पर्दा, समय र मान्छेहरू (कथासङ्ग्रह)

पर्दा, समय र मान्छेहरू नेपाली साहित्यकार झमक घिमिरेद्वारा लेखिएका एघार कथाहरूको सङ्ग्रह हो । विवेक सिर्जनशील प्रकाशन प्रा. लि.ले विसं २०६२ सालमा प्रकाशित गरेको यो कथासंग्रहमा कुल ४० पृष्ठ रहेकाछन् । साहित्यकार झमक घिमिरेका अनुसार यो उनका प्रारम्भिक चरणका कथाहरूको सङ्ग्रह हो । मानवीय मूल्य, मान्यता र जनजीवनका भोगाइहरूलाई मुख्य विषयवस्तु बनाएर लेखिएका यी कथाहरूमा आफ्ना पात्रहरूले निर्धो प्रजातन्त्र र स्वतन्त्रताको खिल्ली उडाएको उनको विश्वास छ ।

पर्दा, समय र मान्छेहरू कथासङ्ग्रह
लेखकझमक घिमिरे
आवरण कलाकारसुवर्ण हुमागाईँ
देशनेपाल
भाषानेपाली भाषा
विषयकथा
प्रकारसामाजिक, द्वन्द्व
प्रकाशकविवेक सिर्जनशील प्रकाशन प्रा. लि.
प्रकाशित मिति
विसं २०६२
पृष्ठ४० पृष्ठ

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्