पस्मिना ( /pʌʃˈmnə, pæʃ-/, अमेरिकी: /pɑːʃ-/ समेत)[१][२][३][४] कश्मीरी उनले बनेको एक दोसल्ला हो। यो भारतको कश्मीरमा पाइने चाङ्थाङ्गी बाख्राको रौँबाट तयार पारिन्छ।[५][६] यो बाख्राको विभिन्न नस्ल र प्रजातिहरू छन्। 'पस्मिना' शब्द फारसी शब्द 'पस्म'ले बनेको छ जसको अर्थ उन हुन्छ र कश्मीरी भाषामा यसलाई नरम सुन भन्ने गरिन्छ।[७] पस्मिना उन भारतको कश्मीर क्षेत्रको चाङ्थाङ उपत्यकाको चाङ्थाङ्गी बाख्रा, उत्तर भारतको हिमाचल प्रदेशको मारला र चेङ्गु बाख्रा र नेपालको च्याङ्ग्रा बाख्राबाट एकत्र गर्ने गरिन्छ।[६] कश्मीर र नेपालमा चर्खाबाट पस्मिना दोसल्ला बनाइने गरिन्छ।

मण्डला चन्द्र (सन् १८४०) एक असामान्य कश्मीरी तान्त्रिक चन्द्र दोसल्ला हो जसको केन्द्रमा मण्डला हुन्छ।

सामान्य कश्मीरी र पश्मिना दुवै एउटै बाख्राको रौँबाट तयार पारिन्छ तर सामान्य कश्मीरीको व्यास १२ देखि २१ माइक्रोनसम्म हुन्छ, जबकि पस्मिनाले १२ देखि १६ माइक्रोनसम्मको फाइबरलाई मात्र जनाउँछ।

इतिहास सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. The Chambers Dictionary 
  2. Collins English Dictionary 
  3. "Definition of pashmina | Dictionary.com", www.dictionary.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०५-०१ 
  4. "pashmina", The American Heritage Dictionary of the English Language (5th संस्करण), Boston: Houghton Mifflin Harcourt 
  5. "Cashmere | animal fibre", Encyclopedia Britannica (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-०३-३१ 
  6. ६.० ६.१ From India to Europe: The Production of the Kashmir Shawl and the Spread of the Paisley Motif, अगस्ट २०१८। 
  7. "Pashmina", Cambridge English Dictionary (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-०३-३१