात गरेका उदाहरणहरू पाइन्छन्। व्यापार प्रवर्द्धनको लागि राजा मुकुन्द सेनले कश्मीरका कशौधनहरू बुटवलमा ल्याएका थिए, जो हालसम्म बुटवलका बासिन्दा रहेका छन्। यसरी नै नेवारी कलाकौशल भित्र्याउन नेपाल खालडोबाट नेवारहरू ल्याइएको कुरा इतिहासमा पाइन्छ। सत्रौँ शाब्दीको अन्त्यतिर सेन राजाहरूले आफ्नो सैन्य शक्ति सुदृढ पार्न भारतबाट हातहतियार, गोला, बारूद, तोप आदिको निर्माण लगायत भाँडाकुँडा, गरगहना साथै सौन्दर्य प्रशाधनका सामग्री बनाउनका लागि मुसलमानहरूलाई भित्र्याएका थिए। अहिले तिनै मुसलमानहरूका सन्तनहरू पहाडिया मुसलमानको रूपमा पाल्पा बस्दै आएका छन्। पाल्पा जिल्लाको चौधवटा गाउँ विकास समिति तथा तानसेन नगरपालिकामा गरी ई.सं. २००१को जनगणना अनुसार ८८९ जना यी पहाडिया मुसलमानहरू रहेका छन्। यिनिहरू जिल्लाको जनसङ्ख्या (२६८५५८)मा ०.३३ प्रतिशत रहेको छ। जिल्लामा सबैभन्दा धेरै यी पहाडिया मुसलमानहरू तानसेन नगरपालिका क्षेत्रभित्र रहेका छन्। हाल तानसेन नगरपालिका वडा नं. १२ र १३मा बसाई रहेका यी मुसलमानहरू त्यसबखतको जोगीपानी पाला अन्तर्गत चालिस कुरीयषले चिनिन्थ्यो भने यिनीहरू बसोबास गर्ने गाउँलाई 'चुरेटा गाउँ' भनेर भन्ने गरिन्थ्यो। भट्टारी, तल्लो गाउँ, ठूलो गाउँ भञ्याङ्ग, रातामाटा, गणेशधारा गरी पाँच टोलामा बाडिएको यो गाउँ व्यवसायको सिलसिलामा यहाँका बासिन्दाहरू यसगाउँबाट अन्यत्र विस्थापित भएर गएपछि यो गाउँ सुनसान छ। बारी बाँझो छ, घरहरू भत्किएका छन्, उराठलाग्दो छ तर एउटै कुरा मान्नु पर्छ बाँकी थोरै सङ्ख्यामा बसोबास गर्नेहरूले पनि सदियौ देखि चलिआएको धर्म, संस्कृति, संस्कार रीतिरिवाजलाई अहिलेसम्म ज्यूँकात्यूँ थामिआएका छन्। मस्जिदबाट गुञ्जिने अजानका स्वर, मिम्बरबाट झंकृत हुने स्वर, ईदको रौनक अनि समीरसँगै बगी आउने ईद-उल-फितरमा पकाइने सेवईको हलुवाको र ईद-उल-जुहा (बकरीद)मा पकाइने परिकारको बास्ना अझ पनि जीवित नै छ।

चाडपर्व, रीतिरिवाज, संस्कृति अनि स्थानीयकरणसम्पादन

अल्पसङ्ख्यकका रूपमा रहेका पहाडिया मुसलमानहरूले आफ्नो धार्मिक मान्यता अनुसार रोजा, इद-उल-फितर, ईद-उल-जुहा (बकरीद), मुहर्रम (हाइदोश), शबबरात, ईद मिलादुनवि जस्ता चाडपर्वहरू मानि आएका छन्। विवाहा निकाह पद्धति कडाईसँग पालना भएको पाइन्छ। हलाल र हराममा ठूलो आस्थाका साथ पालन गरिन्छ। नमाज पढ्ने र शुक्रबारको जुमामा निरन्तरता रहेको छ। यस उपमहाद्वीपका विभिन्न ठाउँमा पढ्न जाने अथवा पश्चिम एसियामा काम गर्न जाने नेपाली मुसलमानहरू इस्लामको विशुद्ध मानिएको स्वरूपसित परिचित हुँदैछन् र आफ्नो आस्थालाई जोडदार रूपमा प्रस्तुत हुन थालेका छन्। यस्ले गर्दा यि पहाडिया मुसलमानहरू पहिलेभन्दा इस्लामिक नीति नियममा कट्टर हुँदै जानेक्रम जारी छ। मदरसाको स्थापना, मस्जिदहरूको व्यवस्था, सङ्गठन विस्तार जस्ता कामहरूमा सक्रियता देखिएको छ भने आफ्नो धरातलको पहिचान र स्पेसको खोजी गरिआएका छन्। केही नेपाली, केही अरबी, केही फारसी, केही हिन्दी आदि शब्दहरूको समायोजन भएको असाधारण -भ्हतचबयचमष्लबचथ) भाषा जस्को पुच्छारमा 'तोरे', 'तन्', 'होई' जस्ता अक्षरहरू जथाभावी जोडेर एकआपसमा बोल्ने गर्दछन्, त्यो 'चुरौटी' भाषालाई जीवन्त राखेका छन्। त्यही कारणले जनगणनामा यो भाषालाई यिनीहरूको मातृभाषाको रूपमा सूचिकृत गरिएको छ।

यी पहाडिया मुसलमानहरू नेपाल भित्रिएको पनि सदियौँ भइसकेको छ। स्थानीय परिवेशले प्रभाव पार्नु स्वभाविक नै हो। यिनीहरूको रीतिरिवाज, रहनसहनमा स्थानीयकरण हुनु पनि स्वभाविकै हो।, केहीकेहीले दाह्री पाल्छन् भने धेरैजसोले काट्ने गर्दछन्। महिलाहरू पछ्यौराले आफ्नो शीर ढाक्न त्यत्ति वाध्य छैनन्। घरदैलोमा बैंकहरूको स्थापना, ढिकुडीको चलनले व्याज लिनेदिनेमा अलि खुकुलो हुँदै गएको छ भने तासजुवामा त्यति कडाई जस्तो देखिदैन। लवाईमा स्थानीय भेषभूषा नै अवलम्वन गरेको पाइन्छ। विवाहमा कलश राख्ने (विना पूजाको), शाहीपाटा, जन्ती पर्सने जस्ता कुराहरू थपिएका छन्। इमामबाडाको निर्माण तले शैली (नेपाली शैली)मा भएको एकआध ठाउँ हेर्न पाइन्छ। चाडपर्वहरू हिन्दूहरूले मानेका बखत जस्तै तिहारमा अरू टीका नलगाए पनि घरैमा रोटी हालेर रमाइलो गर्ने चलन छ। अझ उल्लेख्य कुरा गाई तिहारका दिन गाईलाई पूजा नगरे पनि गाईको शरीरमा हिन्दूहरूको चलन झैँ चामलको पीठो, वेसार, अवीरमुछि वेओराको छाप बनाई गाईको शरीरमा सेतो पहेलो र रातो छाप लगाउने जसरी गरिन्छ, त्यसरी नै त्यो दिन शरीरमा छाप लगाउने, फूलको माला लगाइदिने, फर्सी मिसाएर कुडो पकाइ गाई गोरूलाई खुवाउने गर्दछन्। त्यसदिन गोरूलाई जोताउने पनि गर्दैनन्। कस्ले कल्पना गर्न सक्दछ कि हिन्दूहरूले साधारणतया प्रयोगमा ल्याउने शब्द 'पूजा' जो ऋग्वेदमा अज्ञात थियो, द्रविड शब्द 'पू' अर्थात 'फूल' बाट जन्मिएको थियो। सर्वाङ्ग रूपमा यो शब्द यस्तो उत्सवको लागि प्रयोग हुन्थ्यो जहाँ मुख्य रूपले फूल, पात, फल, पानी आदि अर्पित गरिन्थ्यो। यो उत्सव 'भगवद्गीता'मा प्रस्तावित 'पत्रं पुष्प. फलं तोयम्' समर्पित गरिने 'पुण्यकर्म'को कति नजीक रहेको छ। अनि यी पहाडिया मुसलमानहरूले गर्ने गाईप्रतिको व्यवहार के 'पूजा' भन्दा टाढा रहेको देखिन्छ र ? केही व्यक्तिहरूको नाम स्थानीय परिवेशले प्रभाव पारेको देखिन्छ, जीतमान मियाँ, सेतु मियाँ जस्ता नामका व्यक्तिहरू थिए भने पद्म पव्लिक उच्च माध्यमिक विद्यालय तानसेनमा कक्षा नौमा अध्ययनरत छात्रको नाम 'अनिल मियाँ' रहेको छ साथै पाल्पाको सदरमुकाम तानसेन बजारमा 'जहिरा कस्मेटिक' पसल चलाई आउनु भएकी लक्षिमा मियाँनी हुनुहुन्छ। लक्ष्मी पूजाका दिन जन्मनु भएकाले लक्षिमा नाम राखिएको बताउनुहुन्छ। धेरे कुरामा यी पहाडिया मुसलमानहरूको रीतिरिवाज र रहनसहनमा स्थानीयकरण भए तापनि आफ्नो धर्म, संस्कृति र संस्कारमा रेख लगाउने त्यति ठाउँ छैन।

असाधारण भाषा बोल्ने यी पहाडिया मुसलमान साथै समग्र मुसलमानहरू पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म, उत्तर हिमालदेखि दक्षिण तराईको सिमानासम्म अनि पचहत्तरै जिल्लामा छरिएका यी नेपाली मुसलमानका कुनै निश्चित विशेष स्थान क्षेत्र छैन। पहिचान आफ्नो छ, भाषा छ, यिनीहरू अटाउने नयाँ नेपाल बन्नुपर्ने खाँचो छ।

  • साभार : [१]-पहाडिया मुसलमान :निर्मल श्रेष्ठ